सफलताको पछाडि लुकेको सङ्घर्षको पाटो

अमिताभ बच्चनको जीवन कथा

हाम्रो कथा २०७५ फागुन १२ गते १६:१३

हिन्दी फिल्म अर्थात् बलियुडका ‘सहेन्सा’ र ‘बिग बि’ को नामले प्रख्यात अनि बलियुडका महानायक अमिताभ बच्चन ;

तस्वीर : post.jagran.com

उनलाई अहिले सम्मकै भारतीय सिनेमा जगतका सबैभन्दा प्रभावशाली अभिनेता मान्न सकिन्छ । अमिताभ बच्चनलाई जबर्जस्त अभिनय स्वरूप चार राष्ट्रिय ठुला अवार्ड प्रदान गरी सकिएको छ । यस बाहेक भारत सरकारले उनलाई पदम श्री र पदम विभूषण समेत प्रदान गरीसकेको छ । आज हामी सबैले अमिताभ बच्चनको सफलतालाई महसुस गर्न सक्छौ तर उनको यो सफलताको पछाडि लुकेको सङ्घर्षको पाटो भने हामी कमैलाई मात्र थाहा छ।

सिनेमा जगतमा आउनु अघि नै उनको सङ्घर्ष सुरु गरे । जब उनले पहिलो फिल्ममा पाइला राखे उक्त फिल्म असफल भएपछि उनको यो बाटो अझै कठिन बन्न पुग्यो । तब; धेरै जनाले यो क्षेत्रलाई छाडेर घर जान सल्लाह दिए, तर उनले हार मानेनन् । बरु आफ्नो सङ्घर्षलाई जारी राख्दै भारतीयका निम्ति महानायक बने ।

अमिताभको जन्म ११ अक्टोबर १९४२, उत्तर प्रदेशको इलाहबादमा भएको थियो । उनका पिता हरिवंश राय बच्चन एक ख्याति प्राप्त कवि थिए । आमा तेजी बच्चन एक समाज सेवी महिला थिइन ।  अमिताभका माता, पिताले उनको नाम सुरुमा ‘इनक्लाब’ राखेका थिए । त्यस समय भारत स्वतन्त्रता सङ्ग्राममा ‘इनक्लाब जिन्दाबाद’को नारा विशेष बनेको थियो । पछि उनका पिताका एक साथीको अनुरोधमा आफ्नो छोराको नाम ‘अमिताभ’ राखे । अमिताभको अर्थ, “एउटा यस्तो प्रकाश जसको कहिल्यै अन्त्य हुँदैन ।”

तस्वीर : BookMyShow

अमिताभको प्राथमित शिक्षा इलाहबाद अवस्थित ‘सेन्टम्यारिज’ स्कुलमा भयो  । यसपछि उनले आफ्नो उच्च शिक्षाका निम्ति ‘शेरहुड’ कलेजमा भर्ना भए । जहाँ उनी पढाइसँगै नाटकमा पनि सहभागी हुन थाले । ‘शेरहुड’को पढाइ सके पश्चात् उनी दिल्लीको ‘करोडिमल’ कलेजमा पुगे । जहाँबाट उनले विद्यावारिधि प्राप्त गरे । पढाइ पुरा गरे पश्चात् उनले दिल्लीमा धेरै जागिरका निम्ति भौतार्रिए । तर उनलाई काम कतै पनि प्राप्त भएन । तब; आफ्नो एउटा साथीको अनुरोधमा उनी ‘अल इन्डिया रेडियो’मा दरखास्त दिए तर उनको स्वर भद्दा र धोद्रो भएको भनेर उनको दरखास्तलाई उक्त रेडियोले अस्वीकार गरिदियो  ।

दिल्लीमा हरेक तिरबाट असफलता मात्र हात परे पश्चात् उनी आफ्ना साथीसँग कलकत्ता लागे । जहाँ उनले आफ्नो जीवनको पाँच वर्ष बिताए । विभिन्न स्थानीय कम्पनीहरूमा एकदमै कम तलबमा काम गरे । कामका निम्ति भौँतारिदै गर्दा पनि उनको दिमाग भित्र – आफू कलाकारिताकै निम्ति जन्मिएको भन्ने कुरा कतै न कतै बसेको थियो । सन् १९६७ मा आफूलाई फिल्मसँग जोड्न मुम्बई तिर लागे । जसरी उनलाई अगाडी रेडियोमा आवाज भद्दा र धोद्रो भएको भन्दै अस्वीकार गरेको थियो;  फिल्ममा भने उनीको भ्वाइस न्यारेटरको रूपमा सुरुवाती अवसर प्राप्त गरे । भुवन सुवनमा आफ्नो आवाज दिएर उनले फिल्मी जगतमा पाइला टेके । अघि गएर राजयुग गान्धीसँगको मित्रताका कारण उनलाई फिल्ममा देखा पर्न  धेरै समय लागेन। सन् १९६९ मा साथ हिन्दुस्तानमा काम गर्ने मौका मिल्यो। दुर्भाग्यबस यस फिल्मले बक्स अफिसमा सफल हुन भने सकेन । पूर्ण रूपमा असफल भयो ।

तस्वीर : Times Now

यद्यपि उनले आफ्नो हिम्मत भने हारेनन् । सन् १९७० मा अमिताभले ‘बम्बई टकिइ’ र सन १९७१ मा ‘परवान’ मा काम गरे | तर यी दुवै सिनेमा पनि सफल हुन सकेनन् ।  तब; सन् १९७१ मै उनलाई सुपर स्टार राजेश खन्नासँग काम गर्ने मौका मिल्यो । जुन फिल्म थियो ‘आनन्द’ I त्यसपछि भने अमिताभले आफ्नो दमदार कलाकारिताबाट आफूलाई प्रमाणित साबित गरे । यस सिनेमाका निम्ति उनलाई ‘फिल्म फियर अवार्ड’ र  ‘वेस्ट सपोरटिंगअवार्ड’ प्रदान गरियो । बल्ल सुस्त-सुस्त गतिमा उनी मानिसहरूको रुचिमा पर्न थाले । यद्यपि उनी आफ्ना तेह्रवटा सिनेमा पश्चात् सन् १९७३ मा प्रकाश मेहराको फिल्म ‘जन्जिर’ बाट भने उनको सफलता सुरु हुन थाल्यो । जसमा उनले आफ्नो पहिले नकारात्मक भूमिका प्रस्तुत गरे । त्यस समयको सबैभन्दा सफल मध्यको यो सिनेमाबाट अमिताभ राता-रात सुपर स्टार बने । मानिसहरू उनलाई ‘एङ्ग्रि योङ्ग मयान’को रूपमा चिन्न थाले। जहाँबाट उनको फिल्मी जीवन सफलता उन्मुख बन्न थाल्यो । यसपछि उनले एक पछि अर्को ‘अदालत’, ‘अमर अकबर एन्थनी ‘ जस्ता सुपर हिट चलचित्रबाट दर्शकलाई मनोरञ्जन प्रदान गरे।  अचानक सन् २६ जुलाई १९८२ मा ‘कुली’ फिल्मको सुटीङ्गको क्रममा उनलाई एउटा एक्सन सिनमा निकै ठुलो चोट लाग्यो । लगभग बच्ने सम्भावना निकै नै कम थियो । तर डाक्टरको मेहनत र उनलाई चाहनेहरूको प्राथनाले उनको उपचार सफल बन्यो । यसपछि सन् १९८३ मा उनको उक्त फिल्म ‘कुली’ उक्त सालकै सबैभन्दा धेरै कमाइ गर्ने र सबैभन्दा उत्कृष्ट फिल्म रह्यो।

‘कुली’ को चोटका कारण उनलाई लाग्यो अब उनी अन्य सिनेमा गर्न सक्दैनन् ।  तब; उनले आफ्ना पाइला राजनीति तिर बढाए । तर राजनीतिमा उनी टिक्न सकेनन् ।  पूर्ण उनी सन् १९८८ मा ‘सहेंसा’ सिनेमाबाट चलचित्रमा पुर्नआगमन भए । तर यस पछिका अनेकौँ सिनेमा असफल मात्र हैन उनको यस क्षेत्रमा करियरमा नै संकट  देखिन थाल्यो। तर सन् २००० मा आएको ‘मोहबद’ले उनको डुब्न लागेको करियर बचाउन सफल साबित भयो । उनको कलाकारितालाई पूर्ण प्रोत्साहन मिलन थाल्यो । यस पछि आएर उनले टेलिभिजनको दुनियाँमा पनि झन्डा गाडे । उनले होस्टिंग गरेको ‘कन बनेगा करोड पति’ द्वारा सम्पूर्ण टेलिभिजन ‘सो’ को  ‘टि आर टि’ रेकर्स नै तोडियो । अमिताभ आफ्नो सबैभन्दा ठुलो उपलब्धि हरिवंश राय बच्चनको पुत्र हुन पाउनुलाई मान्छन् । आज सम्पूर्ण भारतीयका निम्ति आदर्श व्यक्ति अमिताभ बच्चन हामी धेरैका प्रेरणा समेत बन्न सफल छन् ।

तस्वीर : Zee News

लेखन : ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

होलीले सिकाउने ‘नेतृत्व’को पाठ !

३ घन्टा अगाडि १ मिनेटमा पढिने

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने