अन्तरदृष्टिको क्षण – प्रारम्भ वायोटेक

यस्ता अन्तरर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हामी पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्छौं I

हाम्रो कथा २०७५ चैत १ गते १७:२१

काठमाडौं विश्वविद्यालयमा बायोटेकमा स्नातक सकेर नेपालमा नै केही गर्ने विकल्पको खोजीमा थिए, मनिष प्रताप सिंह, अशोक कुमार भट्टराई र वैद्यनाथ झा । सुरुमा ‘टिस्यु कल्चर’ लाई आफ्नो गन्तव्य बनाउने सोच बनाए पनि लगानी धेरै लाग्ने भएपछि पछि हटे, उनीहरु । तर एकदिन पत्रिकामा आएको मल अभाव शीर्षकको समाचारलाई उनीहरुले आफ्नो भविष्यको योजनामा सामेल गरे र त्यसैलाई विकल्पका रुपमा रोजे ।

लगानी कम लाग्ने र लोडसेडिङको समयमा विद्युत पनि खासै आवश्यक नपर्ने भएकाले भर्मिङ कम्पोष्ट मल उत्पादन सुरु गर्ने सोच बनाए ।

त्यसपछि प्रारम्भ बायोटेक स्थापना गरेर कम्पोस्ट मल उत्पादन गरिरहेका मनिष प्रताप शाह भन्छन्, ‘हामी जस्ता नयाँ आइडिया भएका युवाहरुलाई यो क्षेत्रमा बढी स्कोप छ । जतिवेला काम गर्न सुरु गरेको थियौं, त्यतिवेला कृषि क्षेत्रमा रासायनीक मलको अभाव थियो । त्यो अभावलाई हामीले अवसरका रुपमा उपयोग गर्यौं ।’

नेपालमै केहि गर्ने भनेर केहि समय व्यतिथ गरिसकेकाले केही नगरी सुखै थिएन । कम लगानी लाग्ने र कृषि प्रधान देश भएकाले भर्मिङ कम्पोस्ट मल बनाउने तयारीले उनीहरुको ध्यान खिच्यो । सोही अनुसार भर्मिम कम्पोस्ट अर्थात गड्यौला मल उत्पादन गर्ने योजना सहित ४ जनाको समूह बनाए ।

यस्तो मल उत्पादन अन्यत्र भएको छ वा छैन, सरकारी सेवा सुविधा के कस्तो छ भन्ने विषयमा अध्ययन पनि भयो । त्यतिले मात्रै पुगेन । उनीहरुले त्यससँगै कुनैपनि हालतमा केही वर्ष यहि क्षेत्रमा मेहनत गर्ने र सफल उद्यमी बन्ने अठाट पनि सँगै गरे ।

त्यस यता निरन्तर यही क्षेत्रमा क्रियाशील भइरहेका प्रारम्भ वायोटेकका सञ्चालक अशोक कुमार भट्टराई सम्झन्छन्, ‘काम सुरु गरिसकेपछि ३ वर्ष हामी केहि पनि गर्दैनौं । तीन वर्षमा पनि केहि नहुने देखियो भने सबै आ–आफ्नो बाटो लाग्ने भनेका थियौं । तीन वर्षमा हामीले धेरै मेहनत गर्यौं र अब अघि बढ्न सकिन्छ, सफल भइन्छ भनेपछि हामी अझै अघि बढेका हौं ।’

यस्ता अन्तरर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हामी पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्छौं I

प्रतिक्रिया