फोहोरबाट मोहर फलाउदै : ‘लहना पेपर क्राफ्ट’

फोहोरमा कस्तो सम्भावना लुकेको छ ? मोहर, रोजगारी सिर्जना, सामाजिक सेवा, वातावरण सरसफाई, महिला सशक्तिकरण हुन सक्छ भन्ने कुरा बुझ्न थाले हामी सबैले आफ्नो दैनिक प्रयोग पुर्न: प्रसोधित उत्पादनहरुको प्रयोग बढाउने थियौं होला I

हाम्रो कथा २०७५ फागुन २४ गते १७:५५

फोहोरमा कस्तो सम्भावना लुकेको छ ? मोहर, रोजगारी सिर्जना, सामाजिक सेवा, वातावरण सरसफाई, महिला सशक्तिकरण हुन सक्छ भन्ने कुरा बुझ्न थाले हामी सबैले आफ्नो दैनिक प्रयोग पुर्न: प्रसोधित उत्पादनहरुको प्रयोग बढाउने थियौं होला I सुरुमा स्व-रोजगार बन्ने सपना र समाजको हित गर्न सकूँ भन्ने सपना बोकेकी रमिता महर्जनले फोहोरबाट मोहर निकाल्ने क्रममा फोहोरबाट उनले धेरै फाईदा निकाल्न सकिन् I काम गर्दै जादाँ अथाहा सम्भावना देखा पर्न थाले I

 

कसरी र किन बुझ्न उनीसँगको कुराकानीको केहि अंश I

हाम्रो कथा: ‘लहना पेपर क्राफ्ट’ को सुरुवात कहिले भयो ? यसले के काम गर्छ ?
रमिता महर्जन: हामीले लहना सुरु गरेको करीब ३ वर्ष भयो I लहनाले के गर्छ भन्नु पर्दा; हामी बेकार, खेर गएका कागजको व्यवस्थापन गर्छौ I त्यसको सदुपयोग गर्छौ I कागजबाट हामी विभिन्न हस्तकलाका सामाग्री बनाउँछौ I जस्तो कि; ज्वेलरीहरु, डस्टबिन लगायत अन्य जे- जस्ता सामग्री बनाउन सकिन्छ I त्यस्ता सामाग्री बनाइ त्यसलाई हामी व्यावसायिक रूपमा बिक्री वितरण गर्दछौ I विभिन्न स्कुलहरू र समुदायमा पनि हामी यस सम्बन्धी कार्य-शालाहरू समेत सञ्चालन गर्ने गर्ने गरेका छौ I हाम्रो मुख्य लक्ष्य भनेको नै खेर गएका कागजको व्यवस्थापन गर्नु हो I

हाम्रो कथा: यो सोचमा कसरी आयो र हाल कसरी काम गर्दै हुनुहुन्छ ?
रमिता महर्जन:  मैले चाहिँ काठमाडौँ विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गरेकी हुँ I त्यही क्रममा बेकारका कागजहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा एउटा इभेन्टको प्रतिस्पर्धा भएको थियो I जसमा म सहित हाम्रो कक्षाका एउटा समूहले पनि सहभागिता जानेर हामी उक्त प्रतिस्पर्धामा प्रथम समेत हुन सफल भयौ I उक्त प्रतिस्पर्धामा कुन समूहले बेकारका कागज बाट विभिन्न हस्तकलाका सामाग्री बनाइ त्यसको बिक्री बाट सबैभन्दा धेरै पैसा कमाउने भन्ने थियो I म मा त्यहीबाट यो सोचको विकास भयो I पछि पढाइ सके र काम गर्दै गर्दाको समयमा एउटा साथीले मलाई भन्यो ‘कति अरूको काम गर्ने अब हामी आफै केही गरौँ I’ तब मैले भने कलेजमा हुँदा मैले यस्तो काम गरेको थिए I यही कामलाई व्यवसायिकता रूपमा गर्दा कसो होला भनेर भने I सुरुमा त उसले यस्तो पनि हुन सक्छ र भन्यो I मैले गरेर हेरौँ न भने I दुई चार दिन पछि उसले भन्यो “गर्न सकिने रहेछ I” हामी मिलेर गर्न सक्छौ भनेर गरौँ न त I तब हामीले यो काम सुरु गर्यौं I

हाम्रो कथा : व्यवसाय सुरु गरिसके पछि चाहिँ कस्ता-कस्ता चुनौती हरूको सामना गर्नु पर्‍यो ?
रमिता महर्जन: अब; यो व्यवसाय नै त्यस्ता नौलो र हाम्रो समाजका निम्ति यस्तो पनि हुन्छ र भन्ने खालको भएका कारण अप्ठ्यारो त हुने नै भयो I सुरुमा त मान्छे वेयस्ट पेपरमा हामीले काम गरेको देख्दा; यिनी हरूले के गरिरहेका छन् , यस्तो काम गरेर हुन्छ ? भन्ने जस्ता टिपणीहरु गरे I उनीहरूलाई बुझाउनै पनि समय लाग्यो I विभिन्न प्रदर्शनीहरूमा पनि हामी सहभागी हुने गरिछौ I जहाँ चाही मान्छेहरूले आहा कस्तो राम्रो भन्नु हुन्छ तर यो कागज बाट बनेको हो भनेर भन्दा चाहिँ उहाँहरूले नाक खुम्चियाउने गर्नु हुन्छ I अझै पनि हाम्रो समुदायका मानिसमा चेतनामुलक कार्यक्रम गर्नु पर्ने छ जस्तो लाग्छ I

हाम्रो कथा: हाल कसरी काम गरी रहनु भएको छ ? बजारसम्म आफ्ना उत्पादनलाई कसरी पुर्‍याई रहनु भएको छ ?
रमिता महर्जन: अहिलेसम्म त हामीले आफ्ना उत्पादनलाई सिधै बजारसम्म त लगेका छैनौ I हामीले आफ्नै स्टोर, प्रदर्शनी र अन्य छरपष्ट मध्यमबाट सेल्स धेरै गर्यौं I नयाँ प्रोडक्ट भएका कारण ट्रायल मै अलि समय खर्चिन पर्‍यो I अहिले चाहिँ हामीले अनलाइनबाट पनि व्यापार सुरु गरेका छौ I सँगै होलसेल र रिटेलमा पनि बिक्री सुरु गर्दैछौ I

हाम्रो कथा: हाल कति जनाको समूहबाट काम गरी रहनु भएको छ ?
रमिता महर्जन: सुरुमा त म र मेरो साथी सचिन दुई जना मिलेर सुरु गर्यौं I बिस्तारै गर्दै जाँदा हामी दुई जनाले मात्र गरेर हुँदैन जस्तो लाग्यो I सँगै घरमा त्यतिकै बसी रहेका महिलाहरूलाई पनि काम दिन सकिन्छ भन्ने लगेर अन्यलाई पनि तालिम दिएर हामीसँग सहभागी गराउन थाल्यौं I अहिले चाहिँ हाम्रो समूह चौबिस जना जति पुगिसकेको छ I

हाम्रो कथा: यो कामका निम्ति यहाँलाई आफ्नो परिवारको साथ कस्तो छ ?
रमिता महर्जन: परिवारको साथ त धेरै राम्रो छ | मैले सुरु गर्नु अगाडी बुवालाई सोधेरै गरेकी हुँ I मैले उहाँलाई ‘बुवा मैले यसरी काम गर्दै छु भनेर भन्दा’ उहाँले भन्नु भएको थियो कि; तलाई जे गर्न मन छ गर I पछि केही नराम्रो भए पनि नराम्रो नमान्नु I तलाई जे जस्तो सहायोग गर्नु पर्छ सधैँ हामी साथ छौ I” जसरी उहाँको साथले काम सुरु गरेको थिए उक्त साथ र सहयोग आज सम्म पनि निरन्तर छ I

हाम्रो कथा: लहनालाई भविष्यमा हामीले कुन रूपमा देख्न सक्छौ ? त्यस्ता केही सोच हरू बनाउनु भएको छ ?
रमिता महर्जन: लहनालाई त मैले एउटा ब्रान्डकै रूपमा अगाडी लैजाने सोच बनाएको छु I ठाउँ- ठाउँ आउटलेटहरु राख्ने, फोहोरबाट पनि केही राम्रो गर्न सकौँ र फोहोरबाट मोहर फलाऔँ भन्ने सोच का साथ अघि बढिरहेका छौ I

हाम्रो कथा: आफू जस्तै युवाहरूलाई यहाँ के भन्न चाहनु हुन्छ ?
रमिता महर्जन: म सम्पूर्ण नेपाली युवाहरूलाई के भन्छु भने; विदेश नै जानु पर्छ भन्ने छैन | यही पनि अनगिन्ती अवसरहरू छन् | तपाईँमा केवल आइडिया मात्र छ तर कुनै स्रोत छैन भने पनि आत्तिनु पर्ने अवस्था छैन | कुनै न कुनै व्यक्ति सँग त अवश्य त्यो स्रोत भई नै हाल्छ मात्र तपाईँले त्यो व्यक्ति सँग जोड्दिने अवस्था खोज्नु आवश्यक हुन्छ | यस्तो बेकारको कागजमा त मैले अनेकौँ सम्भावना देखेकी छु भने यस्ता अन्य कति अवसरहरूले तपाईँलाई पर्खी राखेको होलान् ?

 

प्रस्तुती : ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय