अब नेपालमै चढ़ौ छुकछुके रेल

सरकारले रेल ईञ्जिन र बडी खरिदका लागि प्रकृया थालिसकेको छ । भारतीय कम्पनी कोकण रेलवे सँग नेपाल सरकारले आफ्नै स्रोतमा २ सेट रेल खरिद गर्नेछ । पछि यो रेलमार्ग वर्दिवाससम्मै आईपुग्नेछ ।

हाम्रो कथा २०७५ चैत २८ गते १८:१३

ऐतिहासिक नगरी जनकपुरमा रेलको आवाज सुन्ने दिनहरु फेरी आए I

रेल र जनकपुरको सम्बन्ध…

आठ दशक अघि नेपालको पहिलो रेल सेवा यहि ऐतिहासिक नगरीबाट सुरु भयो । वि.स १९९४ सालमा निर्माण भएको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगरसम्मको ५२ किलोमिटर क्षेत्रमा सञ्चालित थियो । २०५९ सालमा आएको बाढीले एउटा पुलमा क्षती पुर्याएपछी रेल सेवा जनकपुरदेखी जयनगरसम्मको २९ किलोमिटर खण्डमा सिमित हुनपुगेको थियो ।

तर अब छिट्टै कुद्नेछ कुर्थासम्म । नेपालको आफ्नै रेल ।

जयनगरदेखी कुर्थासम्म ३४ किलोमिटर क्षेत्र रेल सञ्चालनको लागि आवश्यक सबै पूर्वाधार तयार भएको छ ।

जयनगर–जनकपुर–कुर्था रेलमार्गमा पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेज निर्माण गरिएको छ । यो मार्गमा कंक्रिटको पटरी राखेर लिक बिछ्याईएको थियो भने आवश्यक अन्य भौतिक पूर्वाधारको काम पनि सकिएको छ ।

सरकारले रेल ईञ्जिन र बडी खरिदका लागि प्रकृया थालिसकेको छ । भारतीय कम्पनी कोकण रेलवे सँग नेपाल सरकारले आफ्नै स्रोतमा २ सेट रेल खरिद गर्नेछ । पछि यो रेलमार्ग वर्दिवाससम्मै आईपुग्नेछ ।

जयनगरदेखी वर्दिवाससम्ण्मको कुल लम्बाई ६९ किलोमिटर छ । यो रेल सेवा शुरु भएपछि हामी सबैलाई निकै फाईदा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

दिर्घकालिन गार्मेन्ट उद्योग !

२ दिन अगाडि ३ मिनेटमा पढिने