सत्यको एक क्षण – गुणचन्द्र बिष्ट

अन्य कसैलाई गुरु मान्नु नपर्ने रहेछ I आफ्नो गुरु स्वयम् आफै हो I आफ्नो ज्ञान, धर्म र कर्मको लेखा जोखा गर्ने गुरु हामी आफै रहेछौँ I

हाम्रो कथा २०७५ फागुन १७ गते १७:४८

अन्तरदृष्टिको क्षण
२०३५ साल तिरको कुरा हो I उनी एक दिन यत्तिकै हिँड्दै डुल्दै ओशो ध्यान केन्द्र पुगे I त्यहाँ पुगे पछि ध्यान गर्ने सिक्दै गए I विगतमा बुझेको ज्ञान भन्दा केही फरक कुरा सिके I नव शिक्षा यति शक्तिशाली लाग्यो कि पहिलेको ज्ञान त्यही त्यागी दिए I

आध्यात्मिक ज्ञानका लागी कुनै स्वामी, गुरुको सानिध्यमा बस्नु नपर्ने रहेछ I अन्य कसैलाई गुरु मान्नु नपर्ने रहेछ I आफ्नो गुरु स्वयम् आफै हो I आफ्नो ज्ञान, धर्म र कर्मको लेखा जोखा गर्ने गुरु हामी आफै रहेछौँ I

अन्तरदृष्टि प्राप्ति पछि गुणचन्द्र बिष्टले के गरे ?
उनलाई महसुस भयो, “समाजको ऋण खाएको छु I समाजले बच्न ठाउँ दियो, आश्ररा दियो, जिन्दगी दियो I समाजले आफ्नो लागी धेरै गर्‍यो I मैले समाजलाई के दिन सक्छु ?”

त्यसैले उनलाई एक उद्यमी बनायो I अभिनास पोल्ट्री फार्म सञ्चालन गर्दछन् I

उनको ज्ञानले उनलाई पैसाबारे सिकेको कुरा
“उद्यमी बन्नु भनेको पैसाको मालिक हुनु होइन I उद्यमी त एक व्यवस्थापक हो I मैले बैङ्कबाट आफ्नो योजना पेस गरी पैसा लिएको हो I त्यसैलाई व्यवस्थापन गरेको हो I पैसा कसको हो र पैसा कहाँबाट आयो ? मलाई के थाहा I”

उद्यमी पैसाको धनी होइन, कामको धनी मात्र रहेछ I

यस्ता अन्तरर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हाम्रा पाठकहरुले पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्नुहुन्छ I

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

४८ मिनेट अगाडि ५८ सेकेन्डमा पढिने

आफु र अरु बीचको सन्तुलन !

२ दिन अगाडि १ मिनेटमा पढिने