कुनै काम ‘फ्री’मा गर्नु राम्रो हो ?

सेट गडिनको सन्देश

हाम्रो कथा २०७५ फागुन २२ गते १६:१३

तस्वीर : bloombergquint

कुनै पनि काम सित्तैमा ‘फ्री’ मा गर्नु राम्रो हो कि होइन भन्ने कुरा हाम्रो बुझाईमा भर पर्ने कुरा हो I ‘काम’ भन्नाले हामी के बुझ्छौँ ? र ‘फ्री’ भन्नाले हामी के बुझ्छौँ I

कुनै पनि कामकाज पेशागत रूपमा गरे, सो-कार्य प्रति प्रतिबद्धता जनाए, आफ्नो शारीरिक र मानसिक प्रयास त्यसमा लगाए र केही हदसम्म रिस्क बोके त्यसलाई काम भनिन्छ I यसमा तोकिएको समयमा उपस्थिति जनाउनु पर्छ I यो कामले आफ्नो माग बढाएको हुनुपर्छ, केही नतिजा दिएको हुनुपर्छ I

जब हामी आफ्नो परिवारको लागी खाना बनाउछौं तब त्यसमा पैसाको कुरै हुने भएन, त्यो पेशागत होइन I तर, यदि हामी होटेल-रेस्टुरेन्टमा खाना बनाउदैं छौँ भने त्यसको पैसा अवश्य लिनु पर्छ I

अब अर्को पाटो , यदि मलाई  कुनै रेडियोमा वक्ताका रूपमा बोलाइयो भने , आफ्नो ज्ञान बढ्ने अवसर प्रदान गरियो भने त्यसको लागी शुल्क निर्धारण मा जोड दिने कि नदिने ?

हो , यस्तो ठाउँमा पैसा बिना नै काम मा राम्रो प्रस्तुति दिए राम्रो I यदि यो मञ्च ले मलाई केही सकारात्मक परिवर्तन ल्याउने मौका दिन्छ , अन्य मान्छेहरू बिच मलाई विश्वसनीय पात्र बन्न मद्दत पुर्याउछ भने पैसा को माग किन गर्नु ? पैसाले किन्न नसकिने अवसर धेरै छन् I

कतै कुनै पत्रिकामा आफ्नो ब्लग प्रकाशित हुँदा हामीले पैसाको कुरा सोच्दा पनि सोच्दैनौँ I तर, कुनै चिडियाखानाले आफ्नो ‘लोगो’ सित्तैमा बनाई दिनु भन्यो भने त्यो जायज हो कि होइन ? चिडियाखाना गैर-नाफामूलक ढङ्गले चलेको हो, कोष सङ्कलन धेरै छैन भन्ने कुरा निस्कियो भने त्यो काम सितैमा गर्ने कि नगर्ने त ?

यसो सोचौँ त, यदि चिडियाखानासँग जनावरलाई खुवाउने, पाल्ने पैसा छ I जनावरको रेखदेख, उपचारको लागी स-शुल्क नै चिकित्सकहरू सँग कारोबार हुन्छ भने, ‘लोगो’ को लागी पनि शुल्क तिर्न सकिन्छ I कम-धेरै पैसा आफ्नो ठाउँमा छ तर आफ्नो कामको पैसा लिँदा हुन्छ I

याद राखौँ, आफ्नो विचार, ज्ञान, आइडिया बाँड्न सक्ने मञ्चमा जति दानी भयो त्यति नै त्यसको परिणाम समाजमा देखिन्छ I अन्य, कामको लागी चाहिँ पैसा लिएको राम्रो I

केही विषयहरूमा समस्या अझ जटिल छ I कतिपय अवस्थामा सङ्गीतकार, पेन्टर र अन्य कलाकारलाई पैसा नदिई काम लगाइन्छ I नाम दिने हो, यसको लागी दाम दिने होइन भनेर धेरै कलाकारले आफ्नो क्षमता अनुरूपको पैसा पाएका हुँदैनन् I यस्तो बेलामा याद राखौँ, यदि यो नामले भविष्यमा केही गुणा बढी दाम कमाउन मद्दत गर्छ भने त्यो काम गर्नै पर्‍यो I तर, यदि आफ्नो स्वास्थ्य, खानपिन, सम्बन्ध, आफ्नो जीवनका धेरै अन्य पाटालाई नकारात्मक असर गर्न थाल्यो भने चाहिँ पछि हट्नु पर्छ I यदि कानुनले भनेको छ कि सितैमा काम लगाउन पाइँदैन किन आफ्नो नोक्सान हुने समयसम्म सितैमा काम गर्ने ?

समस्तमा विचार गर्नुपर्ने केही पक्षहरू:

— के यो संस्थाले अन्य कामदारलाई चाहिँ पैसा दिएको छ ? यिनका प्रतिस्पर्धी संस्थाहरूले चाहिँ पैसा दिने गरेका छन् कि छैनन् ?

— के मैले कुनै कार्यक्रम सितैमा गरेर आफ्नो ज्ञान र सीप साँच्चै नै बढाई रहेको छु जुन पैसाको तुलनामा माथि छ ?

— के मैले पैसा नलिएर कुनै संस्थाको केवल केही हजार मात्र जोगिँदै छ कि साच्चिकै मेरो त्यागले ठुलो परिणाम दिएको छ ? यी दुई पक्षलाई मूल्याङ्कन गर्न जान्नु पर्छ I

— यदि मैले पैसा लिएर, अझ फराकिलो दायरामा काम गर्न सक्छु, अझ समय दिन सक्छु भने, पैसा लिन अघि किन नसर्ने ? पैसा नलिनु भन्दा पैसा लिएर राम्रो काम काम गर्न सकिन्छ भने पैसा लिएकै राम्रो I

— यो काममा पैसा लिँदा अथवा सित्तैमा गर्दा मलाई के रिस्क छ ? यसले मेरो दैनिक आवश्यकतामा कत्तिको असर पारेको छ ? यसले मेरो इमेज, आचरण कस्तो बनाउँदै छ ?

याद राखौँ, सित्तैमा काम गरेर सधैँ दानी बनिने होइन र पैसा लिँदैमा शोषण गरेको पनि होइन I कहिले कहीँ सितैमा काम गरेर पनि हामीले कसैको नोक्सान नै गरिरहेको पनि हुन् सक्छ I त्यसैले, परिस्थिति अनुसारको निर्णय लिन जान्नु पर्छ I सन्तुलन नै जिन्दगीको महत्त्वपूर्ण पक्ष हो I

तस्वीरमा : Seth Godin

प्रस्तुती : बिबिता कोइराला

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने