रक्तदान कार्यक्रमको मोडालिटी यस्तो हुदो रहेछ !

रक्तदानको विकल्प छैन

हाम्रो कथा २०७५ फागुन ६ गते १८:०२

रेड क्रसको एक प्रेरणादायी भनाई छ, यदि यो तपाईँको पहिलो पटकको रक्तदान हो भने अघि बढौँ किनकि यही सही समय हो I

रक्तदानको विकल्प छैन !

मानव रगतको केही विकल्प छैन I मेडिकल साईन्स र प्रविधि जति विकसित भए पनि स्वच्छ रगत त मात्र मान्छेहरूबाट उपलब्ध छ I हस्पिटल, क्यान्सर सेन्टर र क्लिनिकहरूलाई स्वच्छ रगतको आवश्यकता सधैँ पर्छ I रेड क्रसले अमेरिकामा गरेको एक सर्वे अनुसार ३८ प्रतिशत अमेरिकी व्यक्ति रक्तदान गर्न योग्य छन्, यद्यपी १० प्रतिशत भन्दा कम व्यक्तिले मात्र रक्तदानका लागी अघि सर्दछन् I

सामान्य तय, रक्तदाताहरुले यी तीन कुरा याद राखौँ :-

१) आफू स्वास्थ्य महसुस गर्दा मात्र रक्तदान गरौँ I कतै असहज वा अस्वस्थ महसुस गरे, रक्तदान न गरेकै राम्रो हुन्छ I

२) धेरै जसो राष्ट्रहरूमा रक्तदान गर्न कम्तीमा उमेरले १७ वर्ष पुगेको हुनुपर्छ

३) शरीरको तौल कम्तीमा पनि ११० पाउन्ड हुनुपर्छ I

रक्तदानको क्षेत्रमा अग्र सर्ने संस्थाहरूको काम गर्ने मोडालिटी र नेपालको सन्दर्भमा उनीहरूको सुझाव र अपेक्षाबारे बुझे रक्तदानको औचित्य अझ राम्रो सँग बुझिन्छ भन्ने विश्वासका साथ रक्तदान कार्यक्रममा नियमित अग्रसर रहेको संस्था ‘BloodPal ब्लड पल’ एकका सक्रिय कार्यकारी युवा सुसन कर्माचार्यले रक्तदान बारे अन्योल परेको कुराहरू स्पष्ट गरेका छन् I

हाम्रो कथा : समय समयमा रक्तदात गर्नु किन आवश्यक छ ?

सुसन कर्माचार्य : हाम्रा रगतका कोषहरुको आयु केही महिना लामोमात्र हुन्छ I स्टानफोर्ड ब्लड सेन्टरको जानकारी अनुसार एउटा रातो रक्त कोषको आयु १२० दिन मात्र हो I हामीले एक पटक रक्तदान गर्दा तीन जनाको ज्यान बच्न सक्छ I सँगै रक्तदातालाई स्वास्थ्यको हिसाबले पनि त्यतिकैमा फाइदाहरू छन् I

— शरीरको रगत सफा गरिन्छ I

— क्यान्सर र मुटु रोगको रिस्क कम गर्छ I

— शरीरको छाला सफा रहन्छ I

यदि आफ्नो केही थोपा रगत दान गरी धेरैले नयाँ जीवन पाउँछन् भने, रक्तदान किन नगर्ने ?

हाम्रो कथा : एक स्वास्थ्य व्यक्तिले, कति महिनाको अन्तरालमा रक्तदान गर्दा राम्रो हुन्छ ?

सुसन कर्माचार्य : सामान्य तय ३ महिनाको अवधिमा रक्तदान गर्न सकिन्छ I

हाम्रो कथा : रक्तदान कार्यक्रम सम्पन्न भएपछि, रगत कहाँ जान्छ ?

सुसन कर्माचार्य : रक्तदान कार्यक्रम आयोजना गर्नु अघि नै ब्लड ब्यांकमा के कस्तो माग छ भन्ने विचार पुर्‍याएर गर्ने हो I कतिपय अवस्थामा ब्लड ब्यांकले रगतको माग सामाजिक सङ्घ संस्थाहरूबाट गरेपछी रक्तदान कार्यक्रम आयोजना गर्ने हो I त्यसैले, रक्तदान भनेको सामाजिक सङ्घ संस्था र रक्त सञ्चार केन्द्र ‘ब्लड ब्यांक’ ले मिलेर व्यवस्थापन गर्ने प्रक्रिया हो I

हाम्रो ब्लडपलको सन्दर्भमा हामी बिरामीहरूले नै सिधै सम्पर्क गर्ने माध्यम बनेका छन् I त्यस्तै, काठमाडौँका आस्पतालहरुले पनि हामीलाई सम्पर्क गर्न सक्ने मध्यम बनाएका छौँ I

हाम्रो कथा : विगतका केही महिनाको सन्दर्भमा  फ्रेस रगतको माग के-कति छ ?

सुसन कर्माचार्य : यसको खासै औपचारिक अध्ययन हुन सकेको छैन I त्यसैले औपचारित तथ्याङ्क छैन I तर सामाजिक सङ्घसंस्थाको अनुभव र अध्ययन अनुसार काठमाडौँ उपत्यकामा दैनिक ४०० पिन्ट रगतको माग छ I त्यस्तै, नेपाल भरी दैनिक ६०० देखि ७०० पिन्ट रगतको आवश्यकता देखिएको छ I

हाम्रो कथा : सामाजिक संस्थाहरूले रक्तदान कार्यक्रम आयोजना गर्दा कसरी टिम बनाउँछ ? काम कसरी हुन्छ ?

सुसन कर्माचार्य : ‘BloodPal ब्लड पल’ को उदाहरणबाटै बुझौँ I हामीसँग स्थायी स्वयंसेवकको टिम नेपालका १३ ठाउँमा हुनुहुन्छ I १३ वटा टिमलाई केन्द्रीय टिमले व्यवस्थापन गर्ने भूमिका निर्वाह गर्छ I

त्यसबाहेक, ब्लड पल फेसबुक ग्रुप, ब्लड पल कम्युनिटी र ब्लड पल फेसबुक पेजको मध्यमबाट सर्व-साधारणसँगको सञ्जालमार्फत अघि बढिरहेको छ I सर्व-साधारणको माग अनुरूप टिम परिचालन गर्ने हो I

रक्तदाताहरुले रक्तदान गर्न जाँदा के-कस्तो अपेक्षा बोकेर जाने ?

साधारण तय रक्तदान गर्न ४५ मिनेट देखि १ घण्टा समय लाग्छ I प्लेटलेट्स दान गर्ने हो भने २ घण्टा समय लाग्छ I तर, रक्तदान को मूल कार्यलाई १० मिनेट समय मात्र लाग्ने हो I

पहिलो २० मिनेट सामान्य स्वास्थ्यको बारेमा सोधपुछ I थप औलामा सानो सुई छोपेर आइरन लेभल, शरीरको तापक्रम, रक्तचाप, मुटुको धंकन इत्यादि जस्ता आवश्यक जाँच गरिन्छ I पछिल्लो १५ मिनेट आराम गर्ने र हलुका केही खानेकुरा खुवाउँदा राम्रो हुन्छ  I

दान गरी सकेको रगत कुनै बिरामीलाई दिँदा रगतलाई पुर्न जाँच गरिन्छ I रगतमा एचआईभी, हेपेटाइटिस बी र सी, सिफिलिस जस्ता ईन्फेक्सनको जाँच गरिन्छ I यसरी रक्तदानको प्रक्रियालाई सुरक्षित बनाइन्छ I

याद राखौँ कि, कुनै गाडी दुर्घटनामा परेको बिरामीलाई बचाउन १०० पिन्ट रगत आवश्यक पर्दछ I त्यसैले पनि रक्तदान गर्न योग्य व्यक्तिले रक्तदान गर्नु पर्दछ I

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२२ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने