‘डिजिटल मार्केटिंग’ संगै समाज सेवा : मावि डोंग

नहिँडे सम्म कुनै गन्तव्यमा पुग्न सकिन्न I अनि फेरी हिँड्ने मान्छे नै त लड्ने हो I लड्ने डरले हिँड्ने साहस नै नगरे त सफलता हैन असफलताले समेतले तपाईँको सानिध्यता स्वीकार नगर्न सक्छ I

हाम्रो कथा २०७५ फागुन ३० गते १७:३८

हामी हजारौँ युवा मध्यबाट केही युवाहरू त्यस्ता उदाहरण बन्न सफल छन् I जसले तपाईँ हामी सबैलाई एउटा उदाहरण पस्किएका मात्र छैनन्; सफलताको बाटो समेत देखाउने साहस गरेका छन् I त्यस्तै उदाहरण बन्न सफल युवा मावि डोंग जो; आफू मात्र सफताको बाटोमा हिँडेका छैन I आफूसँगै सिङ्गो समुदायको आँखा खोलिदिएर आफूसँगै हिँडाउने साहस गरिरहेका छन् I त्यस्तै साहसी युवा मध्यका एक उधाहरण मावि डोंगसँग हाम्रो कथाले गरेको कुराकानीको केही अंश;

हाम्रो कथा :  व्यवसाय सुरु गर्नुभएको कति भयो र यो व्यवसाय प्रति सोच कसरी आयो ?

मावि डोंग : मेरो इन्जिनियरिङ पृष्ठभूमि हो I म हुर्केको पनि यतै काठमाडौँ तिरै हो I सानै देखि स्वतन्त्र जीवनको सोच विकास भयो I मैले ‘पुल्चोक इन्जिनियरिङ कलेज’ पढेको हु I जहाँ पढ्दा मलाई पर्याप्त खालि समय मिल्ने गर्दथियो I उक्त समयलाई सदुपयोग गर्न म अतिरिक्त समय काम गर्दथे I पछि कलेज सक्यो I तब; पहिला जहाँ काम गर्दथिए,  त्यो ठाउँमा काम छाडे अनि आफै केही गर्नु पर्छ भन्ने सोचले, आफ्नै काम सुरु गर्ने निर्णय गरे I त्यसपछि उद्यमशीलता सम्बन्धी स्रोत,साधन जुटाएर आफ्नै काम सुरु गरे I

हाम्रो कथा: मुख्य रूपमा अहिले के कुरामा व्यस्त हुनुहुन्छ ?

मावि डोंग : व्यवसाय सुरुगर्दा, सुरुमा शत प्रतिशत समय व्यवसायलाई दिने सोच बनाएको थिए I अहिले चाहिँ अध्यन कै कुरामा या भनौँ आफूलाई कसरी सक्षम र योग्यताको विषयमा विकास गर्न सकिन्छ भन्ने कुरा मै व्यस्त छु I

हाम्रो कथा: अहिले तपाईँले “डिजिटल मार्केट” मार्फत के-के उत्पादनहरू बिक्री गरिरहनु भएको छ ?

मावि डोंग : “डिजिटल मार्केट” मा हामीले गर्ने भनेको ‘मिडिया म्यानेजमेन्ट’ हो I जुन चाहिँ पछिल्लो समय नेपालमा जल्दोबल्दो रूपमा छ I त्यसपछि वेब डीजाइनिंग र ग्राफिकमा पनि काम गर्छौ I

हाम्रो कथा: तपाईँ समाज सेवाको क्षेत्रमा समेत क्रियाशील हुनुन्छ I कसरी समय मिल्छ र यति धेरै कुरा सोच्नलाई कसरी भ्याउनु हुन्छ ?

मावि डोंग : व्यवसाय गर्दा एउटा के अनुभूत हुँदोरहेछ भने; मैले सानो या थोरै समयमा केही ठुलो उपलब्धि प्राप्त गरिरहेको छु भन्ने भान हुँदोरहेछ I अनि त्यहि समयमा सेवा वा समाजमा सकारात्मक रुपले केहि गर्नु पर्छ भने सोच आयो I  त्यस किसिमको ठाउँ बनाउन सकियो भने चाहिँ यसलाई निरन्तरता दिन सकिन्छ भन्ने भयो I अनि हामी एकै समुदायका धेरै जनाहरू भेट्ने, बिचारहरू आदान-प्रदान गर्न थालेउ I त्यही क्रममा मैले ‘लिडरशिप’ तामाङ नामक संस्था आफ्नै नेतृत्वमा सुरु गरे I जसमा हामीले साप्ताहिक जमघट गर्नथालेऔ I मुख्य समस्या भनेको उपत्यका भित्रका तामाङ समुदाय अझै पनि आधुनिक विकास र प्रविधिको प्रयोग सम्म पुग्न सकेका छैनन् I त्यसैले उनीहरूका निम्ति एक किसिमको सञ्जाल र उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुगोस् भन्ने चाहले यो संस्था सुरु गरेको हु I

हाम्रो कथा : तपाइहरूले नेपालमा ‘पोड्काष्ट’ पनि सञ्चालन गर्नु भयो, यस विषयमा केही भन्दिनुहोस् न ?

मावि डोंग : म आफ्नो कुरा गर्दा युट्युब चाहिँ पहिले नै चलाई सकेको थिए I सामान्य दुई-तिन मिनेटको भिड्यो खिचेर हाल्ने गर्दथे  I  जुन खासै प्रभाव मुखी थिएन I आफ्नै सन्तुष्टिका निम्ति मात्र गर्दथे I  गर्दै जाने क्रममा अग्रज दाइ माइक योन्जनलाई भेटे! उहाँले चाहिँ राम्रो सँग भिड्योहरु हालिरहनु हुन्थ्यो I उहासँग मिलेर काम सुरु गर्यौ I जुन काम गरिरहेका थियौ I जुन चाहिँ क्वालिटी कन्टेन्ट र उत्कृष्ट प्रस्तुति भन्दा पनि क्षमता विकासको हिसाबले गरिएको थियो I जसले गर्दा, हामीले धेरै भिडियो दिन पनि सफल भयौ I सबैभन्दा धेरै त सिक्ने मौका मिल्यो I

हाम्रो कथा : यहाँ व्यक्तिगत रुपमा विभिन्न इभेन्टहरु पनि सञ्चालन गर्नु हुन्छ ,  त्यस्ता इभेन्टहरुमा के-के पर्दछन् ?

मावि डोंग: योगदानका हिसाबले गर्ने इभेन्टहरुमा, एउटा ‘युथ फोरम’ छ जुन तामाङ युवाहरूको विकासका निम्ति केन्द्रित छ I जहाँबाट नेतृत्व विकास, उद्यमशीलता, ई-सेसनहरू, युवाका निम्ति वक्तित्व तालिम लगायत काम गर्ने गर्छौँ I नियमित तालिम भन्दापनि हामी एउटा इभेन्टको हिसाबले गर्ने गर्छौ I

हाम्रो कथा : आफैले व्यवसाय सञ्चालन गरेर समाजलाई कसरी प्रेरणा दिन सकिन्छ ?

मावि डोंग : सबै कुरा भनेको ‘एक्स फ्लोरिंग’ रहेछ I मैले छनोट गरेको ब्वसायद्वारा सम्पूर्ण युवालाई ‘एक्सफ्लोर’ गर्दै उनीहरूमा आत्मविश्वासको विकास गर्नु हो I सबैकुरा भइसके पछि आफ्नो पुस्ताको कुरा चाही सजिलै बुझ्न सकन्छ जस्तो लाग्छ I जसमा मनोविज्ञान पनि चाहिन्छ, बजार व्यवस्थापन पनि चाहिन्छ,व्यक्तिगत गुण\ क्षमता पनि चाहिन्छ I त्यहाँ यी सबै कुराको उचित व्यवस्थान हुन्छ भने त्यस किसिमले गरिएको व्यवसाय परिणाम मुखी पनि ठहरिन्छ I व्यवसायमा मात्र नभएर  जीवनका हरेक चरणमा यी कुराहरू अत्यावश्यक रहन्छन् I

हाम्रो कथा : यहाँ अवसर छैन भनेर विदेशीएका र अवसरको खोजीमा विदेश जान खोजिरहेका युवाहरूलाई केही सन्देश दिनु पर्दा ?

मावि ड़ोंग : मुख्य कुरा त यहाँ अवसर छैन या गर्न सकिँदैन भन्ने धारणा एकदमै गलत हो | यहाँ धेरै गर्न सकिन्छ I हुनत युवाहरुमा पनि सबैको अनुभव भरक हुन्छ I तर विशेष युवा साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने; पहिला आफू को हु, मेरो चाहना के हो र आफू भविष्यमा के बन्न चाहन्छु भनेर आफैले आफैलाई निर्दिष्ट पार्नुहोस् I आफ्नो जीवनशैली, आफ्नो पृष्ठभूमि, आफ्नो क्षमता यी कुरालाई एकदमै मनन गर्नुहोस् र आफूलाई के कुरामा अझै निखार्न सकिन्छ त्यसमा विशेष ध्यान दिनुहोस् I

“नहिँडे सम्म कुनै गन्तव्यमा पुग्न सकिन्न I अनि फेरी हिँड्ने मान्छे नै त लड्ने हो I लड्ने डरले हिँड्ने साहस नै नगरे त सफलता हैन I असफलताले समेतले तपाईँको सानिध्यता स्वीकार नगर्न सक्छ I”

प्रस्तुति: ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने