‘गुची’ ब्राण्ड किन मन पर्छ ?

ब्राण्ड विस्तारको सन्दर्भमा अनुसन्धान, ग्राहक, विश्व बजार, व्यवस्थापन, बिजनेस मोडेल जस्ता विविध पक्षको भूमिका

कथा सबैका भिन्न छन्, रोचक हुन्छन् I एउटाको कथा अर्को सँग मेल खाँदैन I तर पनि एउटाको कथा बुझेर अर्कोले आफ्नै हिसाबमा प्रगति गर्न सक्छ I

हाम्रो कथा २०७५ चैत २ गते १५:३३

कुनै पनि कम्पनी वा ब्राण्ड विस्तारको सन्दर्भमा अनुसन्धान, ग्राहक, विश्व बजार, व्यवस्थापन, बिजनेस मोडेल जस्ता विविध पक्षको भूमिका हुन्छ I त्यसो हुँदा पनि हरेक ब्राण्डको कथा र परिवेश फरक हुन्छ I

तस्वीर : V&A Waterfront

सन् २०१८ को पहिलो ६ महिनामा, गुचीको सेल्स पछिल्लो सालभन्दा डबल भई सकेको थियो I

गुचीको कुल ५५ प्रतिशत सेल्स युवा जमात माझ हुन्छ I प्राय ग्राहकको उमेर ३५ वर्षभन्दा कम छ I बिजनेस इन्साइडरको रिपोर्ट अनुसार, अहिलेको विश्वबजारमा शानदार ‘लग्जरी’ सामानहरूको मार्केटमा ८५ प्रतिशत वृद्धि भएको छ I वृद्धिको कारण भने अहिले १८ वर्ष देखि ३५ वर्ष उमेर समूहका युवा नै रहेछन् I

सन् १९२१ इटालीमा गुची कम्पनीको सुरुवात भएको हो I गुची ब्राण्डका संस्थापक गुच्चिओ गुचीले सुरुवात गर्दा गुचीको विशेषता भनेको स्तरीय छालाजन्य ‘लेदर’ का समानहरुलाई मान्ने गर्थे I त्यसमा पनि विशेष भनेको घोडा चड्दा प्रयोग हुने सिट र घोडा सवार गर्दा प्रयोग हुने अन्य सामान I

गुचीको उत्पादन र व्यवसायमा निरन्तरता दिदैं जाँदा लेदरबाट सुरु भएको गुची अहिले पहिरनको एक शानदार ब्राण्ड बनेको छ I

गुचीलाई फेशनको दुनियाँमा लालित्य र आकर्षणको प्रतीक मानिन्छ I केही दशक अघि अमेरिकी फस्ट लेडी ज्याकी क्यानेडिले गुची ब्यास प्रयोग गर्ने हुँदा गुचीलाई एक महँगो, ख्याति प्राप्त व्यक्तित्वहरूले प्रयोग गर्ने ब्राण्ड मानिने गर्थियो I तर, अहिले गुची सबैले प्रयोग गर्ने ब्राण्ड हो I महँगो छ तर आजभोलिका युवाले सक्दो मेहनत गरी पैसा बचाएर खरिद गर्ने ब्राण्ड बनेको छ I त्यसैले, गुची खरिद गर्नु कसैका लागी उपलब्धि पनि बनेको हुन सक्छ I

तस्वीर : Pinterest बाट

हाल २०१५ मा गुचीमा एक डिजाइनर एलेक्ज़ेन्द्र म्याकको प्रवेश भयो I उनी गुचीका क्रियटिभ डाइरेक्टर हुन् I उनले गुची ब्राण्डमा ‘स्ट्रीट वेयर’ भनी पहिचान गरिने वर्गका पहिरनहरूको बिस्तारलाई प्रोत्साहन दिए I त्यसपछि गुची सर्वसाधारणमा लोकप्रिय हुन् थालेको हो I

गुचीको ब्राण्ड लोगो मन पराइन्छ !

सन् १९०० को दशक देखि हुने पनि पहिरनमा आफ्नो लोगो ठुलो आकारमा प्रस्तुत गर्दा, ती ब्राण्डहरुले ग्राहकहरूको मन जित्न सफल भएका छन् I अहिले ‘ब्राण्ड लोगो’लाई राम्रो फेशन मानिन्छ I यसको कारण के रहेछ भन्दा सन् २००८ तिरको आर्थिक मन्दीको समयमा बजारमा उपलब्ध कुनै पनि उपभोग्य वस्तुको विश्वास गर्न सकिने अवस्था नै थिएन I

त्यसपछि, जब कुनै समानमा उत्पादकको केही चिन्ह वा ‘लोगो’ राख्दा, ग्राहक ढुक्कसँग  सो-वस्तु किन्ने गर्दथे I उपभोक्ताको यस्तो व्यवहार देखा परे पछि ‘लोगो’ को प्रयोग विश्वभर रुचाइन थालिएको हो I

जसरी हामी व्यक्तिगत तहमा एक-अर्का भन्दा फरक छौँ I हरेकको सफलताको भिन्नै सूत्र हुन्छन् I व्यक्ति होस् वा समुदाय वा व्यवसाय – आफ्नो सकारात्मक, बलियो पक्ष पहिचान गरी ठिक समयमा ठिक निर्णय र कार्यविधि अपनाएर अघि बढ्नु पर्छ I कथा सबैका भिन्न छन्, रोचक हुन्छन् I एउटाको कथा अर्को सँग मेल खाँदैन I तर पनि एउटाको कथा बुझेर अर्कोले आफ्नै हिसाबमा प्रगति गर्न सक्छ I

तस्वीरमा : गुचीका क्रियटिभ डाइरेक्टर र सिईओ

प्रस्तुती : बिबिता कोइराला

 

प्रतिक्रिया