विद्यार्थीका लागी उपयोगी ५ मोबाइल एप

मोबाइल फोन बारे हामीले बुझ्नु पर्छ कि मोबाइल फोन एक राम्रो गुलाम तर एक नराम्रो मालिक हो I आफु मालिक बनि आफ्नो फोनलाई गुलाम बनाएर - प्रयोग गर्न जान्नु पर्छ I

हाम्रो कथा २०७५ फागुन १२ गते १६:५५

तस्वीर : Titan Vine

विद्यार्थी जीवनमा मोबाइल फोनको प्रयोग सीमित राख्न जान्नु पर्छ I मोबाइल फोन बारे हामीले बुझ्नु पर्छ कि मोबाइल फोन एक राम्रो गुलाम तर एक नराम्रो मालिक हो I आफु मालिक बनि आफ्नो फोनलाई गुलाम बनाएर – प्रयोग गर्न जान्नु पर्छ I

यसो गर्ने हो भने, हामीले आफ्नो मोबाइललाई राम्रो काम दिन जान्नु पर्छ I विद्यार्थी जीवनलाई निकै उपयोगी हुने केही मोबाइल एप आफ्नो फोनमा डाउनलोड गरे हामीले आफ्नो फोनबाट धेरै उपयोगिता हासिल गर्न सक्छौँ I

१) अलार्मी

अलार्मी एपको प्रयोगले अलार्म “स्नुज” गर्ने बानीको अन्त्य गर्छ I अलार्मीको त्याग् लाइन नै “स्लीप ईफ यु क्यान” हो I अलार्म बजे पछि पनि सुत्न सके सुत भनेर चुनौती दिने एप हो अलार्मी I

तस्वीर : The Mac Observer

यस्तो कसरी ? अलार्मी एपमा “स्नुज” दबाउन निकै गाह्रो छ I “स्नुज” दबाउनु अघि २ / ४ बाट तार्किक प्रश्नहरूको उत्तर दिनु पर्छ I ती प्रश्नहरूको उत्तर दिँदासम्म हाम्रो निन्द्रा खुलिसक्छ I

२) सक्रेटिक

यदि हामी कुनै पनि गणित वा विज्ञानको हिसाबमा अट्कियौं भने सक्रेटिक एप मार्फत प्रश्नको फोटो खिच्यो भने सही उत्तर प्राप्त गर्न सक्छौँ I उत्तर तहगत रूपमा ‘स्टेप बाई स्टेप’ प्राप्त गर्न सकिन्छ I एउटै प्रश्नले दिनभरि झ्याउरेर बस्नु पर्दैन I

तस्वीर : touch4it.com

थप, इतिहास, भूगोल, सामान्य ज्ञान जस्ता विषयहरूको सामग्री पनि सक्रेटिकमा उपलब्ध छन् I

३) लुप ह्याबिट ट्रयाकर

राम्रो बानीहरूले नै हामीलाई सक्षम र राम्रो बनाउने हो I आफ्नो राम्रो बानी अझ बलियो बनाउनलाई `लुप ह्याबिट ट्रयाकर’ निकै उपयोगी हुन सक्छ I लुप ह्याबिट ट्रयाकरले हाम्रा बानीहरूको तथ्य राख्ने, ग्राफहरू बनाउने, विश्लेषण गर्न र समस्त रिपोर्ट प्रस्तुत गर्दछ I दिनको कति घण्टा पढ्ने, कति ग्लास पानी पिउने, कति हिँड्ने जस्ता अभ्यासहरूलाई अझ बलियो बनाउन मद्दत पुर्याउछ I

तस्वीर : TechWiser

 

४) माइक्रोसफ्ट अफिस लेन्स

माइक्रोसफ्ट अफिस लेन्सद्वारा कुनै पनि तस्वीरमा रहेको जानकारीलाई डक्युमेन्ट, पावर पोईन्ट, पिडीएफ फाइलमा परिमार्जन गर्न सकिन्छ I यसो हुँदा नोट बनाउने, नोट जम्मा गर्ने काममा धेरै समय बर्बाद हुँदैन I

तस्वीर : PCMag.com

५) ब्रन्ली होम वर्क एन्ड हेल्प सल्बर

ज्ञान जति बाँड्यो त्यति नै बढ्छ I त्यस्तै ब्रन्ली होम वर्क एन्ड हेल्प सल्बर एपबाट आफ्नो जिज्ञासा अन्य विद्यार्थी माझ राख्न सकिन्छ I जसले गर्दा आफ्नो भन्दा भन्न दृष्टिकोणहरूबारे पनि राम्रो ज्ञान विकास हुँदै जान्छ I

तस्वीर : 1mobile.com

थप, आफ्नो आँखालाई मोबाइलको लाइटबाट जोगाउन लाइट फिल्टरका एपहरू प्रयोग गर्दा उपयोगी र सुरक्षित रहन सकिन्छ I

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

१५ मिनेट अगाडि ५८ सेकेन्डमा पढिने

आफु र अरु बीचको सन्तुलन !

२ दिन अगाडि १ मिनेटमा पढिने