जीवनी: आचार्य चाणक्य !

आचार्य चाणक्यले हाम्रा निम्ति अनेकौँ कूटनीति तथा राजनीतिका विषयको ज्ञान दिएर गए जसले हामी सबैको जीवनलाई सहज बनाउने क्षमता राख्दछ I जसले गर्दा उनका बिचार आज पनि हामीले सुन्न र देख्न पाएका छौ I

हाम्रो कथा २०७५ फागुन २६ गते १९:१२

तस्वीर : Heritage India Magazine

मानव इतिहासका अनेक कालखण्डमा यस्ता महान् व्यक्तिहरूको उदय भयो I जसको उदय सँगै संसारले अनेकौँ मानव उपयोगी सिद्धान्त तथा नीति प्राप्त गरे I जसले आफ्नो ज्ञान र बुद्धिद्वारा आफ्नो नाम इतिहासको पानामा लेखाउन सफल रहे | यस्तै समझदार व्यक्तिको नाम भित्र अटाउन सफल एउटा नामको आचार्य चाणक्य I शिक्षक, अर्थशास्त्री, दर्शन शास्त्री, मनोपरामर्श दाता, शाही सल्लाहकार तथा महान् राजनीतिज्ञका रूपमा आजपनि पुरै संसारले उनलाई सम्झिने गर्छ I चाहे बितिसकेको इतिहास हो या आज मानिस एउटा सफल व्यक्ति बन्न निम्ति चाणक्य द्वारा प्रतिपादित सिद्धान्त मा हिँड्न चाहन्छन I

आचार्य चाणक्यको जीवनीलाई  बुझ्न आजभन्दा करिब ३ सय ५० वर्ष अघि पुग्नु पर्ने हुन्छ I भारत वर्षको चाणक्य नामको एक गाउँमा उनको जन्म भएको थियो I त्यस समय मानिस उनलाई कौटिल्य र विष्णु गुप्तको नामले पनि चिन्ने गर्दथे I उनी बाल्यकाल देखि नै एकदमै ज्ञानी स्वभावका थिए I उनको तेजिलो दिमागलाई देखेर उनका पिताले उनलाई तक्षशिलाको एक प्रसिद्ध विद्यालयमा पुर्‍याए I जहाँ चाणक्यलाई अर्थशास्त्र र वेदको राम्रो ज्ञान प्राप्त गर्ने अवसर जुर्‍यो I चाणक्यले आफ्नो पढाई पुरा गरे सँगै त्यहीँ एक शिक्षकका रूपमा पढाउँन सुरु गरे I
उनी पटलीपुत्र राज्यमा (हाल भारतको पटना) बस्थे I त्यस समय उक्त राज्य एकदमै शक्तिशाली थियो I जहाँ नन्द वंशको शासन थियो I उक्त राज्यका राजा थिए धनन जय ! एक चोटि राजा धनन जयले मगद भित्र एकदमै ठुलो यज्ञ आयोजना गरे I जब उक्त यज्ञ चलिरहेको थियो; त्यस समय आचार्य चाणक्य पनि उक्त यज्ञमा उपस्थित थिए I जब ब्रह्म भोजको समय सुरु भयो अनि चाणक्य ब्रामणको गद्दी (आसन) गएर बसे तब राजा पनि त्यही पुगे र चाणक्यको अनौठो पहिरनमा उनको आँखा पर्‍यो र राजाले चाणक्यको टुप्पीलाई लिएर मजाक गर्न थाले  र उक्त ( ब्रामण भोज) सभाबाट उनलाई उठ्न आदेश दिए I यो सबै अपमानबाट रिसाएका चाणक्यले आफ्नो टुप्पी खोल्दै राजालाई भने “जबसम्म म नन्द वंशलाई दण्डित गर्दिन तबसम्म यो टुप्पी खुल्लै राख्छु I” यहिँ बाट उनको जीवनको लक्ष्य सुरु हुन्छ I अब उनको जीवनको लक्ष्य नन्द वंशजको अन्त्य गरेर आफूले चुनेको व्यक्तिलाई राजा बनाउने I

यस अपमान पश्चात् चाणक्य स्थानीय एक जङ्गल तिर लागे र जहाँ उनले सुनको सिक्का तयार गरे I जुन सिक्का खास तरिकाले (टेक्निक) द्वारा बनाइएको थियो I उनको यो खास टेक्निकद्वारा एक सिक्कालाई आठ सिक्कामा रूपान्तरण गर्ने विशेष ‘जादुमय’ क्षमता राख्दथ्यो I यस प्रकारारले उनले कुल अस्सी करोड सिक्का तयार गरी त्यही जङ्गल भित्र लुकाए I अब, उनी त्यस्तो व्यक्तिको खोजमा निस्किए जो; राजा धनानन्दको स्थानमा बस्न योग्य रहोस् I

साथै उनले राजा धनान्दको छोरा सँग पनि मित्रता बढाए I अनि उसलाई मगजको राज्य सिंघासन प्राप्त गर्नका निम्ति उक्साउन थाले I यसै क्रममा उनले कुनै एक बालकलाई अन्य बालकहरू सँग बहादुरीपूर्ण लडाई गरिरहेको देखे I यो दृश्य देखे पछि उनिले सजिलै महसुस गरे कि; ‘उक्त बच्चा साधारण बालक त हैन I’ अनि जब, उनले उक्त बालकका बारेमा व्यक्तिगत जानकारी बटुले तब, कुरा पत्ता लागाय कि; उक्त बच्चा मौर्य साम्राज्यको वंशजको चन्द्र गुप्त हो I जसका पिताको हत्या राज्यको लालचका निम्ति गरिएको थियो र राजकुमार चन्द्र गुप्तलाई राज्य बाट निकाल्लिएको थियो I अनि फेरी यी सबै घट बुझे पश्चात् आचार्य चाणक्यलाई यो महासुसु भयो कि; चाद्रगुप्त पनि धनान्जय को सिन्घासन प्राप्त गर्न योग्य छ I तथापि उनले अझै पनि पब्बदा जो राजा धनान्नदको पुत्र थियो र चन्द्रगुप्त जो मौर्य साम्राज्यको वंशज थियो यी दुई बिच कुनै एकलाई चुन्न वाकी थियो I सही चुनावका निम्ति आचार्य चाणक्यले दुवैको परीक्षा लिने सोच बनाए I  अनि उनले चन्द्रगुप्त र पब्बदा दुवैलाई धागोमा बाँधिएको एउटा रक्षा कवज दिए I दुवै उनले त्यो कवजलाई घाटीमा पहिरिन अनुमति दिए I एक दिन जब चन्द्रगुप्त सुती रहेका थिए तब; चाणक्यले पब्बादालाई भने कि; चन्द्रगुप्त नबिउजिने गरी र धागो नकाटी किनै उसको गलाको कवज निकालेर ल्याउन निर्देशन दिए I तर अनेक प्रयास गरे पनि पब्बदाले यो काम गर्न सकेनन् I

अर्को दिन पूर्ण यही काम पब्बादा सुतेको समय चन्द्रगुप्तलाई गर्न लगाए I चन्द्रगुप्तले तरवार लिए अनि पब्बादाको घाटी शारीरिकबाट अलग गरिदिए र उसको घाटीको रक्षा कवज चाणक्यलाई ल्याएर दिए I यसप्रकारले चाणक्यले मगजको भावी राजा प्राप्त गरे I त्यसपछि चाणक्यले सात वर्ष सम्म चन्द्रगुपलाई भिन्न ज्ञान र शिक्षा दिन थाले I अन्त्यमा चाणक्यले पहिला जङ्गलमा लुकाएका सम्पूर्ण सिक्का निकालेर एक बिसाल सेना तयार गरे I जसले नन्द बंसजलाई हराएर चन्द्र गुप्तालाई राज सिंहआसन मा बसायो I यस जित पश्चात् चाणक्यले चन्द्रगुप्तका प्रधानमन्त्री बनेर आफ्नो जीवन बिताउन थाले I यसै दौरान मा आचार्य चाणक्यले दुई पुस्तक समेत लेखे I जसमध्ये एक चाणक्य नीति जसमा एक शासकले कसरी शासन गर्न आवश्यक छ भन्ने कुरा लेखे I अर्को पुस्तक अर्थशास्त्र जसमा उनले एउटा राज्यको आर्थिक नीति बारे बिस्तारमा लेखेका छन् I यसप्रकारले चाणक्यले आफूलाई सबैभन्दा योग्य राजनीतिज्ञ र ज्ञानी मानिसको गन्तिमा ल्याएर उभ्याए पश्चात् यो संसारबाट बिदा भए I यद्यपि उनको मृत्युको पछाडि पनि अनेकौँ कहानीहरु बताइन्छ I तर बास्तविकता जे सुकै होस आचार्य चाणक्यले हाम्रा निम्ति अनेकौँ कूटनीति तथा राजनीतिका विषयको ज्ञान दिएर गए जसले हामी सबैको जीवनलाई सहज बनाउने क्षमता राख्दछ I जसले गर्दा उनका बिचार आज पनि हामीले सुन्न र देख्न पाएका छौ I

प्रस्तुती : ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने