हिजोको अपरिपक्वता, आजको सफलता : अर्बन गर्ल

नेपालमा अनलाईन सपिङ्गको प्रसंशाजनक उदाहरण

सुरुमा ग्राहक नै थिएनन् I बिक्रेताहरू आफ्नै पसलमा समान बिक्री गर्न खुसी थिए I उनीहरूलाई अनलाइनमा आफ्नो समान राख्न खासै रुचि नै थिएन I दुबै ग्राहक र बिक्रेता वर्गलाई अनलाइन प्ल्याटफर्मतर्फ मोड्न गाह्रो थियो I त्यैले हामीले पनि आफ्नो प्लान परिवर्तन गर्नु पर्‍यो I हामीले बुझ्यौँ कि यदि कुनै युनिक समान; अन्य कतै नपाउने केही यस्तो समान ई-कमर्समा राख्यौँ भने मात्र हामी अघि बढ्न सक्छौँ I अनि बल्ल हामीले केटीहरूको फ्यान्सी सामानमा आफूलाई केन्द्रित गर्‍यौँ I त्यस पछि बल्ल हामी अघि बढ्न सक्यौँ I

हाम्रो कथा २०७५ फागुन १४ गते १८:३५

विराटनगरमा जन्मिएर काठमाण्डौमा हुर्के बढेकी हुन् निकिता आचार्य । झापाका किरण तिमिल्सीनाकोे बुवा भने सरकारी जागिरे । देशका विभिन्न स्थान घुम्दै उनको बाल्यकाल बित्यो ।

निकिता र किरण दुबैले उच्चशिक्षा काठमाण्डौ मै लिएका हुन । स्नातकतह अध्ययन गर्दै गर्दा उनीहरु दुबैजना एउटा आईटी कम्पनीमा काम गर्न पुगे । त्यहि चिन-जान भयो उनीहरुको । काम गरेको केहि महिना पछि नै त्यो कम्पनी बन्द हुने स्थितिमा पुग्यो । अब केहिकाम त गर्नै पर्यो । के गर्ने ?

अर्बन गर्लका सह-संस्थापक किरण तिमल्सिनाले बताए “सन् २०११ सम्म अनलाइन सपिङ्ग गर्ने चलन नेपालमा खासै थिएन I विदेशबाट आफन्तहरूलाई गिफ्ट पठाउँदा पनि यताबाट पेमेन्ट गर्ने ठाउँ थिएन I खासै कुनै अनलाइन सपिङ्गको सुविधा नै थिएन I”

उनीहरुले इन्टरनेटमा विभिन्न वेव साईटहरु हेरिहेकाथिए । अनलाईनबाट प्राप्त गरेको केहि आईडीयाहरुमा । घरमै बसीबसी अनलाईनको सहायताले मन परेको सामान अर्डर गर्न पाउने । घरसम्मै सामान ल्याईदिने सेवा । नेपालमा भने यस्तो पनि हुन्छ र भन्ने अवस्था थियो । त्यहि सेवा सुरु गर्ने सोच बन्यो ।

अर्बन गर्लकी सह-संस्थापक निकिता आचार्य बताउँछिन्, “हामीले मार्केटमा ग्याप देख्यौँ I हामीलाई त्यही ग्याप पुरा गर्न केही योगदान गरौँ भन्ने भयो I त्यति बेला त्यस्तो कुनै प्ल्याटफोर्म थिएन I”

बजारमा एउटा ग्याप देखेर काम सुरु गरेका । ई-कमर्समा भर्खर सुरु भएको थियो । यहाँ छदै थिएन । अनलाईन सप गर्ने युथहरुमाथिएन । यसैमाकिन सुरु नगर्ने भनेर थालेको हो ।

७ वर्ष अघि उनीहरुले ई–कमर्स व्यवसाय सुरु गर्दै गर्दा यो व्यवसाय टिकाउन सकिन्छ सकिन्न भन्ने उनीहरुलाई थाहा थिएन । अरुको उत्पादनलाई अनलाईमा राखेर विक्रि गर्ने योजनामा थिए उनीरु ।  तर यो आईडिया सफलहुन सकेन । भयो के भने धेरैजसो उत्पादक वा वितरकले आफ्नो सामान अनलाईनमा राख्न नै चाहेनन ।

निकिता थप बताउँछिन्, “सुरुमा ग्राहक नै थिएनन् I बिक्रेताहरू आफ्नै पसलमा समान बिक्री गर्न खुसी थिए I उनीहरूलाई अनलाइनमा आफ्नो समान राख्न खासै रुचि नै थिएन I दुबै ग्राहक र बिक्रेता वर्गलाई अनलाइन प्ल्याटफर्मतर्फ मोड्न गाह्रो थियो I त्यैले हामीले पनि आफ्नो प्लान परिवर्तन गर्नु पर्‍यो I हामीले बुझ्यौँ कि यदि कुनै युनिक समान; अन्य कतै नपाउने केही यस्तो समान ई-कमर्समा राख्यौँ भने मात्र हामी अघि बढ्न सक्छौँ I अनि बल्ल हामीले केटीहरूको फ्यान्सी सामानमा आफूलाई केन्द्रित गर्‍यौँ I त्यस पछि बल्ल हामी अघि बढ्न सक्यौँ I”

अब यसरी नहुने रहेछ । व्यवसाय अघि बढाउनका लागि उनीहरुले गरेको पूर्वतयारी फेर्नुपर्यो । आफै सामान समेत उत्पादन गर्नुपर्ने परिस्थिति आईलाग्यो । सामान उत्पादन त गर्ने, तर लगानी गर्ने पैसा थिएन । थोरै पैसा जम्मा गरेर सानो परिमाणमा सामान उत्पादन गरि अनलाईन व्यबसाय सूरु गर्ने सोच पलायो उनीहरुमा । दुईजना मिलेर १०/१० हजार रुपैया गरी २० हजार रुपैया जम्मा गरे । पहिला अनलाईनमा सामानको डिजाईन राखे । अनी ग्राहकको माग बमोजिम सामान बनाउन थाले ।  विस्तारै उनीहरुको सामानको विक्रि बढ्न थाल्यो ।

निकिता बताउँछिन्, “त्यस्तै उर्बन गर्ल चले पछि, हामीले यु.जी केकलाई अघि बढायौँ I यु,जी केक पनि सानो लगानीमा नै सुरु भएको हो I सुरुवाती समयमा दिनको २/३ वटा केकको अडर मात्र आउँथियो I अहिले डिमाण्ड बढेको छ I हुन त अहिले पनि हामी ग्रोथ फेजमै छौँ I”

अनलाईन बिजनेसको मार्केट विस्तार हुदै

विभिन्न साामनहरुका साथै उनीहरुले केक डेलिभरीको सेवा पनि दिन थाले । सुरुमा अनलाईनको माध्यामवाट अन्य बेकरीहरुले बनाएको केक ग्राहक सम्म पुर्याउने कामगर्थे । ग्राहकहरुबाट केकको माग दिनदिनै वृद्धि हुँदै गयो । डेलिभरि दिंदै गर्दा उनीहरुले केक व्यवसायमा सम्भावना देख्न थाले । यहि सम्भावनाले जन्मायो आजको यो युजी केक ।

किरण थप्नुहुन्छ, “केकको माग जहिले पनि छ I वार्षिक उत्सवमा केक, आमा-बाबु खुवाउने दिन केक, वेलकम र फेर्वलमा केक, कोही विदेश जान लागे केक, केही विदेशबाट फर्के केक, कसैले कुनै अवार्ड जिते केक I अब केक जन्मदिनको उत्सवमा मात्र सीमित रहेन I केकको माग भनेको त कुनै ठाउँको जनसङ्ख्या भन्दा पनि धेरै हुन्छ I यो त एक पेरिनियल मार्केट भई सक्यो I खोला बगे जस्तै हो भनेर नि बुझ्न सकिन्छ I”

सुरुमा सोचेजस्तो व्यापार हुन सकेन । २/३ वटा केकको अर्डर आउदापनि खुशी हुनुपथ्र्यो । तर व्यवसायले सोचेभन्दा चाँडै गति लिन थाल्यो । अहिले यहाँबाट दैनिक ७० भन्दा बढि केक विक्रि हुन्छ । कुनै विशेष चाडमा त केकको माग धेरैनैं हुन्छ ।

निकिता व्यक्त गर्दछिन्, “हामीले टिममा लगानी गर्‍यौँ I पहिले दुई जना मात्र भएको टिममा अहिले ४५ जना छौँ I”

यहाँ विभिन्न १६  फ्लेवरका केक बन्छन । चकलेट फ्लेवरको केक ग्राहक माझ निकै लोकप्रिय छ । यहाँ उत्पादिन केकको मूल्य पर पाउण्ड ७५० रुपैयाँ बाट सुरु हुन्छ ।

निकिता बताउँछिन्, “आइडिया अनेकौँ हुन्छन् I यो हाम्रो यस्तो आइडिया थियो जुन हामीले एकजिक्युट गर्‍यौँ I हामीले आफैलाई एक चान्स दिएका हौँ जस्तो लाग्छ I”

युजी केकका उत्पादन ग्राहकले अनलाईनबाट सजिलै अर्डर गर्नसक्छन् । अनलाईन व्यवसाय मोडलकै कारण व्यस्त शहरीया ग्राहक माझ उनीहरुको उत्पादनको लोकप्रियता बढि रहेको छ । युजी केकको व्यापार निकिता र किरणको नविनतम सोचको परिणाम थियो ।

किरण बताउँछन्, “केक भनेको आफूलाई व्यक्त गर्ने मध्यम बनी सक्यो I आफूलाई व्यक्त गर्न मन लागेको सन्देश सबै केकले व्यक्त गर्दिन्छ I”

केकको बजार सम्भावना

पहिला पहिला केक भन्ने वितिकै कसैको जन्मदिन याद आउथ्यो । तर अहिले समय फेरीएको छ । एक दशक अघि सम्म खासै प्रचलनमा नभएको केक अहिले हाम्रो जीवनशैलीमा नभई नहुने जस्तै बनेको छ ।  अहिले विभिन्न चाडपर्व, रमाईलो र खुसीको पल साथी भाई तथा आफन्तसंग साट्नुपर्यो भने केक काटेर रमाईलो गर्ने चलन नै बसेको छ । पछिल्लो समय त कस्तो प्रकारको कार्यक्रम वा उत्सव मनाईदै छ त्यसको सन्देश समेत केककै माध्यामवाट दिन थालिएको छ ।

किरण बताउँछन्, “हामीले केक खरिद गर्ने प्रक्रिया झन्झटमुक्त बनाएका छौँ I केक खरिद गर्न पसल जाने, अनि एडवान्स पेमेन्ट गर्नु पर्ने I अनि फेरी केही घण्टा पछि केक लिन जानु पर्ने I केक किन्ने प्रक्रिया नै एक झन्झट थियो I अब एक क्लिकले नै अनलाइन अडर गर्न मिल्छ I केही समयमा घरमै केक आईपुगी हाल्छ I”

बजारमा केकको माग बढ्न थालेपछि केक पसलहरु सहरमा धेरै खुल्न थाले । विस्तारै ग्राहकको चाहना अनुसारको डिजाईनमा केक उत्पादन हुन थाल्यो ।

अहिले त केक किन्न विभिन्न पसल चहारिरहनु पर्दैन । एक कलकैै भरमा वा अनलाईनमा अर्डर गरेकै भरमा आफूले चाहेजस्तो डिजाइनको र स्वादको केक घरमै आइपुग्छ । व्यस्त जीवनशैलीका कारण समय अभाव हुनेले अनलाईन मार्फत केक अर्डर गर्ने गर्छन ।

किङस कलेजले गरेको एक अध्ययन अनुसार अहिले काठमाण्डौमा मात्र एक सयभन्दा बढि बेकरी पसलेले ग्राहकको चाहना बमोजिम केक डेलिभरी गर्दै आएका छन । एउटा बेकरीमा दैनिक ३० देखि ५० वटा केकको माग आउने प्रारम्भिक अध्ययन छ । काठमाण्डौमा मात्र दैनिक करिब ५ हजार भन्दा बढि केकको माग रहेको छ ।  केक पसलअनुसार मुल्यमा एकरुपता छैन । सामान्यतया औषतमा एक पाउण्ड केकको मुल्य ५ सय रुपैया पर्छ । यस अर्थमा पनि केकको पैसामा कारोबार हेर्दा दैनिक २५ लाख रुपैयाँ भन्दा बढिको कारोबार काठमाण्डौमा मात्र हुने गरेको छ । केक व्यवसायमा रमाई रहेका उद्यमीहरुका अनुसार यो व्यवसायमा आउन चाहने नव प्रबेशीलाई अझै पनि व्यापारको ढोका खुल्लै छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने