दैलो अगाडी ठुलो तरकारी बजार – विचौलियालाई निषेध

एकपटक सम्झनुस्त यो तरकारी बजार सुरु हुनु अघि यहाँको अवस्था कस्तो थियो ? तपाईले उत्पादन गर्नुभएको तरकारी विक्रि गर्ने बजार थिएन । धेरैजसो तरकारी बाहिरि बजारबाटै आउँथे । गाउँमै उत्पादन भएको तरकारी पनि खुद्रा बजारमा महँगो मुल्य तिरेर किन्नुपथ्र्यो । बजार नभएकै कारण व्यवसायिक तरकारी खेती गर्न चाहने युवाहरु उत्साही हुन सकिरहेका थिएनन् । हो, सरकारले यहि समस्या बुझ्यो । अनि कृषि तथा पशुपंछि विकास मन्त्रालयले तपाईकै दैलो अगाडी ठुलो तरकारी बजार खोलिदिएको छ ।

ईश्वर लुईटेल २०७५ चैत ९ गते १७:४०

यो खुशिको खबर प्रदेश नम्बर १ का किसानहरुका लागि । खुशि यस अर्थमा कि तपाईकै घरछेउ अब तपाईले उत्पादन गर्नुभएको तरकारी बेच्ने बजार सुरु भएको छ ।

एकपटक सम्झनुस्त यो तरकारी बजार सुरु हुनु अघि यहाँको अवस्था कस्तो थियो ? तपाईले उत्पादन गर्नुभएको तरकारी विक्रि गर्ने बजार थिएन । धेरैजसो तरकारी बाहिरि बजारबाटै आउँथे । गाउँमै उत्पादन भएको तरकारी पनि खुद्रा बजारमा महँगो मुल्य तिरेर किन्नुपथ्र्यो । बजार नभएकै कारण व्यवसायिक तरकारी खेती गर्न चाहने युवाहरु उत्साही हुन सकिरहेका थिएनन् । हो, सरकारले यहि समस्या बुझ्यो । अनि कृषि तथा पशुपंछि विकास मन्त्रालयले तपाईकै दैलो अगाडी ठुलो तरकारी बजार खोलिदिएको छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार (चैत्र ३ गते) प्रदेश १ स्तरीय फलफुल तथा तरकारी थोक बजारको साँचो प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभएसँगै अव यहाँका किसान तरकारीको ठुलो बजारसँग जोडिएका छन् । आफ्नो उत्पादन विक्रि गर्न विचौलियाको भर पर्नुपर्ने समस्या समेत सँगै अन्त्य भयो । केन्द्रमा रहेको कालिमाटि तरकारी तथा फलफुल बजारमा विचौलियाको जगजगि अन्त्य गर्न सफल सरकारले सुरु देखि नै यो बजारमा भने विचौलियाको प्रवेशलाई निषेध गरेको छ ।

तरकारी बजार विराटनगर नजिकै कटहरि गाउँपालिकामा ५ बिगाहा २ धुर क्षेत्रफलमा निर्माण भएको हो । यो बजारको निर्माण गर्न साढे १५ करोड रुपैंया खर्च भयो । तरकारी बजारमा किसानका उत्पादन खरिद–विक्रि गर्ने ३८ वटा कक्ष रहेको थोक विक्रि भवन छ भने कम्तिमा ३० वटा स्टल अट्ने खुद्रा विक्री सेड निर्माण गरिएको छ । यो बजारबाट बार्षिक करिब ४५ हजार मेट्रिक टन तरकारी र ९ हजार मेट्रिक टन फलफुलको कारोबार हुने लक्ष्य राखिएको छ ।

बजार सञ्चालनमा आएसँगै प्रदेश नम्बर १ का सबै जिल्ला र प्रदेश नम्बर २ का सिराहा, सप्तरिका किसानको बजारसँग सिधा पहुँच पुगेको छ । यसबाट अब यहाँका उपभोक्ताले किसान र उपभोक्ताबिचको मुल्यमा हुने ठुलो अन्तरको समस्या व्यहोर्नुपर्ने छैन । सरकारले यस्तै बजार देशका अरु ठाउँमा पनि निर्माण गर्ने सोच बनाएको छ ।

तरकारी बजार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तै खालको तरकारी बजार अरु जिल्लामा पनि निर्माण गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित

ढाकाले ढकमक्क परेको ‘बुटिक’ !

१० घन्टा अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने