नेपालमा अनलाइन ‘होम ट्युसन’ को सुविधा

डब्लु एच् पिडियालाई नेपाल कै पहिलो र हालसम्म कै सबैभन्दा ठुलो अनलाइन ‘होम ट्युसन प्लेटफर्म’ का रूपमा बुझ्दा हुन्छ I डब्लु एच् पिडियाले अहिलेसम्म विद्यार्थी, शिक्षकलाई र अभिभावकलाई जोड्ने काम गर्छ I घरमा विद्यार्थीले नबुझेका पढाईका विषय वस्तु सोध्न कोही नभएको अवस्थामा कुनै न कुनै शिक्षकको आवश्यकता रहन आउँछ I यस अवस्थामा “डब्लु एच पिडिया” - कहाँबाट र कसरी वा कस्तो शिक्षक हायर गर्ने भन्ने समस्याको निवारक हो I

हाम्रो कथा २०७५ चैत २४ गते १७:२०

आज भन्दा करिब १८ महिना अघिको कुरा हो I विजय शर्मा ‘शंकर देव’ कलेजमा स्नातक अध्यन गर्दै थिए I बिहान देखि आधा दिन सम्मको समय त आरामले कलेज मै बित्थियो I बाकि साँझको समय कसरी सदुपयोग गर्ने भनेर सोच्दै गर्दा विजयले सोचे कि; आफूले जानेको केही कुरा छ भने त्यो पढाइ नै हो I यही पढाइको ज्ञानलाई बाँड्ने सोच उनमा आयो I तर कसरी ? अनि कसलाई पढाउने ? उनलाई यो कलिलो उमेरमा कसले विश्वास गर्ने ?

अहँ; उनीसँग कहीँ कतैबाट पढ्न कोहि पनि आएनन् I पहिलो सोचमै ठेस पुगे जस्तो भयो I तर इच्छा शक्तिले भने उनमा आशाको दियो निभ्न दिएको थिएन I यही क्रममा उनले एक अग्रज दाइ जो ‘ट्युसन’ पढाई रहेका थिए I उनले ती दाईसँग – कसरी विद्यार्थी पाउने ?  र कसरी यो व्यवसाय सञ्चालन गर्न सकिन्छ ? भन्ने विषयमा सुझाव लिए I तब ती दाईले विजयलाई भने “ एउटा सेतो पेपरमा आफ्नो जानकारी र फोन नम्बर लेखेर सडक छेउका बिजुका पोल लागत सार्वजनिक स्थानमा सबैले देख्ने गरी टाँस् देऊ I” उनलाई सुन्दा त निक्कै नै असहज लाग्यो I कसरी पोल र भित्तामा विज्ञापन टाँस्दै हिँड्ने ?

बिस्तारै सोच्दै र अरूले गरेको तरिकालाई हेर्दै जाँदा उनलाई लाग्यो कि – “सबैले यसै गर्दा रहेछन् I हामीले पनि किन प्रयास नगर्ने त ?”

एक दिन ३/४ जना साथीहरू मिलेर त्यस्तै तरिका अपनाउने निर्णय गरे I २ सय जति पेपरमा आफ्नो सम्पूर्ण जानकारी राखेर प्रिन्ट गरे I साँझ पख सबै साथीहरू मिलेर त्यसलाई सार्वजनिक स्थान तिर टाँस् दिए I त्यसको करिब ३/४ दिन पश्चात् एक विद्यार्थीको फोन आयो I अनि कक्षाहरू सञ्चालन गर्न थाले I

भ्याइ-नभ्याई हुन थाल्यो I पढाउँदै जाँदा विजयको समूहले महसुस गर्‍यो कि, तरिका पुर्याएर गर्न सक्यो यो क्षेत्रमा पनि राम्रो सम्भावना छ I उनलाई आफ्नो  सीमा भन्दा माथि उठेर केही गर्नु पर्छ भन्ने समेत लाग्न थाल्यो I अब, यसलाई व्यवस्थित व्यवसाय बनाउने तर्फ सोच्न थाले I

एक दिन को कुरा हो I टेलिभिजनमा उद्यमशीलता सम्बन्धित एउटा कार्यक्रम हेर्दै थिए I कार्यक्रमले उनको सोच नै बदलिदियो I त्यस पछि, आइटी समूहसँगको सहकार्यमा अनलाइन प्लेटफर्म मार्फत ‘होम ट्युसन’ सर्भिस सुरु गरे I होम ट्युसन सर्भिस “डब्लु एच पिडिया” (WhPedia) को नामबाट विस्तार हुन थाल्यो I

नेपाल कै पहिलो र हालसम्म कै सबैभन्दा ठुलो अनलाइन ‘होम ट्युसन प्लेटफर्म’ का रूपमा बुझ्दा हुन्छ, डब्लु एच् पिडियालाई I  डब्लु एच् पिडियाले अहिलेसम्म विद्यार्थी, शिक्षकलाई र अभिभावकलाई जोड्ने काम गर्छ I घरमा विद्यार्थीले नबुझेका पढाईका विषय वस्तु सोध्न कोही नभएको अवस्थामा कुनै न कुनै शिक्षकको आवश्यकता रहन आउँछ I यस अवस्थामा “डब्लु एच पिडिया” –  कहाँबाट र कसरी वा कस्तो शिक्षक हायर गर्ने भन्ने टाउको दुखाइको समस्याको निवारक हो I

“डब्लु एच पिडिया” मार्फत आफूलाई चाहिएको विषय शिक्षक सहज रूपमा छनोट गर्न  सकिन्छ I सँगै स्नातकोत्तर गरिरहेका विद्यार्थीले सजिलै आफ्नो घरबाट बढीमा दस  मिनेट दुरी भित्र आफुभन्दा निम्न तह वा कक्षामा पढ्ने विद्यार्थीलाई पढाएर गोजी खर्च निकाल्ने अवसर “डब्लु एच पिडिया” बनेको छ I

सिंगापुरमा ‘इज मायल ट्युटर’, इन्डियाको ‘क्रीयु’ ,अन्तर्राष्ट्रिय स्तर मै भइरहेको प्रयास ‘ट्युटर यु’ आदि जसरी  व्यवसाय सफल भइरहेका छन् , राम्रो गरिरहेका छन् ; त्यस्तै “डब्लु एच पिडिया” नेपाली परिवेश अनुरुप विकास गरिएको सोच हो I

सुरुवाती सङ्घर्षलाई विजय यसरी सम्झिन्छन्, “सुरुमा हामी स्कुलमा एउटा टेबल बोकेर खुल्ला स्थानमा बस्ने गर्थियौं I हाम्रो कुनै निश्चित अफिस नै थिएन I मोबाइल फोनको मध्यमबाट शिक्षकसँग सम्पर्क गरेर विद्यार्थीसँग भेटाउने काम गर्थेउ I शिक्षकको निम्ति विभिन्न कलेजसम्म पुगेर शिक्षक खोज्ने काम गर्थेउ I काम गर्दै जाँदा किंग्स कलेजका केही शिक्षकहरू सँग भेट भयो I उहाँहरु हाम्रो कामको प्रशंसक  बनि सक्नु भएको रहेछ I उहाँहरुको सहयोगले किंग्स कलेजमा अफिस समेत मिल्यो I

हाल “डब्लु एच पिडिया” ले शुल्क कसरी निर्धारण गरेको छ त ?

१) स्कुल, प्लस टु,स्नातक, स्नाकोतर – तह अनुसार ट्युसन शुल्क निर्धारण गरिएको छ I हरेक तहको लागी शुल्क छुटै तोकिएको छ I

२) शिक्षकहरुको सवालमा पनि ठिक यस्तै किसिमको व्यवस्था गरिएको छ I लामो अनुभव बटुलेका शिक्षक, भर्खर शिक्षण पेसा गर्न सुरु गरेका, कुनै अनुभव नभएका शिक्षकका लागी आ-आफ्नै अनुभव अनुसारको शुल्कको व्यवस्था गरिएको छ I

सँगै विद्यार्थी र उसको अभिभावकको क्षमता अनुरूप “डब्लु एच पिडिया”ले शिक्षकको व्यवस्था गर्ने गरेको छ I शिक्षकले सेवा शुल्क स्वरूप व्यवस्थापनलाई विद्यार्थीद्वारा पाउने शुल्कको पन्ध्र प्रतिशत दिनुपर्ने व्यवस्था गरिएको छ I

प्रस्तुती : ईश्वर लुइँटेल

प्रतिक्रिया

सम्बन्धित

ढाकाले ढकमक्क परेको ‘बुटिक’ !

११ घन्टा अगाडि ३ मिनेटमा पढिने

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने
लोकप्रिय