युवा; साहस, संघर्ष र सफलता : मेशा न्याइच्याई

हाम्रो कथा २०७५ फागुन २६ गते १९:४१

हरेक साधारण लाग्ने व्यक्तिले आफ्नो असाधारण कथा बुनिरहेका हुन्छन् I यदि अल्लारे उमेरमै कुनै संस्थामा प्रबन्धकको जिम्मेवारी निर्वाह गर्नु परे, धेरै जसो सो-काम गर्न तर्किन्छन् I कोहि व्यक्ति यस्ता हुन्छन् जो यस्ता अवसर शाहसपूर्ण आप्नाउछन I के गर्ने ? कसो गर्ने ? कसरी गर्ने र किन गर्ने भन्ने कुरा काम गर्दै जाँदा सिक्ने आट गर्दै जान्छन I त्यस्तै एक पात्र हुन् मेशा न्याइच्याई I उनी ब्रिटिस नेपाल गोर्खाकी प्रबन्धक हुन् I उनको मन्तव्यले अन्य कालिका उमेरमा युवाहरुलाई काम गर्न र जिम्मेवारी बहन गर्न उत्प्रेरित गर्न सक्छ I

हाम्रो कथा: तपाईँ आफ्नो पेशालाइ कसरी परिभाषित गर्नु हुन्छ ?
मेशा न्याइच्याई: म ब्रिटिस्ट गोर्खा नेपाल काठमाडौं मेश बिभागमा अन्तर्गत निर्देशकको रूपमा कार्यरत छु I साधारण तय ओभारल एउटा कम्पनीको फन्गसंन्सहरु अनि त्यहाँको दैनिक रुपका क्रियाकलापहरूलाई गराउनको लागि एउटा प्रबन्धक निर्देशकको भूमिका महत्त्वपूर्ण रहन्छ I त्यस कारण मलाई लाग्छ, ‘मैले एउटा महत्त्वपूर्ण स्थानको जिम्मेवारी बहन गरिरहेकी छु’ I

हाम्रो कथा: आफ्नो बाल्यकाल सम्झनु पर्दा, अनि उमेर बढे सँगै परिवारको यहाँ प्रतिको अपेक्षालाई कसरी सम्झनु हुन्छ ?
मेशा न्याइच्याई: म यस्तो परिवारमा हुर्के कि; जहाँ मेरो परिवारले मलाई सहज वातावरण प्रदान गर्नु भयो र आफ्नो छोरी आत्मनिर्भर बनोस भन्ने चाह राख्नु भयो | जसले गर्दा नै आज मैले आफूलाई आत्मनिर्भर बनाउन सके जस्तो लाग्छ I र उहाँहरूले म बाट जे अपेक्षा राख्नु भएको थियो उक्त अपेक्षालाई आजको दिनमा पूर्ति गर्ने प्रयास पनि गरिरहेकी छु I मेरो सवालमा त परिवारको कारणले व्यक्तिगत अप्ठ्यारो अवस्था आएन I तर हाम्रो देशका अधिकांश युवाको पारिवारि अवस्थाका कारण व्यक्तिगत अनेकौँ समस्या सामना गर्नु पर्ने जुन अवस्था छ I यो चाहिँ दुखद नै छ I यस अर्थमा चाही म के भन्न चाहन्छु भने आफूले आफूलाई निर्दिश्स्ट गर्न सक्नु पर्छ कि; आफू के बन्ने ? साधारण हिसाबले आफूलाई आफूले प्रेरित गराएर आफूले नै आफूलाई अगाडी बढाउँदै लग्यो अनि आफ्नो परिवारलाई आफू के बन्ने लक्ष छ त्यसमा विश्वस्त पार्न सक्यो भने सहज हुन सक्छ I यदि आफ्नो सुरुवाती चरणमा साथ भएन भने पनि आफूलाई विश्वास छ कि; मैले यो काम गर्‍यो भने म खुसी हुन्छु, मेरो सपना यही हो भनेर गर्‍यो र अन्त्यमा त्यो ठाउँमा पुगी सकेपछी परिवार आफैले विश्वास गर्न थाल्छ I

हाम्रो कथा: आफ्नो पहिलो जागिर अनुभवलाई कसरी सम्झनु हुन्छ ?
मेशा न्याइच्याई: जागिरै त नभनम तर जब मैले पहिलो काम चौध, पन्ध्र वर्षको उमेरमा जब; मेरो एस.एल.सी. सक्किएको थियो I त्यो समय देखि नै मैले काम गर्न थाले I  त्यो चाहिँ कल सेन्टरको काम थियो I अनुभव रमाइलो थियो I जुन समय कहिलो ठुलो हुनु र काम गरौँ हुन्थ्यो I मेरो घर भक्तपुर त्यहाँ बाट काठमाडौँ मा आएर काम गर्न थाले I जति काम प्रतिको चाह थियो त्यही रूपमा अफ्ठ्याराहरु पनि थिए I एउटा वातावरणमा हुर्की रहेको अचानक नयाँ परिवेशलाई आत्मसाथ गर्न पनि सजिलो त पक्कै हुने भएन I त्यो चुनौतीको सामनाले नै आज म जे छु त्यो स्थानमा पुग्न सहयोग गर्‍यो भन्ने लाग्छ I

हाम्रो कथा: ब्रिटिस क्यापमा यहाँ भूमिका के हो ? कहिलेबाट यहाँले यो जिम्मेवारीलाई सम्हाली रहनु भएको छ ?
मेशा न्याइच्याई : यो चाहिँ ब्रिटिस गोर्खा नेपाल हो,जुन मानभवनमा छ I जहाँ म सन २०१७ देखि आवाद छु | आम रूपमा यसले के गर्छ भनेर थाह होला या नहोला I यसका धेरै वटा कार्य क्षत्रहरु छन् I जस्तो कि; गोर्खा सैनिकको भर्तीको काम, प्राकृतिक प्रकोपको विरुद्ध राहत र उद्धारको काम गर्छ I जहाँ म चाहिँ मेस म्यानेजरको रूपमा कार्यरत छु I जहाँ चाहिँ हामीले अफिसरहरूको दैनिक हस्पिटालिटि, अकोमोडेसन, नेपाली संस्कृति तथा ब्रिटिस्ट संस्कृतिका विभिन्न कार्यक्रम सञ्चालन गर्छौ I

हाम्रो कथा: एउटा योग्य र जिम्मेवारी प्रबन्धक मा हुनु पर्ने गुणहरू के-के हुन जस्तो लाग्छ ?
मेशा न्याइच्याई : मलाई के लाग्छ भने; एउटा योग्य र जिम्मेवार प्रबन्धकका निम्ति ठ्याकै यही गुण चाहिन्छ भनेर भन्न चाहिँ सकिँदैन किन भने संस्था अनुसार यो पद/स्थानको जिम्मेवारीमा फरक-फरक भूमिका हुन्छ I तर मेरो सवालमा चाहिँ साधारण रूपमा अर्गनाईज हुनु सँगै आफूले गरेको काममा विश्वस्त हुनु आवश्यक छ I मेरो सवालमा यी दुइटा गुण भयो भने सहज हुन्छ जस्तो लाग्छ I

हाम्रो कथा : एउटा संस्थालाई अगाडी बढाउन प्रबन्धक निर्देशकको भूमिका कस्तो रहन्छ ?
मेशा न्याइच्याई : एकदमै महत्त्वपूर्ण हुन्छ I किन भने प्रबन्धक निर्देशक उच्च/अहम भूमिका हुन्छ I संस्थामा हुने हरेक काम या संस्थाका हरेक उद्देश्यलाई कसरी सफल बनाउन सकिन्छ भनेर सोच बनाउने नै प्रबन्धक निर्देशकले हो I समय अनुकूल कार्य क्षेत्रलाई बुझेर हरेक प्रकारका क्षति साधनको सही परिचालन गर्नु पर्ने हुन्छ जसले एउटा सस्तालाई अगाडी बढाउन्न सकारात्मक भूमिका खेल्छ I

हाम्रो कथा: कुनै पनि प्रबन्धक निर्देशकले एउटा संस्थामा सामना गर्नु पर्ने चुनौतीहरू के-के हुनसक्छन ?
मेशा न्याइच्याई : धेरै नै छन् I संस्था अनुसार फरक मनास्तितीका व्यक्ति व्यक्ति सँग सहकार्य मात्र नभएर उनीहरूलाई परिचालन गर्न नै मुस्किल विषय भयो | सँगै प्रतिस्पर्धाको कुरा भयो I एकै तवरले भरक व्यक्तिलाई मनाउन् या बुझाउन सकिन्न त्यहाँ फरक किसिमको नेतृत्व दायी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ I

हाम्रो कथा: आफ्नो जीवनको लक्ष निर्धारणका निम्ति सङ्घर्ष तर युवाहरू लाई के सन्देश दिन चाहनु हुन्छ?
मेशा न्याइच्याई : मेरो आफ्नो अनुभव बाट के भन्न चाहन्छु भने; यदि आफ्नो भविष्य द्वारा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आफ्नो लक्ष्य निर्धारित कामलाई निरन्तरता दिनै पर्ने हुन्छ I कुनै पनि लक्ष या सफलता हासिल गर्न एउटा समय सम्म निरन्तर रूपमा त्यो काममा तपाईँ लागि रहनु पर्ने हुन्छ I सफलता भनेको एउटा भर्‍याङ सरह हो I जसको नतिजा चरण को गतिमा मात्र देख्न सकिन्छ I त्यस कारण जे काममा तपाईँ सन्तुष्ट हुनुहुन्छ त्यसलाई जस्तोसुकै अप्ठ्यारो अवस्था आएपनि नाछोड्नुहोस् त्यसको निरन्तरताले नै एक दिन तपाईलाई सफलता दिने हो I

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने