नेपालमा उद्यमशीलताको आवश्यकता – किन ?

अर्थशास्त्रको दृष्टिकोणबाट बुझौं !

हाम्रो कथा २०७५ फागुन ५ गते १५:३९

धेरै अध्ययनहरूले उद्यमशीलतालाई विभिन्न राष्ट्रहरूको विकासको स्थिति सँग दाजेर बुझाउछन् I अध्ययनहरूले बताएका छन् कि उद्यमशीलताको विकास उन्मुख राष्ट्रहरूको आवश्यकता हो I विकास उन्मुख राष्ट्रहरूमा उद्यमशीलताको परिणाम राम्रो आउँछ I राष्ट्रको थप विकास, आविष्कारमा टेवा पुर्याउछ I तर, विकसित राष्ट्रमा भने उद्यमीहरूले समाजलाई त्यति योगदान पुर्‍याउन सक्दैन I

उद्यमशीलता निरीक्षक संस्था  “Global Entrepreneurship Monitor’ ले वर्गीकरण गरेको छ कि कुनै पनि राष्ट्रको अर्थव्यवस्थाहरू कारक-प्रेरित, दक्षता-प्रेरित वा नवाचार/ आविष्कार मुखी हुन्छन्  र उद्यमशीलता कम विकसित अर्थतन्त्रमा बढी व्यापक छ।

यस्तो किन ?
सन् १९९१ मा अज्जेनले प्रतिपादन गरेको ‘योजनाबद्ध व्यवहारको सिद्धान्त’ को मोडेलमा दुई कारकहरूको कुरा आउँछ :-
पुस्स ‘push’ फ्याक्टर : उपलब्ध अवसरहरूसँग असन्तुष्टता
पुल ‘pull’ फ्याक्टर : राम्रो आय वा उच्च स्थितिको लागि इच्छा

यस्तै परिपेक्षमा नेपाल जस्तो देशमा हामीले यी दुई फ्याक्टरहरुको सामना गर्दै आएका छौँ I हो, यसैले उद्यमशीलतालाई जन्म दिन पुग्छ I अनि उद्यमशीलताको कन्सेप्टबाट उद्यमीहरू जन्मिएI

अर्थ शास्त्रको अर्को सिद्धान्तबाट पनि हेरौँ !
माग र पूर्ति ‘डिमाण्ड र सप्लाई’ को नियमबाट बुझौँ I
“माग” कार्यस्थानको अवसर हो I अर्थात्, हाम्रो काम, जागिर, पेशाले जे मागेको छ; हामीले त्यही दिनु पर्छ I
“पूर्ति” व्यक्तिगत क्षमताहरू र प्राथमिकताहरू हो । हाम्रो काम, जागिर, पेशाले जे मागेको हुन्छ; हामीले आफ्नो व्यक्तिगत क्षमताहरूबाट परिपूर्ति गर्ने हो I

तर, कम विकसित देशहरूमा सबै वर्गका युवाहरूलाई कार्यस्थानमा काम लगाउने माग राख्दैन I युवा वर्गले आफ्नो परिवार, समाज र राष्ट्रको लागी योगदानको चाहना बोक्नु स्वाभाविक हो I त्यसैले, उनीहरूले उद्यमशीलताको बाटो रोज्न पुग्छन् I

अब ‘म्याक्रो-अर्थशास्त्र’ को परिपेक्षबाट पनि हेरौँ I सामाजिक स्तरमा, विश्वविद्यालयहरूमा भने कुन विद्यार्थीमा उद्यमी बन्ने गुण बढी छ र कुन विद्यार्थीमा कम छ भन्ने कुरा भने छुट्टाएर उनीहरूको सीप विकास गर्ने, भिन्न तरिकाले तिनलाई पढाउने भने गरिँदैन I यस सामाजिक परिपेक्ष अनुरूप उद्यमशीलता, कुनै युवाको छनोट हो I आफुलाई अघि बढाउने, समाजमा परिवर्तन ल्याउने विकल्प हो I

त्यसैले पनि विकसित राष्ट्रहरूमा उद्यमी भन्ने सोच धेरैले बोक्दैनन् I किनकि, उनीहरूले कल्पना गरेको आविष्कार, सेवा अन्य ठुल-ठुला कम्पनी छन् जसले राम्रो सँग सो-सेवा दिन सफल भएकै छन् I त्यस्तो अवस्थामा आफ्नै उद्यम सुरु गर्नु भन्दा सो-कम्पनीमा काम गरेर एक युवाले आफ्नो सपना पुरा गर्न सक्छ I उसले आफ्नो सानो उद्यम सुरु गरे उअसको सपना पूरा नहोला I

त्यसैले उद्यमशीलता यस्तो साधन हो जसले गरिब र विकास उन्मुख राष्ट्रहरूलाई माथि पुर्याउछ I

ग्लोबल इन्टरप्रेनरसीप रेसले हालै गरिएको एक विश्लेषण अनुसार उद्यमशीलताले मुख्यतय विकासका ३ सूचकहरूमा योगदान पुर्यौउछ :-
१) रोजगारी सिर्जना
२) आविष्कार
३) उत्पादकता र विकास

यसले पुष्टि गर्दछ कि हामीले राष्ट्रको विकास स्तर अनुरूप उद्यमशीलताको औचित्य बुझ्न सक्नु पर्छ I

प्रस्तुती: बिबिता कोइराला

प्रतिक्रिया