‘पप्पी बिक्रीमा !’ कुन किन्ने ?

जीवनको महत्वपुर्ण पाठ सिकाउने कथा

हाम्रो कथा २०७५ चैत २० गते १५:११

एक जना छाउरा-छाउरी ‘पप्पी’ का बिक्रेता आफ्नो पसल अगाडी ‘पप्पी बिक्रीमा !’ सन्देश लेखिएको बोर्ड लगाउँदै थिए । बोर्डलाई किल्लाले टाँग्दै गर्दा पछाडिबाट उनलाई कसैले कोट्याए जस्तो लग्यो I पछाडि फर्केर हेर्दा एउटा सानो स्कुलबाट घर फर्कँदै गरेको करिब ८ / १० वर्षीय बालक रहेछ I

बालकले उनलाई भन्यो, “अङ्कल, मलाई एउटा पप्पी किन्नु छ I म पप्पी किनेर घर लाग्छु अनि ऊ सँग खेल्छु I हुन्छ ?” पसलेलाई अप्ठेरो लग्यो I उनले त्यो बच्चालाई सम्झाए कि पप्पी खरिद गर्न त महँगो पर्छ I बच्चाहरू सँग पप्पी किन्न पुग्ने पैसा हुँदैन I

बालकले आफ्नो गोजीबाट २५ रुपैयाँ निकाल्यो र सोध्यो यदि ऊ सँग भएको पैसाले पप्पी किन्न पुग्दैन भने, पसल भित्र गएर केही समय पप्पीहरुसँग खेल्नलाई त २५ रुपैयाँले पुग्ला नि ?

पसलेले पैसाको कुरामा ध्यान नदिई उसलाई पसल भित्र लागे I खेल्ने अनुमति दिएँ I बच्चा खुसी मानेर खेल्दै थियो I केही क्षणमा उसको ध्यान एउटा सानो सेतो रङ्गको पप्पीमा पर्‍यो जुन बिस्तारै हिँड्ने कोसिस गर्दै थियो I निकै दुब्लो पनि थियो।

बालकले त्यो सेतो सानो पप्पीको कति पर्छ ? भनेर सोध्यो I त्यसलाई घर लगेर सँगै खेल्छु, त्यही सँग बस्छु भन्न थाल्यो I पसलेले सम्झाए कि त्यो ‘पप्पी’ को एउटा खुट्टा छैन I त्यसैले राम्रो हिँड्न सक्दैन I राम्रो खेल्न पनि सक्दैन I त्यसलाई घर लगेर काम छैन I

कुरा सुनेर बालकले आफ्नो सुरुवाल अलि माथि सार्यो I बालकको एउटा खुट्टाको सात्त्तो स्टिलको सहायता रहेछ I उसको दायाँ खुट्टाको तल्लो भाग रहेनछ I

बालकलाई कोही यस्तो चाहिएको थियो जसले उसलाई बुझोस् र यस्तो कोही जसलाई आफूले बुझ्न सकियोस् I

हामीले सिक्न सक्ने पाठ :

हामी सबै जना पनि यस्तै छौँ I हामीलाई कसैले बुझ्दिए हुन्थियो भन्ने अपेक्षा हुन्छ I तर, हामी कत्तिको अरूलाई बुझ्ने प्रयास गर्छौँ ? अरूलाई बुझ्ने प्रयास गरे मात्र आफूलाई बुझ्ने साथी पाइन्छ।

त्यसैले कसैले बुझेन भनेर गुनासो मात्र नगरौं, अरूलाई बुझौँ I समस्याको समाधान आफै हुन जान्छ।

 

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय