काठमाडौँमा बेकरी सञ्चालन !

कसरी गर्न सकिन्छ ?

हाम्रो कथा २०७५ फागुन २२ गते १८:३५

सन्तोष कार्कीले ‘कन्फेक्सनर’ वा सामान्य बोलीचालीमा बेकरीको क्षेत्रमा लामो समय, करिब एक दशक नै बिताए I वर्षौसम्म विभिन्न मध्य पूर्वी एसियाली मुलुकहरूका स्तरीय होटेलमा उनले कुकको रूपमा काम गरे I लामो अनुभव, परिपक्वता र आफ्नो पहिचानको खोजी गर्दै उनी पनि नेपाल फर्के I

उनी आफ्नो सङ्कल्पमा स्पष्ट थिए कि नेपाल फर्के पछि उनले आफ्नै काम सुरु गर्ने हो I नेपाल फर्केको केही महिनामा नै बेकरी सञ्चालन गर्नका लागी पूर्वाधार निर्माणमा जुटे I र, करिब ६ महिना अघि उनको आफ्नै एस कन्फेक्सनर सुरु भयो I

आफ्नू अहिलेसम्मको अनुभव, स्थिति र नेपालको परिवेश अनुरूप यहीँ क्षेत्रमा स्थानीय बजार, ठाउँमा काम गर्ने व्यावसायिक आधारहरू बारे; उनले आफ्नो सञ्चालन प्रक्रिया स्पष्ट वयान गरेका छन् I

बेकरीको संरचना गर्न २६ लाखको लगानी जुटाए I विदेशबाट ल्याएको केही बचत, साथीभाइसँगको उधारो र वित्तीय संस्थाहरूबाट कर्जा गरेर २६ लाखको लगानीमा बेकरी सुरु भएको हो I

बेकरी सुरु गर्न आधारभूत लगानी कति गर्नुपर्छ ?

सिङ्गल डेक ओवनको करिब ८० हजार

डबल डेक ओवनको करिब १ लाख ३० हजार

भण्डारण गर्ने कुलरको करिब १ लाख ६० हजार

सामान्य फ्रीजर ३० हजार देखि नै बजारमा उपलब्ध हुन्छन्

आवश्यक किचेनका सामान बाहेकको खर्च फ्याक्ट्रीको संरचना निर्माणमा भएको हुनाले एस् कन्फेक्सनरको लगानी उच्च देखिएको हो I बेकरीमा नियमित रुपमा ५ जनाले पुरा समय काम गर्दछन् I

आफ्नो ग्राहकको भनेर पहिचान गरी काम गर्ने हो !

एस कन्फेक्सनरले काम सुरु गर्नु अघि नै मोटामोटी आफ्नो ग्राहक पहिचान गरी वर्गीकरण गर्न सकेको थियो I सञ्चालनको सुरुवाती दिनहरू देखि नै काठमाडौँका केही नामी क्याफेहरूलाई उपयुक्त मार्जिन राखी स्तरीय बेकरी सप्लाई गरे I साथै, मण्डिकटार, सुकेधारा वरिपरि रहेका क्याफे, रेस्टुरेन्टहरूको आवश्यकता बुझेर बेकरीका परिकार सप्लाई गर्न थाले I यसो गर्दा फस्ट फुड रेस्टुरेन्टहरूले बेकरी उत्पादनको झन्झट आफै बेहोर्न परेन I ग्राहकको माग अनुरूपको केक र अन्य बेकरी आइटम पनि पस्किन सक्षम भए I

थप, आफ्नो फ्याक्ट्री अघि सटरको केही सदुपयोग गर्न सकिन्छ कि भनेर एस् कन्फेक्सनरले आफ्नै सानो बेकरी क्याफे पनि आफै सञ्चालन गरिरहेको छ I सुरुमा अन्योल थियो तर अहिले आएर स्पष्ट भयो कि त्यो सानो क्याफे राख्नु पनि राम्रो हुनुहुँदो रहेछ I बिहानको चियासँग पाउरोटी, दिउसो स्कुल-कलेजका केटाकेटीको खाजा र साँझ साथीभाइ, प्रेमी-प्रेमिकाको टहल्दै आउने ठाउँ पनि बन्न सक्दो रहेछ I यसरी दिनभर ग्राहकको घुइँचो लागि रहन्छ I

तस्वीरमा : एस कन्फेक्सनरको उत्पादन

 बिक्री हुने अन्य ठाउँ कहाँ छन् ?

अन्य क्याफेलाई सप्लाई गर्नु र आफ्नै सानो क्याफे चलाउनु त दोस्रो प्राथमिकता हुन् I एस् कन्फेक्सनर मुख्य त अनलाईन बेकरी एन्ड कन्फेक्सनर नै हो I अनलाईनबाट आउने मागलाई परिपूर्ति गर्नु उनीहरूको मुख्य बिक्री गर्ने च्यानल हो I काठमाडौँ भित्रका कुनै पनि ठाउँबाट अडर आउँदा उनीहरू निर्धारित समयमा डेलिभरी गर्दछन् I

एस कन्फेक्सनरकी सञ्चालक टिना भट्टराई बताउँछिन्, “काम गर्दा खानाको गुणस्तर र सेवामा केन्द्रित रहन्छौँ र धेरै जसो गुणस्तर खोजी गर्ने ग्राहकलाई नै नियमित ग्राहकमा परिमार्जन गर्न सक्नु नै हाम्रो उद्देश्य हो I”

काठमाडौँमा उपलब्ध बेकरीहरू मध्यको स्वादिलो मानिने एस कन्फेक्सनरको क्याफेमा स्वाद अनुसार मूल्य चित्त बुझ्दो रहेछ I एक पाउण्ड चकलेट केकको ७ सय पर्दछ, चकलेटमा केही थप गरे ८ सय पर्न आउँछ I रेड वेल्वेट केकको ९ सय पर्दछ I साथै स-साना मफिन र कप केकको ७० देखि १०० पर्ने रहेछ I

तस्वीरमा : एस कन्फेक्सनरको उत्पादन

सबैभन्दा लोभ लाग्दो र मन पराइने ‘चिज केक’ काठमाडौँको कमै ठाउँमा उपलब्ध यो केक पनि यहाँ पाइने रहेछ I चिज रहेको हुनाले यो केक चाहिँ अलि महँगो पर्दछ I यस्तै विरलै पाइने परिकारहरूले पनि ग्राहकको मन जितेकै छ I

अब के गर्न बाकीं छ ?

६ महिना मात्र पुरा नहुदैं स्वाद र सेवाले ग्राहकको मन जित्न सफल हुनु पहिलो र सबैभन्दा महत्पपूर्ण खुड्किला उक्लिसकेको छ I

यसो गर्दा ब्रण्डिङ्गमा ध्यान दिनु अघि स्वाद र गुणस्तरमा फोकस गरेको निर्णय निकै फलदायी रह्यो I अब बिस्तारै लोगो, डिजायन, रहेका प्याकेटमा आफ्नो ब्रान्डलाई प्रस्तुत गर्न भने बाकीं छ I बेकरीको प्राविधिक पाटो मात्र नभएर बिस्तारै व्यवस्थापन र बिजनेस मेडल बलियो बनाउने सपना पनि छ I सन्तोष कार्की चाहन्छन् कि भविष्यमा बिस्तार हुँदै जाँदा म्यानेजमेन्टको अहम भूमिका रहोस् I मार्केटिङ, सेल्स र अन्य व्यवस्थापनका पाटाहरू बिस्तारै बलियो बनाउँदै लान चाहन्छन् I पहिले आफ्नो प्रोडक्टलाई स्थापना गर्ने हो र त्यसपछि बिजनेसलाई स्थापित गर्ने लक्ष्य उनले बोकेका छन् I

तस्वीरमा : एस कन्फेक्सनरको उत्पादन

विदेशबाट आएर नेपालमा काम गर्न चाहने युवालाई सन्तोष कार्की आफ्नो अनुभव बताउँछन्, “यत्तिकै बाहिर काम गरेको अनुभवले नेपालमा बेकरी गर्छु भनेर काम गरे निराशा हात पर्न सक्छ I विदेशमा प्रयोग हुने सामग्रीको क्वालेटी, यहाँ काम गर्ने प्रक्रिया/ पद्धति यहाँ भित्राउन खोज्दा गाह्रो हुन्छ I नेपालमा हामीसँग सीमित श्रोत हुन्छन् I त्यसैले, नेपालमा पनि ट्रेनिङ्ग लिने, प्रशिक्षणको मध्यम बुझ्ने, नेपालकै भान्सामा काम काम गर्ने अनुभव भए आफ्नै काम गर्न सहज हुन्छ I मैले त विदेशमा मात्र होइन I नेपालको गेट कलेजबाट पनि तालिम लिए, नेपालमा पनि छोटो समय काम गरे त्यसैले नेपालको वातावरण अनुरूप आफ्नो प्रोडक्सन ढाल्न सके I”

तस्वीरमा : दम्पति सन्तोष कार्की र टिना भट्टराई

प्रतिक्रिया

सम्बन्धित

होलीले सिकाउने ‘नेतृत्व’को पाठ !

३ घन्टा अगाडि १ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने