जागिर छाडेर रङ्गमञ्चमा रमाइरहेको छु : राजन खतिवडा !!

मण्डला थिएटरका प्रशिक्षक तथा संयोजक राजन खतिवडा सँग गरेको कुराकानी

सबैभन्दा पहिला त आफ्नो मनोवृत्ति दृष्टिकोणमा नै उनीहरूले परिवर्तन पाउँछन् I उनीहरूमा बाहिरी जीवनबाट परेको असरबाट सोचको विकास भइरहेको हुन्छ I सबैभन्दा पहिला त त्यसलाई घटाउने काम  यहाँ बाट हुन्छ I राम्रो नराम्रो त आफ्नो ठाउँमा छ, एक किसिमले उनीहरूलाई डाआईनोस गरिन्छ I यो प्रक्रियाले उनीहरूलाई आफू को हु ? के हु ? भनेर बुझ्न सहयोग गर्छ I

हाम्रो कथा २०७५ चैत १९ गते १७:००

“रङ्गमञ्च अहिपुगेपछी विद्यार्थीले सबैभन्दा पहिला त आफ्नो मनोवृत्ति दृष्टिकोणमा नै उनीहरूले परिवर्तन पाउँछन् I उनीहरूमा बाहिरी जीवनबाट परेको असरबाट सोचको विकास भइरहेको हुन्छ I सबैभन्दा पहिला त त्यसलाई घटाउने काम  यहाँ बाट हुन्छ I राम्रो नराम्रो त आफ्नो ठाउँमा छ, एक किसिमले उनीहरूलाई डाईग्नोस गरिन्छ I यो प्रक्रियाले उनीहरूलाई आफू को हु ? के हु ? भनेर बुझ्न सहयोग गर्छ I विद्यार्थीले यहाँ आउने बित्तिकै केही चमत्कारिक परिवर्तन भई’हाल्छ या सजिलै कलाकार बनी हालिन्छ भन्ने जस्ता गलत सोच लिएर आएका हुन्छन् I सबै भन्दा पहिले त त्यसलाई घटाउने काम हुन्छ I सामान्यतया रङ्गमञ्चको  (थिएटर) प्रक्रिया यहीँ नै हो I सबैभन्दा पहिले आफूलाई पहिचान गरेर आफ्नो उद्देश्य निर्दिष्ट गराउने काम यहाँबाट हुने गर्छ  I”

हाम्रो कथा : यहाँ आहिपुगे पछि मान्छे खुल्ने सँगै प्राकृतिक बन्न थाल्छ, तपाइहरूले त्यस्तो के चमत्कार गराउनु हुन्छ ?

राजन खतिवडा : मुख्य त पहिला व्यक्तिले आफू को हु र के हु भनेर आफैलाई ठम्याउन सक्नु पर्छ I त्यसपछि आफू र आफ्नो समाजको वरपरलाई बुझ्न सक्नु पर्छ, त्यसपछि ज्ञान को कुरा आउँछ जसले व्यक्तिलाई बल्यो बनाउँछ I जसले व्यक्तिको मनोबल बढाउने काम गर्छ I हाम्रो या रङ्गमञ्चको सिद्धान्त नै सबैभन्दा पहिला एक-अर्कालाई सुन्नु, एक अर्कालाई चिन्नु र मनै देखि महसुस गर्नु हो I जसले एक अर्कालाई जोड्डीन सहयोग गर्छ I म यही समाजमा छु तर म यही समाजसँग जोड्डीको छैन भने यो के कारणले गर्दा भएको छ I त्यसको कारणहरू खोतल्ने हो I हरेक कुरामा  उनीहरूले जीवनमा भोगिरहेको सुख या दुख सँगै अन्य भावनाका तृष्णा पनि सबै इक्षा या चाहनाका कारणले नै हुने गर्छन् I मानिस भित्र फरक-फरक समयमा फरक-फरक चाहनाहरू अङ्कुर हुन्छन् I व्यक्ति खुसी या दुखी हुने कारण नै त्यही इक्षा या चाहना हो I त्यस कारण त्यो चाहना कै पेरिफेरीमा बसेर काम गर्ने हो I अनि अर्को कुरा मान्छे पनि प्रकृति कै अंश हो I त्यसैले प्रकृतिलाई महसुस गर्ने, विज्ञानलाई महसुस गर्ने र कल्पना सक्त्तिको विकास गर्ने I नाटकको संरचना के हो भन्दा आफूलाई अरूको स्थानमा राखेर हेर्नु पर्ने हुन्छ त्यसले गर्दा पनि यहाँ आउने  सबै जसोमा केही न केही भिन्नता देख्न सकिन्छ I

हाम्रो कथा : तपाईहरु रङ्गकर्मीको स्वभावमा पनि धेरै फरक पन देख्न सकिन्छ, यसको कारण के हुन सक्ला ?

राजन खतिवडा : हुन त हरेक क्षेत्रका मानिसमा केही न केही त फरक पन हुनु स्वाभाविक नै हो I हाम्रो सवालमा रङ्गकर्मीले आफूलाई सकेसम्म अर्ज्ञानिक बनाउन कोसिस गरिन्छ I रङ्गमञ्चले व्यक्तिलाई फेन्सी हुनबाट रोक्छ I यहाँ चाहिँ आफ्नू धरातल मै रहनु पर्ने हुन्छ I सबैभन्दा त अनुशासन कै कुरा हो I आफूलाई कसरी सधैँ अनुशासित राख्ने भन्ने कुरालाई चाहिँ हामीले मनन गरिरहन्छौ I अधिकांश रङ्गकर्मीले आफूलाई सामान्य मानिस भन्दा फरक रूपमा हेर्दैन I आफ्नो जिम्मेवारी चाहिँ के हो भनेर त्यसलाई इमान्दारिता पूर्वक निर्वाह गर्नु नै हाम्रो पहिलो कर्तव्य हो I कहिले-काहीँ कल्पनाको आधारमा एउटै कुरालाई फरक तरिकाले भन्न सक्छु; फरक त्यति मात्र हो I अर्को कुरा भनेको संसारभरि मानिसका बाच्ने फरक-फरक सिद्धान्त हुन्छन्  I जीवन चलाउने आ-आफ्नै सिद्धान्त हुन्छन् I व्यक्तिले आफूलाई कुन बाटोमा लैजाने भन्ने कुरा व्यक्ति पिछे फरक नै हुन्छन् I    

हाम्रो कथा : कति दर्शकहरूले नाटक हेर्न थालेपछि प्लिम हेर्न मन लाग्न छाड्यो भनेको पनि सुनिन्छ, नाटकका दर्शक पनि छुट्टै हुन्छन् हो ?

राजन खतिवडा : त्यो त मान्छेको छनोटको कुरा हो I कहिले-काहीँ मानिसलाई सिनेमा मात्रले आनन्द दिन सक्छ I कहिले-काहीँ मानिसलाई नाटकले मात्र पनि आनन्द दिन सक्छ I  यसमा नाटकको बनोट हेरेर पनि हुन्छ I नाटक कहिले -काहीँ सबैका लागि हुन सक्छ भने कहिले काहीँ कुनै लक्षित समूहलाई मात्र हुन सक्छ I उदाहरणका निम्ति बच्चाहरूका लागि गरिएका नाटकमा उनीहरूको मनोविज्ञानलाई उठाएर उनीहरूलाई नै लक्षित गरेर गरिन्छ I युवाहरू लक्षित नाटक फरक किसिमको हुने गर्दछ I हाम्रोमा फरक फरक प्रकृतिका नाटकको अभ्यास छैन I त्यस कारण कहिले काहीँ दर्शक बोर भएर पनि जान सक्छ I कलाको एउटै मात्र विधाले मानिसको मन छुँदैन I  कसैलाई नाटकले काम गर्छ होला,कसैलाई सिनेमालेगर्छ होला, कसैलाई गीत सङ्गीत त कसैलाई किताबले गर्ला वा कसैलाई चित्रकलाले त्यो भएर यो समाजमा यति धेरै थरिका नयाँ-नयाँ प्रविधिहरू नयाँ-नयाँ कला सिपका कुराहरू विकास भई रहेका छन् I नाटक हेरिसकेपछि उसलाई मन नपर्नु उसको छनोटको कुरा हो  I म आफू खुब फिल्म रुचाउँछु तर कस्तो फिल्म बन्छ भन्ने कुरा हो I

हाम्रो कथा : यहाँ आफै चाहिँ कसरी रङ्गमञ्च सँग जोड् डिन पुग्नु भयो ?

राजन खतिवडा : नाटक हेरेर त्यसबाट प्रभावित भएरै आज म रङ्गमञ्चसँग छु I म ५२ साल तिर नाटक हेर्न पुगे I जतिबेला म पहिलो चोटि नाटक हेर्दै थिए; मलाइ अचम्म लाग्यो I प्रत्यक्ष रूपमा दर्शकहरूले कलाकारलाई जस दिएको देखेर ओहो; जीवन त यहाँ पो रहेछ जस्तो लाग्यो I जति बेला म दूरसञ्चारमा सामान्य जागिर खादै थिए I त्यही बाट म प्रभावित भएर त्यो नाटक समूह सँग कुरा गरे I त्यस समय अहिलेको जस्तो अभ्यासको कुनै सुविधा पनि थिएन I नाच घरमा अभ्यास हुन लाग्दै थियो त्यही समय मेरो वीरेन्द्र हमालसङ भेट भयो I उहासंगै आलेली अभ्यास गर्दै अगाडी बढ्न थाले I पछि गुरुकुल सुरु भएपछि त्यहाँ जोड् डिन पुगे I त्यस पछि पूर्णरुपले  निरन्तर म नाटक मै लागि रहे I

(मण्डला थिएटरका प्रशिक्षक तथा संयोजक राजन खतिवडा सँग गरिएको कुराकानीमा आधारीत )

प्रस्तुति: इश्वोर लुइँटेल 

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ दिन अगाडि १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने