‘सोचको आक्रमण’ तुरुन्तै रोकौँ !

हाम्रो कथा २०७५ फागुन १६ गते १५:३८

तस्वीर : Shutterstock बाट

जिम्मेवारी बहन गर्ने धेरै मान्छेलाई एक्कासि ‘सोचको आक्रमण’ ले सताउँछ I बेलुका आनन्दले ओछ्यानमा पल्टँदा एक्कासि सोच आउँछ, ‘भोलि अफिसमा ट्याक्स रिपोर्ट बुझाउनु पर्ने I फेरी ट्याक्स फाइल पनि गर्नु पर्ने I’

अब मात्र यो एक सोचले मान्छेको मुड अफ हुन्छ I तनाव बढ्न थाल्छ I लाग्न थाल्छ, “मेरो जिन्दगी कति व्यस्त ! आफ्नो लागी समय नै छैन I शान्ति नै छैन I”

यस्तो सोच आक्रमण बारम्बार हुन्छ I यस्तो आक्रमण हुदाँहुदैं कति मान्छे स्थायी ‘सोचको आक्रमण’ को अवस्थामा पुग्छन् I यसले मान्छेलाई दुखी बनाउँछ I

समाधान के त ?

त्यो पहिलो सोचलाई त्यही रोकौँ I पहिलो सोच त्यहाँ नरोके अन्य सोच पैदा हुन्छन् I त्यो सोच कसरी रोक्ने ?

— ओछ्यानबाट उठेर त्यो सोचलाई एउटा कागज (डायरी) मा लेखौँ I

— त्यो कुरा लेखे भनेर तनाव लिने होइन I बरु, मैले यो लेखे भनेर आफूलाई स्याबासी दिने I

— आफ्नो त्यो तनाव डायरीलाई दिने I आफू भित्रको त्यो सानो कुराले दिएको ठुलो पिडा डायरीलाई दिऔँ I

समयमा समाधान नगरे, हाम्रो मस्तिष्कको गुणस्तर घट्दै जान्छ I

हामी सबैका वरिपरि यस्ता धेरै व्यक्ति छन् जो ‘सोचको आक्रमण’ ले गर्दा आफ्नो जीवनमा कुनै तह ‘लेभल’ भन्दा माथि बढ्नै सकेका छैनन् I र, कति व्यक्ति यस्ता छन् जसले त्यो पहिलो सोचलाई रोकथाम गरी अघि बढ्छन् I एक-एक गरी सफलताका खुड्किला छाड्दै जान्छन् I अब निर्णय आफ्नै हो, हामी कस्तो व्यक्ति बन्न चाहन्छौँ ? विकल्प छनोटको स्वतन्त्रता हामी सबैलाई छ I

प्रस्तुती: बिबिता कोइराला

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने