एकै क्षणको आइडिया – शुभाकर मानन्धर

यस्ता अन्तरर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हामी पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्छौं I

हाम्रो कथा २०७५ फागुन १८ गते १८:३७

समस्याको समाधानमा व्यापार लुकेको हुन्छ । समस्या थियो, पपकर्न खान फिल्महल नै जानुपर्ने । समाधान ल्यायो क्राफ्ट फुड प्रा.लिले एपिकल पपकर्न उत्पादन गरेर । व्यवासाय अहिले मज्जाले जमिरहेको छ । सफलताको सिढि चढ्दैछ ।  एपिकल ‘वाउँ पपकर्न’, एकजना बाबुले आफ्नी सानी छोरीको चाहनामा खोजेको व्यवसायको ।

क्राफ्ट फुडका संस्थापक तथा संचालक शुभाकर मानन्धरले बताउनुभयो, “घरमा एक पटक फिल्म हेर्न बस्दा मेरो छोरीले चीज पपकोर्न खान मन लग्यो भन्ने ईच्छा भयो भन्न थालिन् I मैले भने अब सिनेमा हेर्न जाँदा खाउँला नि है I त्यसपछी, मेरो दिमागमा आईडिया आयो I सिनेमा हल अघि बारेक अरु ठाँउमा पपकोर्न बेच्ने बजार सम्भावना छ I यो क्षेत्र त पुरै खाली छ I यस्ता आईडियाहरु दिमागमा खेल्न थाले I”

शुभाकर मानन्धरलाई छोरीको त्यो तलतलमा व्यवसायीक विचार फुर्याउन समय नै लागेन ।

यस्ता अन्तरर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हाम्रा पाठकहरुले पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्नुहुन्छ I

प्रतिक्रिया