एक विद्यालय, एक नर्स

विद्यार्थीको स्वास्थ्यमा विशेष जोड र नर्सलाई रोजगारीको अवसर प्रदान गर्ने हितकारी कार्यक्रम

पाईलट प्रोजेक्टका रुपमा सञ्चालित यो कार्यक्रमलाई प्रभावकारी वनाई देशैभर सञ्चालन गर्ने योजना सरकारको छ ।

हाम्रो कथा २०७५ फागुन २५ गते १७:४३

केही दिन अघि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेपछि रोजगारी बढाउने नितीहरु सार्वजनिक हुन थालेका छन् । प्रदेश ३ सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा पाईलट प्रोजेक्टका रुपमा २० वटा विद्यालयमा यो कार्यक्रम लागू हुनेछ ।

पाईलट प्रोजेक्टका रुपमा सञ्चालित यो कार्यक्रमलाई प्रभावकारी वनाई देशैभर सञ्चालन गर्ने योजना सरकारको छ । यो कार्यक्रमबाट विद्यालयतहमा स्वास्थ्य सेवाको पहुँच पुग्नुका साथै रोजगारीमा समेत ठुलो प्रभाव पार्नेछ ।

जब सम्म विद्यार्थीको स्वास्थ्य अवस्था ठिक हुदैन, पठाई पनि ठिक हुदैन I हेल्थ र पठाई संगसंगै नै लैजानु पर्ने कुरा हो I विद्यालयमा अनिवार्य नर्स हुदाँ विद्याथीलाई केहि चोटपटक लागेमा, स्वास्थ्य सम्बन्धित अरु समस्या, मानसीक परामर्शको आवश्यकता बुझेर हरेक खालको समस्या स्कुलमा नर्सले आफै हेर्ने हुनु भयो भन्ने कुरा पद्मकन्या विद्याश्रम मा.वि की प्रधानाध्यापक रिता तिवारीले बताउनु भयो I

विद्यालयमा हुने नर्सले विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण गर्नुका साथै स्वास्थ्यसँग सम्बन्धित विभिन्न परामर्श पनि दिनेछन् । त्यसै गरि किशोर किशोरिहरुलाई प्रजनन स्वास्थ्य, महिनावारी स्वास्थ्य तथा सरसफाई, परिवार नियोजन र यौन तथा यौनिकताको बारेमा परामर्श दिने काम पनि तिनै नर्सको हुनेछ । विद्यालयमा हुने जंक फुड प्रयोग निरुत्साहित तथा धुम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको दुरुपयोग न्युनिकरण गर्न समेत विद्यालय नर्सले भुमिका खेल्ने वताईएको छ ।

पद्मकन्या विद्याश्रमका विद्यार्थीहरुले पनि स्कुलमा नर्स हुदाँ आफुलाई अझ सहज र सुरक्षित महसुस भएको बताए I ढुक्कसंग आफ्नो शारिरीक र मानिसिक समस्याहरु बताउन वातावरण बन्दै गएको महसुस गरेको कुरा व्यक्त गरे I

अहिले देशभरमा करिब २८ हजार सरकारी सामुदायिक विद्यालय छन् । त्यसै गरि साढे ६ हजार निजी विद्यालय छन् । एक हजारभन्दा बढी धार्मिक विद्यालय छन् । यदी सबै विद्यालयमा सरकारले अनिवार्य नर्सको व्यवस्था गर्ने हो भने करिब ३५ हजार नयाँ रोजगारी सिर्जना हुनेछ ।

समग्रमा सरकारले यस्ता कार्यक्रम मार्फत एउटा तिरले २ शिकार गर्न खोजेको छ । एकातिर विद्यार्थीको स्वास्थ्को पनि ख्याल गर्ने अर्कोतिर रोजगारी पनि वढाउने ।

नर्सहरुको अभिव्यक्ति पनि यस विषयमा निकै सकारात्मक आएको छ I नर्स उर्मिला पुडासैनी बताउछिन् , “आफ्नो देशमा बसेर आफुले सिकेको कुरा आफ्ना भाई – बहिनीलाई सिकाउन पाउनु नै एक राम्रो अवसर हो I अहिले हाम्रो ठाउँमा उमेर बढ्दै जादाँ रोग लाग्नेहरु धेरै छन् I अब केटाकेटीले दिर्घकालिन रोगहरुको रोकथाम गर्न सिक्ने भए I नर्सहरुको लागी रोजगारीको बाटो भयो I विद्यार्थी र शिक्षकहरुको लागी लाभदायी हुने भयो I”

प्रतिक्रिया

सम्बन्धित

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने

करियर छनोटका लागी फर्मुला !

२४ साउन , २०७६ २ मिनेटमा पढिने