ढुङ्गा फोड्ने प्रक्रियासँग जोडिएको सफलता पाठ !

ढुङ्गा फुटाउनु छ भने एउटै ढुङ्गालाई बारम्बार बन्चरोले हान्नु पर्छ I एक पटक, पाँच पटक, दस पटक र कहिले सायद बिस, पच्चिस पटक I दसौँ पटक सम्म पनि त्यो ढुङ्गालाई हान्दा, त्यो ढुङ्गा फुट्दैन I तर, एक्कासी कुनै एक पटकको हिर्काईले चाहिँ त्यो ढुङ्गा फुट्छ I

हाम्रो कथा २०७५ फागुन २० गते १६:३१

तस्वीर : shutterstock.com

हामी सबैको प्राय जसो वार्षिक लक्ष्यहरू हुन्छन् I जस्तै :- म एक इन्सुरेन्स एजेन्ट हुँ I मैले वार्षिक रूपमा १००० जना ग्राहक बनाउनु छ I तर, काम सजिलो छैन I यसको लागी मैले दैनिक ३/४ ग्राहक बनाउनु सक्नु पर्छ I

यस्तो लक्ष्य बोकेर काम गर्दा सुरुमा केही दिन त उत्प्रेरित रहन सकिन्छ I तर, हप्तौँ-हप्ता, महिनौँ-महिना धरै जनालाई निरन्तर रूपमा अघि बढ्दै जान गाह्रो लाग्न थाल्छ I यस्तो अवस्थामा आफू भित्रको उत्प्रेरणा कसरी जगाई राख्ने ?

एउटा कथा याद राखौँ !

ढुङ्गा फुटाउनु छ भने एउटै ढुङ्गालाई बारम्बार बन्चरोले हान्नु पर्छ I एक पटक, पाँच पटक, दस पटक र कहिले सायद बिस, पच्चिस पटक I दसौँ पटक सम्म पनि त्यो ढुङ्गालाई हान्दा, त्यो ढुङ्गा फुट्दैन I तर, एक्कासी कुनै एक पटकको हिर्काईले चाहिँ त्यो ढुङ्गा फुट्छ I हो, हाम्रो जीवनमा सफलता प्राप्त गर्ने सुत्र पनि त्यहि हो I

के ढुङ्गा एकै पटकमा फोड्न सम्भव हुन्थियो होला त ?

हुँदैन I त्यस्तो हुँदै हुँदैन I पटक पटक ढुङ्गा पिट्दा केही असर नदेखिएला तर अन्तयमा ढुङ्गा फुल्नुको एक मात्र कारण छ I बारम्बार ढुङ्गामा असर पर्दै गएको हुनाले त्यो ढुङ्गा कुनै एक पटक चाहिँ फुटेको हो I

हाम्रो जीवन पनि त्यस्तै हो I कहिले कहीँ जिन्दगी एकै गतिमा मात्र अघि बढेको जस्तो लाग्ला तर हरेक दिन हरेक पाइलाको महत्त्व हुन्छ I पछि फर्केर हेर्दा, कुनै पाइला कहाँ बिलाए हामीलाई याद नहोला तर ती सबैको उत्तिकै महत्त्व छ I

यो पाठ आफ्नो दैनिक जिन्दगीमा व्यवहारिक रूपमा कसरी उतार्ने ?

हो कतिपय दिन एउटा पनि ग्राहक नबन्लान तर दैनिक प्रयास गर्दा हामीले आफूलाई एक प्रतिबद्ध इन्सुरेन्स बिक्रेता बनाउँदै जान्छ I दैनिक मार्केट गएर आफ्नो स्किम प्रस्तुत गर्दा, कुनै दिन हामीले एउटै कम्पनीका सयौँ कर्मचारीको इन्सुरेन्स गरिदिने अवसर प्राप्त गर्छौँ I जिन्दगी र सफलता यसरी नै चल्छन् I

त्यसैले हरेक पटक हार महसुस हुँदा याद राखौँ – ‘आज हार मानेर, दिक्क मानी घर बस्यो भने हानी हामीलाई नै हुने हो I गल्ती गर्न र प्रयास गरी रहन पनि घर बाहिर निस्किनै पर्छ I हरेक पाइला, हरेक कदमको मूल्य हुन्छ I’

प्रस्तुती : बिबिता कोइराला

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने