सामाजिक उद्यमशीलताको सबल नमुना – ‘नागीको हनी’

हामीले सिक्न सक्ने पाठ - यसरी नै क्षमता र ज्ञान भएका युवाले आफ्नै ठाउँको कुनै विशेष उत्पादन, सेवा, सुविधालाई अघि सार्न तर्फ लागे हामीले आर्थिक र सामाजिक सशक्तीकरणमा ठुलो भूमिका खेल्न सक्छौँ I मात्र आफूले समाधान गर्न सक्ने समस्या पहिचान गर्नु पर्‍यो र कामको पहल गर्नु पर्‍यो I यही नै सामाजिक उद्यमशीलता हो I

हाम्रो कथा २०७५ फागुन २७ गते १६:३७

यदि कुनै उद्यमले कुनै समुदायलाई आर्थिक रूपमा सबल बनाउँछ, कुनै पहाडी भेगको कृषि उत्पादनलाई काठमाडौँ सहरमा बजार जमाउँछ I प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यावरणलाई फाइदा पुर्याउछ I उपभोग्तालाई स्वच्छ स्तरीय विकल्प प्रदान गर्छ भने यी परिणामहरूको परिकल्पनाबाट उद्यम जन्मिदा अवश्य पनि नेपाललाई आवश्यक परेको उद्यमशीलताको प्रतिफल हासिल गर्न सकिन्छ I हामीले बुझ्नु पर्ने सामाजिक उद्यमशीलता यहि हो I

तस्वीर: नागीको हनीको फेसबुकबाट

यस्तै एक उद्यमको कथा हो ‘नागीको हनी’ I चेपाङ समुदायमा नागीको अर्थ ‘हामी’ र अङ्ग्रेजीको हनी अर्थात् नेपालीमा ‘मह’ I

मकवनपुरको चेपाङ बस्तीको एक मुख्य आर्थिक आय-आर्जनको श्रोत मह उत्पादन हो I अनि, चेपाङ समुदायको पहुँचमा नभएको बजार र उनीहरूले प्राप्त गर्न सक्ने सही महको मूल्य बिच मध्यस्थकर्ताको भूमिका नागीको हनीले निर्वाह गर्दछ I  चेपाङ किसानहरूबाट मह बटुल्ने, स्तरीय प्यकेजिङ्ग गर्ने र काठमाडौँमा सही उपयुक्त मूल्यमा बेच्ने काम विगत ३ महिनादेखि नागीको हनी मार्फत हुँदै छ I स्वच्छ महको मूल्य प्रति किलो १,१०० रुपैयाँमा बिक्री गर्न सक्दा किसानहरूले राम्रो मूल्य पाउन थालेका छन् I शुद्ध महको खोजी गर्ने उपभोक्तालाई पनि यसले फाइदा गर्दछ I महको उपभोग एक स्वस्थ खानपान गर्ने प्रयास गर्ने व्यक्तिको रोजाई मा अनिवार्य जस्तै पर्दछ I

करिब ५ सय परिवारको यो समुदायमा धेरै थोरै मह उत्पादन सबैले गर्दछन् I नागीको हनी सञ्चालनमा आएको ३ महिना मात्र हुँदा मात्र केही सय किसानलाई यसले जोड्ने प्रयासमा छ I थप क्षेत्र विस्तार र किसानहरूलाई व्यावसायिक उत्पादनका लागी उत्प्रेरित गर्ने अझ धेरै सम्भावनाहरू छन् I

तस्वीर: नागीको हनी को फेसबुकबाट

पर्यावरणको सन्तुलन राम्रो बनाउन पनि मौरी र मौरी पालनको कामले विशेष सहयोग पुर्याउछ I जति धेरै मौरी, त्यति नै बगैँचामा फुल उम्रन्छन् I फुलको रस पिउने क्रममा मौरी परागण ‘पोलिनेसन’ को काम गर्दछन् र विभिन्न फुल बिरुवाका बिउ आफै छर्दै जान्छन्, बोटबिरुवाको सङ्ख्या व्यापक सङ्ख्यामा बढ्दै जान्छ I त्यसैले

जैविक विविधतालाई कायम राख्न मौरीको भूमिका अन्य प्राणीहरू भन्दा ठुलो रहेछ I यदि हामीले मौरीलाई ताजा बगानमा चर्न दिँदा मौरीले सो-बगानलाई केही गुणा ठुलो बनाई दिन्छन् I

नागीको मह सुरु गर्ने उत्प्रेरणा

काठमाडौँमै जन्मे हुर्के पनि विभूति न्यौपानेलाई काठमाडौँ बाहिरका जिल्लाहरूमा नै गएर काम गर्ने इच्छा थियो I कुनै पनि विकट ठाउँ वा समुदायमा केही प्रभाव पार्न सके नै आफूले केही उपलब्धि गर्न सकिन्छ कि जस्तो लग्दियो I विश्वविद्यालयमा पनि म्यानेजमेन्ट कै अध्ययन गरिन् र जागिरको सिलसिला पनि उद्यमशीलता प्रवर्द्धनको क्षेत्रमा नै ३ वर्ष भन्दा बढी काम गरिन I कामको सिलसिलामा विभिन्न जिल्लाहरूमा उद्यमीहरूले काम गरेको प्रयास देखेर आफू पनि एउटा राम्रो अवसर, सामुदायिक रूपमा हितकारी हुने कामको नेतृत्व गर्ने प्रतिबद्धता जाग्न थाल्यो I आफ्नो सोही सपना पुरा गर्ने मौका उनलाई मकवानपुरको चेपाङ बस्ती र तिनको मह उत्पादनले दिएको छ I

भविष्यका योजना

विभूतिको उद्देश्य भनेको नागीको महलाई नेपालको सहर बजारमा मात्र सीमित नराखेर निर्यात गर्नु हो I विश्वका विभिन्न भूभागमा आ-आफ्नै खाद्य गुणस्तरको मापदण्ड भएकाले एकै किसिमको मह उत्पादन सबै ठाउँमा पठाउन नसेकिने रहेछ भन्ने कुरा उनले बताइन I त्यसैले पहिलो चरणमा एउटा महादेशको खाद्य मापदण्ड पुरा गरेर अघि बढ्ने योजनामा काम गर्ने प्रयासमा छिन् I

तस्वीर: नागीको हनीको फेसबुकबाट

चेपाङ समुदायसँग महको काम वाहेक अब छिटै विपन्न समुदायका महिलाहरूलाई पनि आर्थिक रूपमा सबल बनाउने कार्यक्रम अघि सर्ने उनको इच्छा छ I यी योजनाहरू सफल पार्न विकट समुदायहरूसँग काम गर्दै जाँदा आफै  बाटो बन्छ भन्ने उनको आशा छ I

हामीले सिक्ने पाठ

यसरी नै क्षमता र ज्ञान भएका युवाले आफ्नै ठाउँको कुनै विशेष उत्पादन, सेवा, सुविधालाई अघि सार्न तर्फ लागे हामीले आर्थिक र सामाजिक सशक्तीकरणमा ठुलो भूमिका खेल्न सक्छौँ I मात्र आफूले समाधान गर्न सक्ने समस्या पहिचान गर्नु पर्‍यो र कामको पहल गर्नु पर्‍यो I यही नै सामाजिक उद्यमशीलता हो I

यसरी उद्यमशीलताको वातावरण फस्टाउनुका साथै हामीले नेपालका विभिन्न भू-भागलाई केही विशेष उत्पादनले जोड्न सक्छौँ I साथै सुगम र दुर्गम भेगका मानिषलाई पनि बलियो सम्बन्ध र सञ्जालमा जोड्दै बढाउन सक्छौँ I

तस्वीर: नागीको हनीको फेसबुकबाट

प्रतिक्रिया