व्यक्ति बेपत्ता सम्बन्धी कानुनी व्यवस्था जानी राखौं !

राज्यको कानून मान्नु हरेक नागरिकको कर्तव्य हो । त्यसैगरी कानूनको जानकारी पाउनु हरेक नागरिकको अधिकार हो । अनि मिडियाको धर्म पनि । त्यसैले सार्वजनिक जानकारीका लागि हामीले यो स्तम्भ सुरु गरेका छौं । तपाईलाई कुनै कानून विशेषको जानकारी चाहिएको छ भने हामीलाई सम्पर्क गर्नु होला ।

हाम्रो कथा २०७५ फागुन १६ गते १६:३१

तस्वीर: Avvo Stories

१) कसैले कसैलाई बेपत्ता पार्ने कार्य गर्न वा गराउन हुँदैन । ” व्यक्ति बेपत्ता पार्ने कार्य ” भन्नाले :-
क) कानुनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्न वा कानुन कार्यान्वयन गर्न अख्तियारी पाएको व्यक्ति वा सुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै किसिमले नियन्त्रणमा लिएको मितिले बाटोको म्यादबाहेक चौबिस घण्टाभित्र उपस्थित नगराई वा सरोकारवालालाई भेटघाट गर्न नदिए निजलाई कहाँ; कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा जानकारी नदिने,ख) कुनै व्यक्ति, सङ्गठन वा सङ्गठित वा असंगठित समूहको नामबाट कुनै व्यक्तिलाई अपहरण गरी,

२) कब्जा वा नियन्त्रणमा लिई वा अन्य कुनै किसिमले निजको व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित गरेकोमा त्यसरी वञ्चित गर्नुको कारण तथा निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा सरोकारवालालाई जानकारी नदिने ।

३) कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशले पक्राउ गरी, धुनामा राखी वा नियन्त्रणमा लिई बेपत्ता पारेको हो त्यस्ता आदेश दिने र त्यस्ता आदेशको कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसुरदार मानिनेछ ।

४) व्यक्ति व्याप्त पार्ने कार्य कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति वा सङ्गठन वा सङ्गठन वा असंगठानिक समूहको जिम्मेवारी व्यक्तिको आदेश वा निर्देशन दिने व्यक्तिको आदेश वा निर्देशन वा निर्देशनबमोजिम भए गरेको रहेछ भने त्यस्तो आदेश वा निर्देशन दिने व्यक्ति बेपत्ता पार्ने मुख्य कसुरदार मानिन्छ ।

५) कसैले आफू मातहतको पदाधिकारी, निकाय वा समूहद्वारा व्यक्ति बेपत्ता पार्ने कार्य गर्ने वा गराउने लागेको थाह पाएर पनि त्यसको उपेक्षा गरेमा वा त्यस्तो कार्य रोक्ने सम्बन्धमा आवश्यक उपाय नअपाएमा निजले समेत दफाबमोजिम कसुर गरेको मानिन्छ ।

(राज्यको कानून मान्नु हरेक नागरिकको कर्तव्य हो । त्यसैगरी कानूनको जानकारी पाउनु हरेक नागरिकको अधिकार हो । अनि मिडियाको धर्म पनि । त्यसैले सार्वजनिक जानकारीका लागि हामीले यो स्तम्भ सुरु गरेका छौं । तपाईलाई कुनै कानून विशेषको जानकारी चाहिएको छ भने हामीलाई सम्पर्क गर्नु होला ।)

प्रतिक्रिया