आफू भित्रको ‘छेपारे दिमाग’ पहिचान गर्न सिकौँ !

सेट गडिनको सन्देश

म्यानेजमेन्ट गुरु सेट गडिनको ग्लोबल ज्ञान !

हाम्रो कथा २०७५ चैत १ गते १४:४३

तस्वीर : सेट गडिन ब्लग

मानव स्वभावको अप्ठेरा, तर्कविहीन पक्षहरू थुप्रै छन् I

हामी बोल्दा – आफ्नो बोलीमा एउटा कुरा व्यक्त गर्दछौँ तर व्यवहारमा अर्कै कुरा गर्छौँ I मलाई स्मार्ट  बन्नु छ भन्छौँ तर आफ्नो सहकर्मीले पढ्न दिएको किताब पढ़दैनौं I हामीलाई स्वस्थ रहनु छ भन्छौँ तर अनावश्यक कुराहरू खान भने छोड्दैनौ I

यस्ता बिडम्बनाको अन्त्य कहिल्यै हुँदैन I

यदि आफ्नो वरिपरि बोली र व्यवहार समान राख्ने मान्छे भेट्यौँ भने हामी अलि छक्क पर्न थाल्छौँ I कुनै खेलाडीले आफ्नो अनुशासन, अभ्यास कायम राखेको देख्दा हामी प्रेरित हुन्छौँ I कतिपय अवस्थामा छक्क पर्छौँ I  यो बोली र व्यवहारमा समानता ल्याउन किन यति गाह्रो हुन्छ होला त ?

उत्तर: आफू भित्रको ‘छेपारे दिमाग’ ले गर्दा !

अथवा, अमेरिकी लेखक स्टीवन प्रेस्फ़िल्डका अनुसार ‘छेपारे दिमाग’लाई ‘प्रतिरोधको भाव’ भनेर पनि बुझ्न सकिन्छ I यो ‘प्रतिरोधको भाव’ ले सधैँ पछि हट्न लगाउँछ I यसले हाम्रो पाइला अघि सार्नबाट सधैँ रोकि राख्छ I ‘छेपारो’ यस्तो प्राणी हो जसलाई परिवर्तनको चाहना नै हुँदैन I ‘छेपारो’ परिवर्तन देखि टाढा भाग्छ I  यस्तो किन भन्दा – छेपारोको शारीरिक र बौद्धिक संरचना ले नै छेपारोलाई यस्तो बनाएको हुन्छ I

बिजनेस र व्यवस्थापन क्षेत्र कै उदाहरण लिने हो भने , यसो सोचौँ त  सबै कम्पनी ‘एप्पल’ जस्तो किन हुँदैनन् I किनकि धेरै जसो कम्पनी , संस्था समभ्कौता ‘कम्प्रोमाईज’ गर्दछन्, आलोचना देखि पर भाग्छन् , कुनै परिवेशमा अटाउनका लागी काम गर्छन् I सभा, गोष्ठी, बैठक धेरै बस्दछन् I  आवश्यक भन्दा धेरै बैठक र गोष्ठीले , छलफलबाट राम्रो काम , निर्माण प्रक्रिया , वितरण र बजारीकरण टाढा पुग्ने मात्र हो I अरू केही उपलाब्धी हुँदैन I यस्तो प्रतिरोधबाट मुक्त हुन सक्नुपर्छ I

यस्ता काम गराईका पौराणिक प्रविधिले नै हामीलाई अघि बढ्नबाट रोक्ने हो I अब हाम्रो ‘छेपारो दिमाग’ले के गर्नु पर्‍यो भने यस्ता पारम्परिक प्रविधि/ पद्धति देखा पर्दा कति बेला तिनलाई बे-वास्ता गर्ने र कति बेला तिनलाई स्वीकार गर्ने भन्ने कुरा बुझ्न सक्नु पर्छ I

आफ्नो दिमाग पनि छेपारो सरह भए जस्तो लागे, आफ्नो रणनीति फेरौँ, कार्यविधिमा परिवर्तन ल्याउन I सधैँ समान तरिकाले काम गरे, विस्तार सम्भव हुँदैन I विकास र विस्तार गर्न सकिने अवस्थामा परिवर्तन भित्र्याऔँ I

तस्वीरमा : Seth Godin

प्रस्तुती : बिबिता कोइराला

प्रतिक्रिया