महिलालाई सेयर बजार बुझ्न के गाह्रो ?

स्टक मार्केटमा लगानी गर्ने महिला, पुरुषको तुलनामा निकै कम छन् I ईन्भेस्टर बिजनेस डेलीको अध्ययनले बताउंछ कि पुरुषको तुलनामा महिला स्टक ईन्भेस्टर कम भए पनि पुरुषको तुलनामा महिलाहरु स्टक ईन्भेस्टरले राम्रो उपलब्धी हासिल गरेका छन् I फ़ेडिलिटि इन्भेस्टरले ८ मिलियन लगानीकर्ताहरुको क्रियाकलाप अध्ययन गर्दा महिलाहरु उपलब्धी पुरुषको तुलनामा ०.४ प्रतिशत बढि छ I कुनै निश्चित समयको लागी तथ्यांकले सानो अंक्ष मात्र फरक परेको देखिन्छ I तर लामो समयमा यस्तो प्रभाव ठुलो हुन्छ I यसले पुरुषको तुलनामा महिलालाई कुशल ट्रेडर प्रमाणित गर्दछ I

हाम्रो कथा २०७५ चैत २२ गते १७:२६

विगतमा हामीले प्रस्तुत गरेको जस्तै यो एक साधारण कथा हो । साधारण, सबल र आत्मनिर्भर महिलाको लगानी गर्ने बानी जसले असाधारण फाइदा गराउँछ I

आधुनिक युगमा आर्थिक रूपमा सबल भए पनि महिलाहरूले ठुलो लगानीको निर्णय पुरा स्वतन्त्रताका साथ लिएको कहाँ देख्न पाइन्छ ? आफ्नै बचतको पैसाले जग्गा वा गाडी खरिद गर्ने निर्णय लिन पनि पुरुष साथीको हस्तक्षेप धेरै जसो देखिएकै हुन्छ । ठुलो खर्च वा लगानीमा महिला अझै पनि आत्म-विश्वासी भई सकेका छैनन् । सेयर मार्केट पनि यस्तै एउटा क्षेत्र हो जहाँ महिलाहरूले आफ्नो सक्रिय सहभागिता खासै जनाएका छैनन् ।

अनुमा कोइरालाले सञ्चार, पत्रकारिता, सामाजिक सेवा र राजनीतिको क्षेत्रमा सक्रिय छिन् । लायन्स क्लबको अध्यक्षताले उनलाई समाज सेवामा प्रेरित गरी राख्यो I उनले कोइराला समाजको केन्द्रीय सदस्य बन्ने अवसर प्राप्त भएपछि नेतृत्वबाट पछि हट्ने कुरा पनि भएन ।

अनुमा सबल छिन्, आत्म-विश्वासी छिन् तर उनले यस्ता भूमिकाहरू निर्वाह गरिन कि उनलाई आर्थिक सुरक्षा भने कतैबाट थिएन । आर्थिक रूपमा सुख पाउन आफ्नो अन्य जिम्मेवारी त्याग गर्ने कुरा पनि त भएन I

उनले सेयर बजार बुझिन् । उनले सेयरमा लगानी गर्न सिकिन I सेयर बजारमा सक्रिय महिला विरलै भेट्न पाइन्छ । तर, उनी बताउँछिन्, “मैले यो कामलाई सहज र सामान्य रुपमा लिएँ । त्यसैले मलाई गाह्रो भएन।”

उनले सेयरमा लगानी गर्न कसरी सहज भयो ?

उनले लामो समय देखी सेयर बजारबारे अपडेटहरू लिने गर्थिन । जुन समय मार्केट उकालो लाग्यो, अनुमालाई सक्रिय हुन इच्छा भयो । उनले पहल गरिन र सेयर मार्केटमा प्रवेश गरिन् ।

गर्न थाले पछि हुँदो रहेछ । उनलाई महसुस भयो कि नियमित जागिर वा व्यापार नगरे पनि सेयर बजारको सक्रियताले उनलाई आर्थिक सङ्कटबाट बचाउन सक्छ I उनी सामाजिक रूपमा जति स्वाव्लाम्भी छिन् , त्यति नै आर्थिक रूपमा पनि आत्म-निर्भर छिन् ।

घर-परिवार, सामाजिक दायित्व र आर्थिक स्वतन्त्रताको चाहना राख्ने महिलाहरूलाई अनुमा कोइरालाको सुझाव, “आशा कहिल्यै पनि नगुमाउनुस् । उद्यमशील बन्नुस् । रिसर्चहरूले पनि बताएको छ कि पुरुषको तुलनामा महिलाहरू व्यवस्थापनको हिसाबमा चुस्त हुन्छन् । जीवनका धेरै पक्षहरू व्यवस्थापन गर्न सबल छन् I”

त्यसैले आफूमा शङ्का गर्नु पर्दैन । अन्य क्रियाकलापसँग सेयर मार्केटमा लगानी सँग-सँगै लैजान सकिन्छ ।

अनुमा आफ्नो वर्तमान अवस्थाबारे बताउँछिन्, “अहिले सेयर मार्केट सेलाएको छ । नेपालको सेयर मार्केट पनि अचम्म छ । केही पनि अनुमान गर्न सकिन्न । लामो समय देखी १०/१२ ठाउँका लगानी मेरो हातमा छन् । ठिक समय आयपछि बिक्री गर्ने सोचेको छु । हालै कुनै योजना छैन ।”

सुरुमा उनले एक बीमा कम्पनीमा लगानी गरिन जसले उनलाई लाभ भएन । सुरुवाती चरण मै उनलाई हार मान्नु थिएन । उनले लगानी गर्दै गइन । विविध क्षेत्रमा लगानी गरेपछी उनले बल्ल बुझिन कि यसले दीर्घकालीन समयमा आर्थिक सहयोग हुने रहेछ । उनी बताउछिन कि उनको जीवनमा यस्तो समय पनि आई सक्यो जहाँ यी लगानीहरूले नै उनलाई सहयोग गर्‍यो । सङ्कटको समय यी लगानीले सहयोग पुर्‍याएको अनुभूति गरी सके पछि उनको आत्म-विश्वास अझ बढ्यो, आँट अझ दरो हुँदै गयो ।

अहिले पनि उनले आफूलाई एक स्थापित लगानीकर्ता भनेर त चिनाऊ दिनन् I बजार ठुलो हुन्छ, लगानीकर्ता जस्ता पनि हुन्छ। सेयर बजारको गतिविधि नै नियन्त्रण गर्न सक्ने, वृहत् लगानी बोकेर आउने लगानीकर्ता पनि हुन्छन् । त्यसैले आफूलाई अरूसँग तुलना गर्ने होइन । आफ्नो आर्थिक स्थितिमा सुधार आएको छ । लगानी गर्न थाले पछि आफू सबल र आत्म-निर्भर हुन् सके, आफ्नो उद्येश्य पुरा हुन्छ । यही नै सफलता हो । अनेकौँ किसिमका तुलना गरी राख्नु पर्दैन ।

त्यसैले, उनको सुझाव :

१) जानकार रहनुहोस्  I सधैँ सक्रिय रहनुपर्छ भन्ने छैन I इच्छा र रुचि भने राख्नु पर्छ I

२) केही आधारभूत सीप हुन्छन् जुन इच्छा भए सजिलै सिक्न सकिन्छ ।

३) सुरुवाती चरणमा जोखिम ‘रिस्क’ कम राख्नु पर्छ । सुरुमा थोरै लगानीबाट आउनुस् । यसरी नै बिस्तारै लगानी गर्न आत्म-विश्वास बढ्ने हो ।

प्राइमरी मार्केटमा लगानी गर्न लाइन बस्ने महिलाहरू जति पनि देखिन्छन् I प्राइमरी मार्केट मतलब कुनै संस्थाले आफै लगानीको लागी आव्हान गरेको स्टक मार्केट I

सेकेन्ड्री मार्केटमा पनि अन्य लगानीकर्ता, वित्तीय सल्लाहकारहरूसँगको परामर्शले अघि बढ्न सकिन्छ ।

सेकेन्ड्री मार्केट मतलब लगानीकर्ताहरू एक आपसमा नै स्टक कारोबार गर्दछन् ।

केहि अध्ययनको सहायताले बुझ्दा …

स्टक मार्केटमा लगानी गर्ने महिला, पुरुषको तुलनामा निकै कम छन् I ईन्भेस्टर बिजनेस डेलीको अध्ययनले बताउंछ कि पुरुषको तुलनामा महिला स्टक  ईन्भेस्टर कम भए पनि पुरुषको तुलनामा महिलाहरु स्टक ईन्भेस्टरले राम्रो उपलब्धी हासिल गरेका छन् I फ़ेडिलिटि इन्भेस्टरले ८ मिलियन लगानीकर्ताहरुको क्रियाकलाप अध्ययन गर्दा महिलाहरु उपलब्धी पुरुषको तुलनामा ०.४ प्रतिशत बढि छ I कुनै निश्चित समयको लागी तथ्यांकले सानो अंक्ष मात्र फरक परेको देखिन्छ I तर लामो समयमा यस्तो प्रभाव ठुलो हुन्छ I यसले पुरुषको तुलनामा महिलालाई कुशल ट्रेडर प्रमाणित गर्दछ I

तस्वीर : lseg.com

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय