भावनात्मक श्रम

सेट गडिनको सन्देश

हाम्रो कथा २०७५ चैत १९ गते १७:२६

तस्वीर : livemint

भावनात्मक श्रम – यस्तो परिश्रम जसले हामी सबैलाई सताउँछ I कति काम यस्ता हुन्छन् जुन हामीलाई गर्न मन लाग्दैन I कति काममा प्रोफेसनल हुन मन लाग्दैन I कति व्यतित्वहरुसँग वृस्तित सम्बन्ध गास्न मन लाग्दैन I तर, लामो यात्रा गर्दा केही वर्ष दशक पछि हुने फाइदाहरूको आशा बोकेर भए पनि काम गर्नु परेको हुन्छ I

भावनात्मक श्रम त्यस बेला अनावश्यक मात्रामा बग्छ जब हामीलाई चिच्याउने इच्छा हुन्छ तर शान्तसँग कुरा सुन्नुको विकल्प हुँदैन I

भावनात्मक श्रम त्यस बेला बग्छ जब आफ्नो उद्देश्य सँग मेल नखाने सहकर्मीसँग काम गर्न पुग्छौँ I

भावनात्मक श्रम त्यस बेला बग्छ जब हामीले यस्ता तथ्याङ्कहरू प्रस्तुत गर्छौँ जसको विश्वास गर्नु आफैलाई पनि गाह्रो परेको हुन्छ I आफ्नै सहमति जनाउन गाह्रो परेको हुन्छ I

सबै पेशामा यस्ता भावनात्मक श्रमको भार बोक्न सधैँ तयार बस्नु पर्छ I

हो, अधिक भावनात्मक श्रम बग्दै जाँदा गाह्रो हुन्छ I त्यसैले त भावनात्मक श्रमको मूल्य धेरै हुन्छ I भावनाको मोल धेरै हुन्छ त्यस्तै हाम्रो काम पनि अमूल्य हुन्छ I

कुनै दिन आफ्नो कामले कसैको हित हुन्छ, समुदायको सेवा हुन्छ कि भन्ने विश्वास बोक्ने हो I केही समय मनन गरौँ तपाईँ -हाम्रो कामले केही राम्रो उपलब्धि गराउने सम्भावना कत्तिको छ ? हितकारी परिणाम ल्याउने सम्भावना कत्तिको छ ? यदि परिणाम राम्रो देख्न सकिँदैन भने – अघि बढ्ने प्रयत्न गरौँ, केही चनौतीपुर्वक काम गर्न अघि सरौँ I

आधुनिक जगतको सत्यता यही हो, कसैले पनि हामीलाई चकलेट केक खान रोजगारी दिएको हुँदैन I आफ्नो उद्देश्य र आफ्नो कामको उद्देश्य मेल खाँदैन भने चाहिँ सोचौँ – यो भावनात्मक श्रम आखिर किन पोखेको ?

तस्वीरमा : Seth Godin

 

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने