सामुदायिक च्याउखेति – थारु महिलाहरुको जीवन बदल्दै

उनलाई गाउँका महिला साथीहरु अर्थात समुहका १४ जना सदस्यले साझ विहान सहयोग गरिरहेकाछन् । उनिहरु सधैजसो साझ विहान कुमारीको घरमा जम्मा हुन्छन् र च्याउखेतिको रेखदेख गर्छन् । कोहिले च्याउ टिप्छन त कोहिले बजारमा च्याउ बेच्न जान्छन, त कोहिले च्याउमा पानी चार्छन भने कोहिले च्याउ उत्पादनको लागि पोका बनाउछन् ।

सन्तोष दहित / दाङ २०७५ फागुन २१ गते १५:१७

कुमारी चौधरी केहि वर्ष अगाडि एक गैरसरकारी संस्थामा काम गर्थिन । उनि त्यहि संस्थामा काम गर्दा गाउँ गाउँमा समुह बनाउदै समुहमा बचत गर्नुपर्छ भनि सस्था मार्फत अभियान चलाउथिन् । धेरै बर्ष उनि त्यहि संस्थामा काम गरिन् तर उनको आर्थिक हिसावले खासै प्रगति भएन । नेतृत्व विकासमा सहयोग पुगेपनि व्यक्तिगत आर्थिक लाभमा जति हुनुपर्ने हो त्यति हुन सकेन । अन्तत उनले त्यस सस्थामा राजिनामा दिएर आफ्नो गाउँ र आफ्नो लागि केहि गर्ने सोँच बनाइन् ।

एक दिन आफ्नो गाउँका महिलाहरुलाई गाउँमा भेला गराइन र त्यहि भेलामा उनले आफ्नो योजना सुनाइन् । र, त्यो गाउँका सम्पुर्ण महिला दिदी वहिनीहरुले साथ दिने प्रतिवद्धता जनाएपछि उनले एफवान साना किसान कृषक समुह गठन गरिन । जसको नेतृत्व आफैले गरिन् । त्यो समहुको अध्यक्ष बनिन्, उहि कुमारी चौधरी । १५ जना सदस्यीय रहेको उक्त समुह कानून बमोजिम सम्वन्धित संस्थामा दर्ता भयो ।

अहिले त्यहि समुह मार्फत कुमारी चौधरीले आफ्नो घरको अगाडी र पछाडी ७ वटा टहरा बनाई सामुहिक रुपमा च्याउ खेति गरिरहेकिछिन्  । उनलाई गाउँका महिला साथीहरु अर्थात समुहका १४ जना सदस्यले साझ विहान सहयोग गरिरहेकाछन् । उनिहरु सधैजसो साझ विहान कुमारीको घरमा जम्मा हुन्छन् र च्याउखेतिको रेखदेख गर्छन् । कोहिले च्याउ टिप्छन त कोहिले बजारमा च्याउ बेच्न जान्छन, त कोहिले च्याउमा पानी चार्छन भने कोहिले च्याउ उत्पादनको लागि पोका बनाउछन् । यसरी उनिहरु दैनिक आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्छन । घोराही उपमहागरपालिका वडा नं. ६ पक्वैका यी थारु महिलाहरु यसरी सामुहिक रुपमा च्याउ खेतिबाट आत्मनिर्भर त भए नै उनिहरु एक हिसावले आफ्नो जीवन नै बदल्दैछन् ।

सधैभरि घाँसपात र घरको चुलोमा सिमित रहने ती थारु महिलाहरु समुहमा आवद्ध भएपछि हरेक किसिमले अगाडी वढिरहेकाछन् । व्यवसायीयक च्याउखेतिबाट आर्थिक लाभ त लिने नै भए, साथ साथै आफ्नो नेतृत्वको विकास पनि गरिरहेकाछन् । अहिले उनिहरु विभिन्न सामाजिक संघसस्थामा आवद्ध पनि छन् । गाउँको समुहमा डराइ–डराइ बोल्ने ती महिलाहरु अहिले विभिन्न कार्यक्रममा भाषण गर्ने, विभिन्न योजनाको नेतृत्व गरिरहेको उक्त समुहकी सदस्य बसन्ती चौधरीले बताइन् । उनले भनिन्, ‘हामीलाई व्यवसायीयक च्याउ खेतिले हाम्रो लागि आर्थिक लाभमा सहयोग त पुर्याइरहेको छ नै संगसंगै हाम्रो नेतृत्व विकास, क्षमताको विकासमा पनि त्यत्तिकै सहयोग पुर्याएको छ ।’

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (एडिबी) को आर्थिक सहयोगमा सञ्चालित भइरहेको सामुहकि व्यवसायिक च्याउ खेति सात वटा टहरामा करिब १ हजार ३ सय ६० पोका तयार गरेर उनिहरु सामुहकि रुपमा च्याउखेति गरेर मनग्य आम्दानि लिइरहेकाछन् । दैनिक ६० किलो देखि ७० केजिसम्म च्याउ उत्पादन गर्दै आएकाछौ, समुहकी अध्यक्ष कुमारी चौधरीले भनिन्,–‘दैनिक १० हजार देखि १२ हजार सम्म आम्दानी लिइरहेका छौं ।’ ‘पुस माघमा च्याउको राम्रो व्यापर थियो, तर, अहिले भने त्यति मार्केट छैन, उनले भनिन्, ‘तै पनि हामी सन्तुष्ट छौै, अहिले थोकमा प्रतिकेजि एक सय ६० को डरले बेचिरहेकाछौं, खुद्रामा भने एक सय ८० मा ।’

सामुहिक च्याउखेतिमा अहिलेसम्म ५ लाख ३८ हजार २ सय ८५  लगानी गरेकाछौं, समुहकी अध्यक्ष कुमारीले भनिन्, ‘हामीले  एक लाख ९३ हजार लगानी गरेका छौं, भने ३ लाख ४४ हजार ५ सय ४८ अनुदान हो ।’ दुइ बर्ष देखि निरन्तर व्यवसायिक च्याउ खेतिमा लागिरहेका छौं, उनले भनिन्,‘हामीले हरेक वर्ष ६ महिनासम्म व्यवसायिक च्याउ उत्पादन गरिरहेका छौं, प्रत्येक बर्षको कार्तिक मसान्त देखि सुरु गरि नया बर्षको वैशाख मसान्तसम्म गर्ने गरेकाछौं ।’

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने