‘लिंकड इन’ – आइडिया, आवश्यकता र व्यवसायिक यात्रा

उद्यमशीलता, लगानी, रणनीति र व्यावसायिक जगतको उतारचढाव

हाम्रो कथा २०७५ फागुन १९ गते १५:४९

तस्वीर : Property Portal Watch

‘लिंकड इन’ LinkedIn विश्व प्रख्यात र विश्व उपयोगी बिजनेस, रोजगारी र संजाल वृद्धिको मध्यम बनेको छ I  ‘लिंकड इन’ को स्थापना डिसेम्बर २००२ मा भएको हो I ‘लिंकड इन’ को सुरुवात १० जना उद्यमीहरूले गरेका हुन् I

‘पे-पल’ का टप ५० संस्थापक सदस्यले बिजनेसको जगतमा राम्रो छवि बनाई सकेका थिए I सन् २००२ मा पे-पललाई ईबेले खरिद गर्‍यो I ती मध्यका १० पे-पल बिजनेसमेनले ‘लिंकड इन’ को सुरुवात गरे I

‘लिंकड इन’ को प्राथमिक उपयोगिता भनेको पेशागत नेटवर्क बढाउन, जागिर खोज्न र जागिरका लागी, खाली पद भर्नका लागी गरिन्छ I

‘लिंकड इन’ को सेवासुबिधा २४ वटा भाषामा उपलब्ध छन् I ‘लिंकड इन’ को सर्वाधिक प्रयोगकर्ता अमेरिकामा छन् भने दोस्रो नम्बरमा इन्डिया पर्दछ I

अहिले ‘लिंकड इन’ मा ५०० मिलियन भन्दा धेरै सदस्यहरू छन् I हरेक २ सेकेन्डमा एउटा नयाँ ‘लिंकड इन’ अकाउन्ट निर्माण हुन्छ I तर सुरुवाती चरणमा वार्षिक ४५०० सदस्य मात्र थिए I

सेल्थ मोड ‘Stealth Mode’ मा सञ्चालन गरेको बिजनेस मध्य एक ‘लिंकड इन’ पनि हो I किनकि ‘लिंकड इन’ का कार्यकारी निर्देशक रेड होफ़म्यान लाई निरन्तर रूपमा समय र परिवेश अनुरूप कम्पनीलाई अघि बढाई रहनु थियो I सार्वजनिक रूपमा यसको निश्चित बिजनेस मोडेल र विवरण प्रस्तुत गरी उनलाई यो आइडिया सीमित, साँघुरो राख्नु थिएन I सीमित मिडिया र पत्रकारहरूले मात्र ‘लिंकड इन’ बारे खबर छापेका थिए I   ‘लिंकड इन’ मिडियामा प्रख्यात नै थिएन I

तस्वीर : businessinsider.com.au

सन् २००२ मा सुरुवात गरे पनि ‘लिंकड इन’ को पहिलो प्रोफिट सन् २००७ मा मात्र हुन सम्भव भयो I फाइदामा भन्दा बढी वृद्धि र विकासमा केन्द्रित रही रेड होफ़म्यानले २००७ सम्म लगानी मात्र गरे I फाइदा खोजेनन् I

सन् २०१६ को ‘लिंकड इन’ मार्फत ११७ मिलियन पासवर्ड र युजरनेमको चोरी भएको पत्ता लग्यो I त्यसपछि बल्ल ‘लिंकड इन’ ले आफ्ना सेवाग्राहीको सुरक्षाका लागी अझ सावधानी अपनाउनु पर्‍यो I साथै  इमेल स्प्यामिंगको गल्तीले गर्दा १३ मिलियन डलर बराबरको क्षतिपूर्ति बेहोर्नु पर्‍यो I यो रकम अहिले सम्म नै डिजिटल प्राईवेसीको क्षेत्रमा सबै भन्दा ठुलो क्षतिपूर्तिको रकम बन्न पुगेको छ I

सन् २०११ मा ‘लिंकड इन’ लाई पब्लिक कम्पनीमा परिमार्जन गरियो I त्यसपछि बल्ल ‘लिंकड इन’ को सेयर सर्वसाधारणका खरिद बिक्रीका लागी पनि खुल्ला भयो I

सन् २०१६ मा माईक्रोसफ्टले ‘लिंकड इन’ लाई २६ बिलियन डलरमा खरिद गर्‍यो I माईक्रोसफ्टको चालिस वर्षको इतिहासमा धेरै कम्पनीहरू आफ्नो स्वामित्वमा खरिद गरेको भएता पनि ‘लिंकड इन’ सबैभन्दा महँगो खरिद बन्न पुग्यो I

एलेक्जाको र्याङ्क अनुसार ‘लिंकड इन’ विश्वकै ३४ औँ वेवसाईट मानिन्छ I अमेरिकामा  ‘लिंकड इन’ को प्रयोगकर्ता अधिक छन् I त्यस्तै दिश्रो स्थानमा इन्डिया पर्दछ, तेस्रोमा बेलायत, चौथोमा क्यानडा र पाँचौँमा जापान पर्दछ I

‘लिंकड इन’ को प्रयोग बारे एक रोचक कुरा, सन् २०१६ ‘लिंकड इन’का दिश्रो कार्यकारी अधिकृत रयान होल्मसलाई ‘लिंकड इन’को प्रयोग मार्फत नै कम्पनीमा हायर गरिएको हो I

तस्वीर : thecrmteam.com

प्रस्तुती: बिबिता कोइराला

(विभिन्न बिजनेस न्युज र लेखहरुबाट साभार गरिएको )

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने