स्तरीय सर-सफाई गर्ने रहरबाट जन्मिएको उद्यम

क्लिन सर्भिसेस्

हाल हाम्रो उद्देश्य कमाउने मात्र नभएर समाजलाई एक किसिमले सचेत गराउँदैछौं I आगामी दिनमा यसलाई अझै व्यवस्थित बनाउँदै, हरेक घरमा शुद्ध पिउने पानीको व्यवस्था मिलाउने लक्ष्यका साथ काम गरिरहेका छौँ I जसले गर्दा फोहोर तथा शुद्ध पानीसँग सम्बन्धित समस्या कसैले भोग्नु नपरोस् I घर-घरमा स्वच्छ पानी, स्वस्थ जीवन शैली नै हाम्रो चाहना हो I

हाम्रो कथा २०७५ चैत २७ गते १७:०६

के हो त क्लिन सर्भिसेस् अनि यसले कसरी काम गर्छ ?
कम्पनीका सञ्चालक प्रदीप ढुङ्गानाका अनुसार ‘काठमाडौँमा सरकारले राम्रो किसिमको व्यवस्थापन गर्न नसकेको अवस्था देखिन्छ I हामीले ट्याङ्कीमा बोरिङ या ट्याङ्कर वा अन्य कुनै मध्यमबाट सञ्चित गरेर राख्छौ I तर पिउने पनि सञ्चित गरिने उक्त ट्याङ्कीलाई कहिल्यै पनि कस्तो छ भनेर हेर्दैनौँ I हामी आफैले काम सुरु गर्नुभन्दा अगाडी गरेको एक अध्यन र सर्वेक्षणका क्रममा त्यस्ता ट्याङ्कीहरूमा धेरै फोहोर पायौँ I हरेक’को ट्याङ्कीमा समान किसिमको फोहोर, लेदोको मात्रा उच्च पायौँ I तब; हामीले दैनिक रूपमा घरमा प्रयोग गर्ने पानीको शुद्धता प्रतिको सम्बेदनासिलतालाई मध्यनजर गर्दै यसमा काम गर्ने सोच बनायौ I अनि राजेश नेउपाने र नवीन महर्जन सँगको सहकार्य मा यस क्षेत्रमा काम सुरु गर्यौं I हामीले त्यसरी सञ्चित गरिने पानीको ट्याङ्की सफा गर्न विदेशी प्रविधि समेत भित्र्यायौ I हाल हामीले सबै आवश्यक उपकरण लगायत बाहिर बाटै आयात गर्ने गरेका छौ I हामीले जर्मन प्रविधि भित्र्याएका छौ I जुन प्रक्रिया बाट हाइजेनिक रूपमै पानीको ट्याङ्कीलाई सफा गर्छौ I हामी प्रत्येकले पिउने पानीको शुद्धताका निम्ति काम गरिरहेका छौ I

सामान्य रूपमा काठमाडौँवासी धेरै जसोले आफ्नो पानीको ट्याङ्की आफै सफा गर्छन् I आफूले नसक्ने हरूले श्रमिकलाई सामान्य ज्याला दिएर सफा गर्ने गर्छन् I हामी सामान्य रूपमा सफा गरेर मेरो पानीको ट्याङ्की सफा भयो भनेर ढुक्क हुन्छौ I जब सम्म धारामा फोहोर पानी आउँदैन तबसम्म आफ्नो पानी ट्याङ्की सफा छ भन्ने लाग्छ I जहाँ पानी जस्तो संवेदना पियको शुद्धता प्रति हाम्रो गलत धारणा रहेको छ I यही गलत धारणालाई चिर्दै पानीको शुद्धता निम्ति क्लिनर सर्भिसले काम गरिरहेको छ I अतः: प्रोफेसनल तरिकाले पानी ट्याङ्की सफा गर्ने सेवा नै क्लिन सर्भिसेस् हो I

अब; कति कति समयमा हामीले पानी सञ्चित गर्ने ट्याङ्की सफा गर्नु पर्छ त?
फेरी पनि प्रदीप ढुङ्गाना; बोरिङको पानी प्रयोग भएको ट्याङ्कीलाई प्रत्येक ६-६ महिनामा सफा गर्नु पर्ने हुन्छ I धाराबाट आउने पानी मात्र प्रयोग गर्नु हुन्छ भने प्रत्येक एक वर्षमा सफा गर्नु आवश्यक हुन्छ I यसमा विगत केही समय देखि हामीले यो काम गर्दै आएका छौँ I केही मान्छेहरूले भन्ने गर्नु हुन्छ “फोहोर पानी नै आउँछ के ट्याङ्की सफा गर्नु ?”

राजधानी का पानी सञ्चित गर्ने ट्याङ्कीको अवस्था कस्तो पाउनु भयो त ?
प्रश्नमा ढुङ्गाना आफ्नो अनुभव सुनाउनु हुन्छ; मैले इन्टरनेटमा सर्च गरेर हेर्दा; पानी बाट ६० प्रतिशत भाइरल रोगहरू पानी कै कारणले गर्दा हुने रहेछ I जस्तो कि, मलेरिया भयो,डेंगु भयो, टाइफाइड, झाडापखाला लगायत समस्या प्रदूषित पानी कै कारणले गर्दा निम्तिने रहेछ I

अब हामीले काम गर्ने क्रममा राजधानीबासीका ट्याङ्कीमा फोहोर, लेदो तथा साना तिना किसिमका किराहरू त सामान्य नै भयो I त्यस बाहेक मरेका मुसा, भिन्न प्रकारका चरा जस्तो कि; परेवा, काग लगायत भेटेको उदाहरण हामी सँग छ I

हामीले जुन प्रविधि प्रयोग गरेका छौ I सबै जर्मन प्रविधि हो I सामान्यतया मानिसहरूले पानीको ट्याङ्की आफै सफा गर्दछन् I जसमा कुनै किसिम लागत नलाग्ने हुन्छ I आफूले नभ्याएको खण्डमा कुनै श्रमिकलाई सामान्य ज्याला दिएर गराउँदा दुई हजार, पच्चिस सय खर्च हुन आउँछ I अब; हामीले बाहिरको प्रविधि जुन अन्य एसियाली मुलुक, अस्ट्रेलिया, अमेरिका लगायत मुलुकमा पनि यही प्रविधिको प्रयोग गरिन्छ I सोही प्रविधि द्वारा गुणस्तरीय तरिकाबाट गरिने काम भएकाले हाम्रो मूल्य अलिकति महँगो लाग्नु स्वाभाविक हो I जुन कुरा बुझाउन चाहिँ मलाई मुस्किल नै हन्छ I अझै पनि पैसाको कुराले अलि गाह्रो बनाइरहेको छ I

तपाईहरु क्लिनिंग सर्भिसबाट गरिएका काम र सेवा बाट सेवा ग्राही चाहिँ कत्तिको उत्साहित हुनुहुन्छ ?
यसरी काम गरिसके पश्चात् सेवा ग्राही खुसी हुन्छन् र अन्य आफन्त तथा सथिभाई बिच हाम्रो कामको प्रशंसा गर्दिनु हुन्छ पैसा भन्दा त्यो नै हाम्रा सन्तुष्टि र प्रेरणाको पाटो हो I तर अझै पनि धेरैले बुझ्न पाउनु भएकै छैन I यो चाहिँ अहिलेको हाम्रो सबैभन्दा ठुलो चुनौती हो I हाल हाम्रो उद्देश्य कमाउने मात्र नभएर समाजलाई एक किसिमले सचेत गराउँदै छौं I आधुनिक क्लिनिंगमा पनि टेवा पुर्‍याउने लक्ष्य हो I आगामी दिनमा यसलाई अझै व्यवस्थित बनाउँदै, हरेक घरमा शुद्ध पिउने पानीको व्यवस्था मिलाउने लक्ष्यका साथ काम गरिरहेका छौँ I जसले गर्दा फोहोर तथा शुद्ध पानीसँग सम्बन्धित समस्या कसैले भोग्नु नपरोस I घर-घरमा स्वच्छ पानी स्वस्थ, जीवन शैली नै हाम्रो चाहना हो I

प्रस्तुती : ईश्वर लुइँटेल

 

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय