सिस्नुको सुप !

सिस्नुको व्यवसायिक सम्भावना - नेपालमा सामाजिक उद्यमशीलता फस्टाउदै

एक प्याकेट सिस्नुको सुपलाई ६० रुपैयाँ पर्छ I नेपाली स्थानीय उत्पादन हो I उत्पादन प्रक्रियामा सबै नेपाली कृषकहरुले काम गर्ने हो I काठमाडौँका ८ / १० वटा ग्रोसरी स्टोरमा उपलब्ध छन् I

हाम्रो कथा २०७५ चैत ४ गते १४:००

कबिन मलेकूले अनुसन्धानको क्षेत्रमा धेरै काम गरे I मुटु रोग र मधुमेह सम्बन्धित थुप्रै अनुसन्धानमा पनि संलग्न भए I पढ्दा-पढ्दा कबिनले के बुझे भने – सबै दिर्घकालिन रोगहरुको रोकथाम राम्रो खानपान र स्वस्थ जीवनशैलीले गर्न सकिन्छ I आफुलाई रोग लागेकै हुनुपर्छ भन्ने छैन I वरिपरी आफ्ना अग्रज, साथीभाईलाई रोग लागे पछी भने हामीले पनि आफ्नो शरीरलाई नियन्त्रणमा राख्नु पर्छ भन्ने कुरा बुझ्नु पर्छ I

बेलायतमा चलिरहेको एउटा रिसर्च अनुसार मधुमेह जस्ता रोग लाग्दा औषधि खानु भन्दा पहिले खानपान र अभ्यास मिलाएर लग्यो भने नियन्त्रणमा राख्न सकिन्छ I यो रिसर्चको प्राराम्भिक रिपोर्ट प्रकाशित भईसक्यो I आउँदो वर्ष फाईनल रिपोर्ट प्रकाशित हुने क्रममा छ I यस्ता कारणहरु आफुलाई चित्त बुझ्दो लागेपछी नेपालमा मेडिफुडको अवधारणा भित्र्याउन मन लग्यो I नेपालमा प्राकृतिक श्रोतसाधन असिमित छन् I कबिनलाई महसुस भयो कि यी प्राकृतिक श्रोतसाधनको अध्ययन गरी केहि गर्न सकिन्छ I

कबिन मलेकूको लागी सिस्नोको सुप मेडिफुड्सको अवधारणा नेपालमा विस्तार गर्ने एक प्रयास हो I सिस्नो नेपालमा पर्याप्त पाईन्छ I मानसीक रुपमा पनि  नेपालमा सबैले सिस्नोलाई सजिलै स्वीकार गर्न सक्छन् I त्यसैले कबिनलाई सिस्नुको सुप उत्पादनमा रुची भयो I

मेडिफुड्सबारे बुझ्दा…

फार्मेस्युटिक्स ‘औषधी’ एउटा छुट्टै डोमेन भएजस्तै मेडिफुड्स पनि छुट्टै डोमेन हो I मेडिफुड्स भनेको औषधीको फाईदा बोकेको खाद्य वस्तु तर मेडिफुड्स प्रत्येक्ष औषधी होइन I मेडिफुड्स, अन्य देशहरुमा पनि ; विश्वबजारमा धेरै चर्चामा भने आई सकेको छैन I १९९० को दशक देखी सुरुवात भएको मेडिफुड्सको अवधारणालाई जापानले भने गति दिएको छ I

मेडिफुड्स भनेकोटोनिक  जस्तै हो I नेपाली बजारमा स्तापित हुन सकेको मेडिफ़ुड भनेको एउटा ‘ग्रीन टी’ हो I ग्रीन-टीलाई सबैले स्वीकार गरी सके I व्यवसायिक रुपमा अघि बढेको मेडिफ़ुड ग्रीन-टी मात्र हो I हामी आफ्नै घरमा रोपेको तुलसीको पात खाने गर्दछौं I अन्य औषधीको गुण बोकेका खाद्य वस्तु मसलाको रुपमा त प्रयोग भई रहेका छन् तर व्यवसायिक विस्तार गर्न नसक्दा सम्म मेडिफुड्सको क्षेत्र फस्टाएको भन्न मिल्दैन I

सिस्नुको सुप किन खाने ?

सिस्नुमा फाईबरको मात्रा धेरै हुन्छ I आइरनको मात्रा धेरै हुन्छ I मोटोपनालाई नियन्त्रण गर्न सहयोग पुर्याउंछ I बच्चालाई दुध खुवाउदै गरेको आमाको दुध बढाउछ I

गाउँघर तिर दुध धेरै दिन्छ भनेर भैसीलाई सिस्नो खुवाईन्छ I मानिसमा पनि त्यस्तै त हो I गाउँघर तिर सिस्नो खुवाएको सुँगुरको मासु राम्रो रातो हुन्छ भन्ने विश्वास छ I मानिसमा पनि त्यस्तै हो I हामीले सिस्नुको फाइदा यसरी बुझ्न सकिन्छ I

सिस्नुको सुप कसरी बन्छ ?

सिस्नुको सुप उत्पादन गर्दै आएका कबिनको अनुभवले बताउँछ, “सिस्नु टिप्न गाह्रो हुदैँन I थोरै मात्रामा टिप्न चिम्टा प्रयोग गर्दा हुन्छ I धेरै मात्रामा टिप्न परे रबरको पन्जा लगाएर टिप्ने हो I त्यसको लागी कृषकहरुलाई छोटो तालिम दिन्छु I अनि सिस्नु टिपे पछी सिस्नु सुकाउन शीतल ठाउँमा सुकाउने गर्दछौं I सिस्नुलाई घाममा सुकाउने होइन I”

सिस्नुलाई स-साना टुक्रामा ग्राइन्ड गर्ने I सिस्नोमा स्वाद थप्न ‘टेस्ट एनह्यान्सर’को प्रयोग गर्ने साथै सुपलाई बाक्लो, स्वादिलो र अझ पौष्टिक बनाउन जौं, गहुको पिठो, मिल्क पाउडर, भटमास र नुनको प्रयोग भएको छ I

सिस्नुको साईड एफेक्टबारे कुरा गर्दा,  कबिन बताउँछन्, “सिस्नुबाट एलर्जी हुन सक्छ I एलर्जी भनेको कुल ८०० भन्दा धेरै किसीममा हुन्छन् I कुनै पनि खानाबाट हुने एलर्जी भनेको हजारजना मध्य एक जनालाई हुने हो I त्यसैले कसलाई एलर्जी हुन्छ भनेर ठ्याक्क भन्न सकिन्न I सिस्नु अत्याधिक मात्रामा खायो भने शरीरलाई गर्मी हुन्छ I हुन त जुन खाद्य वस्तु पनि आवश्यकता भन्दा धेरै खाए बिकार त गरी हाल्छ नि ! सिस्नु खादाँ पनि त्यस्तै कुरा याद राख्नु पर्ने हो I थप, सिस्नुको सुपले पिसाब धेरै लाग्छ I दिनको ४ / ५ पटक पिसाब लाग्ने व्यक्तिलाई दिनको आठ पटकसम्म पिसाब लाग्यो भने अप्ठेरो महसुस होला I तर, पिसाब धेरै लाग्नु राम्रो हो I यसलाई स्वीकार गरेर, नआत्ति सिस्नु खाने हो भने फाईदा धेरै छन् I”

व्यवसायको वर्तमान अवस्था 

अहिलेको अवस्थामा पनि मेडिफुड्सको बिक्रि नेपाली बजारमा गाह्रो छ I सानो परिमाण र थोरै पुजीमा सिस्नुको सुप बनाउन कबिनले सुरुवात गरेको भएकाले अहिलेको अवस्थामा कबिनले मार्केटिंगमा भन्दा उत्पादनमा बढि ध्यान दिएका छन् I सानो पुजीमा मार्केटिंग र वितरण सहज नहुने भएकाले उनी व्यवसायिक गति लिन हतारीएका छैनन् I

एक प्याकेट सिस्नुको सुपलाई ६० रुपैयाँ पर्छ I नेपाली स्थानीय उत्पादन हो I उत्पादन प्रक्रियामा सबै नेपाली कृषकहरुले काम गर्ने हो I त्यसैले खपद पनि नेपाली बजारमै हुने आशा उनले बोकेका छन् I ८ / १० वटा ग्रोसरी स्टोरमा उपलब्ध छन् I विशेषगरी अर्ग्यानिक स्टोरहरुबाट यस्ता मेडिफुड्सको बिक्रि भईरहेको छ I सिस्नुको सुप प्रवर्द्धनका निम्ति फार्मर्स मार्केटमा पनि स्टल लिने प्रयास हुदैछ I ठुल्ठुला डिपार्टमेन्ट स्टोरमा वितरणको लागी च्यानल मिलाउने काम पनि अघि बढिरहेको छ I

तर अहिलेको परिवेशमा यदि स्वस्थ्यमा केहि हानी भई सकेपछि मात्र हामी नेपालीलाई यस्ता खानाको याद आउँछ I हाम्रो मानसिकतामा परिवर्तन नआएसम्म ठुलो उपलब्धी भने हुन सक्दैन I

मेडिफुड्स स्वास्थ्यको छुट्टै एक डोमेन भएकाले यो सिस्नुको सुप औषधी बेच्ने फार्मेसीमा किन्न पाईदैन I आगामी भविष्यमा मेडिफुड्स अन्तर्गत नै अन्य खाद्य वस्तुहरु उत्पादन गरे मेडिफुड्सको क्षेत्रलाई नेपालमा विकास गर्न सकिन्छ I

भविष्यको योजना !

कबिनको लक्ष्य भनेको नेपाली स्थानीय कच्चा पदार्ध प्रयोग गरी मेडिफुड्स बनाउनु हो I उनले मेथीको चियापति बनाउने प्रयास गरे, अलि प्रविर्धिक हिसाबले अहिले मिलेन I विदेशबाट मेसिन मगाएर काम गर्न उनको इच्छा नभएकाले  अहिले नेपालमा के गर्न सकिन्छ त्यति नै गर्ने भनेर सिस्नोको सुपलाई नै कबिनले अघि बढाए I आगामी दिनमा उनलाई लप्सीको लेदोसँग पनि काम गर्न मन छ I

त्यस्तै नेपालमा थुप्रै यस्ता कच्चा पदार्थहरु छन् जसलाई सामान्य प्रविधिले प्रशोधन गरी व्यवसायिक हिसाबमा प्रवर्द्धन गरे धेरै फाईदा हुनसक्छ I व्यवसायिक रुपमा अघि लैजान सके मात्र नेपालमा पनि स्वास्थ्यबर्दक खाना खाने संस्कारको विकास हुन पुग्छ I

तस्वीरमा : कबिन मलेकू

 

प्रतिक्रिया

सम्बन्धित

ढाकाले ढकमक्क परेको ‘बुटिक’ !

१० घन्टा अगाडि ३ मिनेटमा पढिने

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने