स्थल एक, अफिस अनेक

'को-वर्किङ्ग’ स्पेस को अथाह सम्भावना

तपाईँ निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस् I हामी तपाइको अफिसको पूर्ण व्यवस्थापन गरिदिन्छौ I अब; अफिसमा पानी छैन, बिजुली छैन, ढल जाम भयो, इन्टरनेटमा समस्या आयो I यी र यस्ता प्रकारका सम्पूर्ण समस्याहरु तपाइको समय र पैसाको वर्वादी हो I यसकारण त्यस्ता समस्याहरु हामीलाई छाड्दिनुहोस् I तपाईँ केवल आफ्नो व्यवसाय मा केन्द्रित बन्नुहोस् I

हाम्रो कथा २०७५ चैत २३ गते १९:०७

“द प्लेटफर्म आइ.एन.सी ” के हो त ?

अन्तर्राष्ट्रिय क्षेत्रमा ‘इन कर्पोरेसनको’ सोचका साथ विकास भएको एक प्रकारको व्यवसाय ! सन २००० पछि  अन्तरास्ट्रिय जगतबाट विकास भएको यो सोच आजसम्म आईपुग्दा विश्वका विभिन्न देशमा बिस्तार भई सकेको एक ‘को -वर्किङ्ग प्लेटफर्म’ (धेरै वटा समुह, कम्पनीहरुले एकै स्थलमा आफ्नो कार्यालय संचालन गर्ने ठाँउ) हो I जसले केही वर्ष यता नेपालमा पनि अपनत्व पाएको छ ।

करिब ३ वर्ष पहिले ‘को-वर्किङ्ग’ सोचका साथ कुशल बज्राचार्य को समूहद्वारा सुरु भएको  “द प्लेटफर्म आइ.एन.सी.” के सोच र उद्देश्य का साथ सुरु भएको थियो त ? कुशल बज्राचार्य का अनुसार “ भूकम्प पश्चात् केही गर्ने सोच आयो । तब; के गर्ने त भनेर यसो सोच्दै र हाम्रो परिवेशलाई बुझ्दा, विदेशमा रहेको साथी सङ्घ सम्पर्क भयो जसले विदेश मै रहेर स्थानीय अवसरको खोजमा रहेका व्यक्तिगत या संस्था गत व्यवसायलाई स्थापित गर्नका निम्ति ‘को वर्किङ्ग स्पेस’ का रूपमा कामगरि रहेका थिए I उनी सँगको कुरा पछि कुशलले सोचे कि; हाम्रो मा पनि यस्ता कयौँ सस्थाहरु छन्, जसले केही साथ र सहयोग पाउन सके आफूलाई स्थापित गर्न सक्छन् I त्यस अवस्थामा आफूहरूले पनि एउटा संस्था कै रूपमा स्थापित हुनु भन्दा पनि ‘को वर्किङ्ग’ को रूपमा काम सुरुगर्दा आफूले पनि धेरै बुझ्ने र सिक्ने अवसर मिल्ने मात्र नभएर अन्य जो; स्थापित हुन खोज्दै गरेका समूहहरु छन् I उनीहरुका निम्ति  पनि राम्रो अवसर दिन सकिने सोच आयो I तब; सुरु भयो आई.एन.सी द्वारा स्थापित हुन खोज्दै गरेका समूह र संस्थाका निम्ति अवसरको ढोका !

सुन्दा निक्कै राम्रो लाग्ने तर नितान्त नयाँ सोच लाई सस्थापित गर्न कत्तिको सहज भयो त?

कुशल सुरुवाती दिनहरू सम्झिन्छन्, “हामीले एउटा संस्था मात्र नभएर एउटा नयाँ संस्कारको सुरुवात गर्दै थियौ I सहज त पक्कै थिएन I सीमित सानो ठाउँ वा सोफामा बसेर काम गर्ने बानी रहेका हामी नेपाली यो संस्कार अन्तरगत ठुलो टेबलमा सँगै रहेर खुल्ला रूपले गरिने काम भएकाले  सुरुवाती दिनमा नेपालीहरूलाई चाहिँ यसको बानी बसाल्नै गाह्रो पर्‍यो I नेपालीहरूलाई बुझाउनै गाह्रो I सुरुवाती ६ महिना सम्म सबै विदेशी सँग मात्र काम गर्नुपर्‍यो I नेपाली एक जना पनि आउनु भएन I आज सम्म आहिपुदा हाम्रोमा यस प्रकारका ‘को-वर्किङ्ग स्पेसहरु’ को संख्या पनि आधा दर्जन माथि पुगाइसकेको छ I विशेष गरी यो सक्या ‘झम्सिखेल ललितपुर’ मा उच्च देख्न सकिन्छ I आज क्राफ्ट डाटा, विभिन्न गेमिंग समूह लगायत “द प्लेटफर्म आइ.एन.सी.” लाई अवसर बनाएर स्थापित भएका समूह र संस्थाको सङ्ख्या पनि राम्रो छ I  कुशलका अनुसार झम्सिखेल जस्ता ठाउँमा विदेशी केन्द्रित मात्र नभएर विभिन्न कला तथा कलेज केन्द्रित रहेर काम गर्न आउने अन्य यस प्रकारका ‘को वोर्किंग’ समूहको सम्भावना निकै राम्रो छ I

साधारण रूपमा आफूलाई बुझाउनु पर्दा; कुशल बज्राचार्य यसो भन्नुभुन्छ, “तपाईँ निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस् I हामी तपाइको अफिसको पूर्ण व्यवस्थापन गरिदिन्छौ I अब; अफिसमा पानी छैन, बिजुली छैन, ढल जाम भयो, इन्टरनेटमा समस्या आयो I यी र यस्ता प्रकारका सम्पूर्ण समस्याहरु तपाइको समय र पैसाको वर्वादी हो I  यसकारण त्यस्ता समस्याहरु हामीलाई छाड्दिनुहोस् I तपाईँ केवल आफ्नो व्यवसाय मा केन्द्रित बन्नुहोस् I आउनुहोस् ! तपाईँ हामी सँगै मिलेर अघि बढौँ I तपाईँ सँग केही गर्ने चाहना छ भने हामी अवसर बन्न तयार छौ I हाम्रो केही छैन, त्यसैले धेरै गर्न सकिने अवसरहरू छन् I हाम्रो प्रणालीका कारण केही अप्ठ्यारा त छन् यद्यपि करिब दुई वर्ष सम्म कुनै कामलाई निरन्तरता दिन सक्नुहुन्छ भने हरेक क्षेत्रमा राम्रो सम्भावना रहेको छ I”

प्रस्तुती : ईश्वर लुइँटेल

प्रतिक्रिया