महान फुटबल खेलाडी पेलेका पाँच विश्व रेकर्ड !!

यसले कसलाई प्रेरित नगर्ला र ?

जतिबेला प्रशिक्षकले प्रशिक्षण दिने समय उनी सँग एउटा राम्रो बल र जुत्ता समेत हुँदैन थियो I यसै कारणले पुरानो मोजामा पत्रिका कोचेर खालि खुट्टाले नै त्यसलाई खेल्ने गर्दथे I

हाम्रो कथा २०७५ चैत २५ गते १८:०२

‘पेले ‘ को नाम सुन्ने बित्तिकै हरेक फुटबलरको शीर सम्मानले निहुरिन्छ I जसलाई फुटबलका भगवान् समेत मान्ने गरिन्छ I ब्राजिलका यी महान् खेलाडीले सिङ्गो फुटबल खेललाई नै एउटा नयाँ भविष्य दिए I उनको करिब पन्ध्र वर्ष लामो फुटबल करियरले विश्व जगत् मै फुटबल खेलको लोकप्रियता र यो खेललाई  एउटा छुटै उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो I उक्त पन्ध्र वर्षे फुटबल करियरमा यी महान् खेलाडीले यस्ता यस्ता विश्व रेकर्ड बनाए जसलाई तोड्न असम्भव मानिन्छ I

तस्वीर : FIFA

पेलेको जन्म ब्राजिल स्थित २३ अक्टोबर सन् १९४० भएको थियो  I पेलेका पिता पनि एक फुटबल खेलाडी थिए I परिवारका जेठो सन्तान पेलेका एक भाइ पनि छन् I पेले निकै चरम गरिवीबाट हुर्कनु, पढ्नुका साथै गरिवीबाट पिल्सदै आफूलाई विश्व मञ्चमा उभ्याएर केवल सदाका निम्ति सफलताको झन्डा गाढने मात्र हैन; आफूलाई  संसार भरिका लाखौँ फुटबलरका प्रेरणा र करोडौँ खेल प्रेमीका निम्ति आदर्श पात्रका रूपमा स्थापित गर्न सफल रहे I

उनको सफलतालाई छाडेर गरिवीको कथा मात्र हेर्ने हो भने पनि हर कोहिका निम्ति एउटा गतिल्लो प्रेरणाको ऊर्जा बन्न सक्छ I उनी बाल्यकालमा परिवारको निकै कमजोर आर्थिक अवस्थाका कारण  चिया पसलमा काम गरेर आफ्नो पढाइ खर्च निकाल्ने गर्थे I उनलाई बाल्यकाल देखि नै फुटबलमा भने निकै रुचि थियो I करिब दश वर्षको उमेर देखि नै उनले फुटबल खेल्न सुरु गरे I

एघार वर्ष कै उमेरमा यिनले बावोसको टिम बाट खेल्ने सोच बनाए I सन् १९६५ मा पेले ले सन्तोष क्लब बाट आफ्नो पहिलो खेल खेलेर खेल जीवन सुरु गरेका थिए I जतिबेला उनी मात्र पन्ध्र वर्षका थिए I यस पछि उनी स्कुल छाडेर राष्ट्रिय टिममा सामेल बने I राष्ट्रिय टिममा सामेल भए पश्चात् पेलेले ब्राजिललाई विश्व  च्याम्पियन बनाइदिए I उनले आफ्नो करियर भर तेह्र सय त्रिसट्ठी खेलमा कुल बाह्र सय एकासी गोल आफ्नो नाममा गर्न सफल रहे I यिनले अठार जुलाई सन् १९ ७१ मा फुटबल खेल बाटै सन्यास लिए I उनको सन्यास बाट ब्राजिलियन मात्र मात्र हैन विश्व स्तर कै सम्पूर्ण फुटबल प्रेमी र सम्पूर्ण खेल प्रेमी दुखी बनेका थिए I ब्राजिलमा फुटबल खेलको लोकप्रियता यति सम्म छ कि आफ्नो देशले खेल हार्दा स्थानीयले आत्म हत्या समेत गरेको धेरै उदाहरणहरू छन् I

साथै ब्राजिलियन नागरिक आफ्नो देशको जितमा सडकमा उल्लास पूर्ण उत्सव मनाउने गर्दछन्  I ब्राजिलको राष्ट्रिय खेल समेत फुटबल नै हो I पेलेको कुरा गर्दा गरिबीको चरम चपेटा बाट गुज्रिएको उनको बाल्यकाल पछि गएर फुटबल खेलले नै उनको जीवनलाई आर्थिक सम्पनाताको शिखर मा पुर्‍यायो I पेलेका प्रशंसकले सन् सन १९७० मा पेलेलाई लाखौँ रुपयाको मुकुट पहिराएर सम्मान गरेका थिए I पेलेको उपस्थिति मै ब्राजिल फुटबल टिम तिन पटक विश्व विजेता बन्यो I     

तस्वीर : Justrichest

पेलेले आफ्नो पन्ध्र बर्से फुटबल करियरमा गरेका पाँच ठुला रेकर्ड जुन सधैंका निम्ति अमर रहने छन् I

१) सबैभन्दा धेरै फिफा वल्ड कप मेडल : २१ खेलाडीले हाल सम्मको फिफा वल्ड कप मेडल एक पटक भन्दा बढी  जितेका छन् I त्यस मध्य सोह्र खेलाडी ब्राजिल कै छन् भने चार इटाली र  एक अर्जेन्टिनाका खेलाडी छन् I यद्यपि यी सबै खेलाडीको कद पेलेको अगाडी निकै नै छोटो छ I पेले ले ब्राजिललाई तिन विश्व कप सन् १९५८, सन् १९६२ र सन् १९७० जित दिलाए I उनको यो विश्व रेकर्ड सायद नै तोडिएला !

२) सबैभन्दा धेरै गोल : पेलेले आफ्नो करियर भरि कुल बाह्र सय तिरासी गोल गरे I उनको यो रेकर्ड गिनिज बुक अफ वल्ड रेकर्ड मा समेत सामेल छ I    

३) सबैभन्दा धेरै ह्याट्रिक गोल : पेले ले आफ्नो करियर भरि कुल ९२ पल्ट ह्याट्रिक गोल गरे I यस दौरान उनले ६ पल्ट पाँच गोल र एकतिस पल्ट चार गोल गरे का थिए I उनी पछि पुर्तमा कालमा क्रिस्चियानो रोनाल्डोले सबैभन्दा बढी ह्याट्रिक गोल ५२ पल्ट गरेका छन् I पेलेको उक्त रेकर्ड तोड्न रोनाल्डो लाई अझै ४२ ह्याट्रिक गोल गर्नु पर्ने छ जुन सम्भव देखिँदैन I

४) सबै भन्दा कम उमेरमा विश्व कप ह्याट्रिक : पेले मेहज सत्र वर्षका वर्षका थिए जब उनको नाम मा पहिले वल्ड कप ह्याट्रिक बनेको थियो I सन् १९५८ को विश्व कप सेमी फाइनलमा उनले फ्रान्स विरुद्ध यो रेकर्ड बनाएका थिए I जति बेला उनको उमेर सत्र वर्ष २४४ दिन रहेको थियो I  

५) सबैभन्दा कम उमेर मा विश्व कप फाइनलमा ह्याट्रिक; सन् १९५८ को फिफा वल्ड कप मा  फ्रान्स विरुद्ध को सेमिफाइना पछि पाँच दिन मा फाइनल खेल खेलिएको थियो I स्विडेन र ब्राजिलको  बिच प्रतिश्पर्दा थियो I उक्त प्रतिस्पर्धामा पेलेले फाइनलमा दुई गोल गरेका थिए I त्यस बेला उनको उमेर सत्र वर्ष २४९ दिन रहेको थियो I     

तस्वीर : Alux

प्रस्तुती : ईश्वर लुइँटेल

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने