नराम्रा बानी कसरी हटाउने ?

किताब ‘The Power of Habit’ को सारांश

हाम्रो कथा २०७५ चैत ३ गते १६:१७

हामी सबै आ-आफ्ना बानीहरूको गुलाम हौँ I

सुरुवाती दिनमा बाइक चलाउँदा हामी एकदम सचेतन भएर, ध्यान पुर्‍याएर बाइक चलाउँछौँ I दायाँ-बायाँ के छ ? , नियमित हिँड्ने बाटोमा कहाँ कता खाल्डोहरू छन् ? यी सबै कुरामा विशेष ध्यान पुर्याइन्छ I तर, अभ्यास गर्दै जादाँ हामी यति सम्म पोख्त हुन्छौँ कि हामीलाई दायाँ-बायाँ, खाल्डा-खुल्डीको पनि होस नगरी ढुक्कसँग बाइक चलाउन थाल्छौँ I बाइक चलाउँदा केही परिश्रम गरेको छु भन्ने अनुभूति पनि हराउदै जान्छ I

यही परिपक्वतालाई नै बानी भनिन्छ I

कुनै बानी बसिसकेको छ भने – हाम्रो धेरै मेहनत र समयको बचत हुन्छ I बानी भनेको सधैं गहिरो र बलियो हुन्छन् I निकै शक्तिशाली हुन्छन् I

हाम्रो दिमागमा बानी बस्छ I तर, कुन बानी राम्रो हो र कुन नराम्रो हो भन्ने कुरा चाहिँ छुट्ट्याउन सक्दैन I

कुनै पनि बानी बसाल्न वा छुटाउन ३ चरण प्रक्रिया हुन्छ:-

१) झक्झकाउने पोइन्ट (क्यु / ट्रिगर) : कुनै घटनाले केही काम गर्न प्रेरित गर्दछ I

‘हरेक दिन दिउँसो ३ बजे भोक लाग्छ I त्यसैले खाजा खान गइन्छ I’

२) दिनचर्या (रुटिन) : बारम्बार त्यो ट्रिगर गर्ने वस्तु देखेपछी सो-काम गरिन्छ I

‘हरेक पटक भोक लागेपछी चकलेट केक खाइन्छ I’

३) पुरस्कार (रिवार्ड) : केही काम गरेपछी लोभ लाग्दो नतिजा, परिणाम पाइन्छ I

‘चकलेट केक खाए पछि क्षणिक आनन्द आउँछ I’

नराम्रो बानी छुटाउन धेरै गाह्रो हुन्छ I कतिपय अवस्थामा त असम्भव जस्तै हुन्छ I त्यसैले नराम्रो बानी छुटाउने  प्रयास गर्ने होइन I बरु त्यो नराम्रो बानीको ठाउँमा राम्रो बानी चाहिँ बसाल्न सक्छौँ I अब के गर्ने त ?

१) घोच्ने पोइन्ट (क्यु / ट्रिगर) : ‘हरेक दिन दिउँसो ३ बजे भोग लाग्छ I त्यसैले खाजा खान गइन्छ I’

२) दिनचर्या (रुटिन) : ‘हरेक पटक भोक लागेपछी चकलेट केक नखाएर रोटी खान सकिन्छ I’

३) पुरस्कार (रिवार्ड) : ‘रोटीले भोक मेट्नुका साथै दीर्घकालीन स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ I’

त्यसैले, नराम्रो बानी हटाउने तिर समय खेर नफालौं I राम्रो बानीहरू विकास गर्ने प्रयासमा जुटौँ I

(चाल्स दुईगको किताब ‘The Power of Habit’ को सारांश )

प्रतिक्रिया