आफुलाई परिक्षण गर्दाको एक क्षण – प्रदिपमान शाक्य

यी क्षण नभएको भए बन्दैन थियो होला - जुजु वेयर्स

यस्ता अन्तरर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हामीले पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्छौं I

हाम्रो कथा २०७५ फागुन २३ गते १६:१६

कुरा सन् १९९० को हो । पाटन ओमबहालका प्रदिपमान शाक्य करियर बनाउन खोज्दै थिए । के काम गरौं ? कसरी गरौं ? भनेर उनको मनमा छटपटी भईरहन्थ्यो । यत्तिकैमा एकदिन उनका एकजना साथीले भनेछन् अब गार्मेन्ट उद्योग खोलौं भनेर । हुन पनि त्यस समय नेपालमा गार्मेन्ट उद्योग खोल्ने लहर नै चलेको थियो । त्यही लहरमा उनी पनि मिसिए । पचासवटा ‘सेकेण्ड ह्याण्ड’ मेसिन र करिव साढे चार लाख रुपैयाँको लगानीमा एउटा गार्मेन्ट उद्योग जन्मियो ।

उनीहरुले करिब पाँच वर्ष निकै मेहनत गरे । तर; खोई किन हो? गार्मेन्ट उद्योग चल्दै चलेन ।

उनीहरुमा करियर बनाउने जोश थियो । त्यही जोसमा आफू रित्तिदैँ गएको समेत उनीहरुले पत्तो पाएनन् । जब पत्तो पाए, त्यो फर्कन नमिल्ने बिन्दु थियो | अर्थात ‘पोईन्ट अफ नो रिर्टन’ ।

व्यवसायमा घाटा भएका कारण गार्मेन्ट खोलौ भन्दै हौस्याउनेहरु  उनकै व्यवसायी साथीले हरेस खाए र व्यवसायबाट हात झिके ।

तर;  प्रदिपमानले भने यो काम छोड्न सकेनन् । उनका साथी कम्पनीबाट बिदा भए ।

यत्तिकैमा एकदिन प्रदिप घुम्दै भक्तपुर पुगेछन् । त्यहाँ हाते तानमा स्थानियले नेपाली कपडा बनाइरहेको देखेछन् । प्रदिपलाई त्यो दिन ढुंगा खोज्दा देवता मिलेजस्तै भयो ।

त्यो देखेर उनको  मनमा लाग्यो कि;  हातले तानमा बुनेका नेपाली कपडालाई ‘फाइन प्रोडक्ट’ बनाएर बिक्री गर्न पो सकिन्छ कि ?

यस्ता अन्तरर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अन्तरर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हामीले पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्छौं I

प्रतिक्रिया