शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) को भूमिका के ?

ब्रिति इन्टरनेशनल एड्युकेसनका संचालक विष्णु दाहालको संदेश

हाम्रो कथा २०७५ फागुन ४ गते १८:२३

तस्वीर : Usit

हाम्रो कथा : नेपाली विद्यार्थी उच्च शिक्षाको लागी विदेश जान सहयोग गर्ने  शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) को भूमिका कस्तो छ ? उच्च शिक्षाका निम्ति विदेशीने विद्यार्थीका निम्ति कत्तिको उपयोगी छ ?

विष्णु दाहाल : अहिले हाम्रो बजारमा दुई किसिमका परामर्श दिने कन्सल्टेन्सी छन् । एउटाले नैतिक ‘इथिकल’ परामर्श दिन्छ र अर्को अनैतिक ‘अनइथिकल’; ‘अनइथिकल’ काउन्सिलिङ्ग (परामर्श) भन्नाले भिसा, पि.आर जस्ता कुराहरूको लोभ देखाएर विद्यार्थीको सोचलाई परिवर्तन गरिदिने किसिमका हुन्छन् । अधिकांश विद्यार्थी मेरो भिसा लाग्छ कि लाग्दैन भन्ने अपेक्षा बोकेर आएका हुन्छन् । अधिकांश विद्यार्थी मैले त्यहाँ गएर पि.आर पाउँछु कि पाउँदिन भनेर सोचेर आएका हुन्छन् । जुन सोचाइ गलत हो ।

अस्ट्रेलिया होस् या अमेरिका जहाँ गए पनि पढ्न जाने भनेपछि पक्कै पनि हाम्रो भन्दा उत्कृष्ट कलेज तथा विश्वविद्यालय त्यहा छन् । उनीहरूको उच्च विकासको हिसाबले ब्यवस्तापन पनि त्यहीँ स्तरको हुन्छ । जहाँ प्राविधिक विषय भयो, नर्सिङ विषय भयो । सबै कुराहरूमा चाहिँ राम्रो ज्ञान, अनुभव हासिल गरेर त्यसलाई यही आएर केही गर्छु भन्ने सोचले जानु पर्छ । त्यसो गर्नेहरू सफल पनि भएका छन् ।

हाम्रो कथा : उच्च शिक्षाका निम्ति (कन्सल्टेन्सी) परामर्श सस्थाहरुको भूमिका के हो ?

विष्णु दाहाल : कन्सल्टेन्सीहरूको कुरा गर्दा विद्यार्थीले कुनै अपेक्षा लिएर यहाँ आउनु भएको छ भने हामीले विद्यार्थीलाई अनुकूल सेवा दिनुपर्ने हुन्छ । जस्तै:- तपाईँ अस्ट्रेलिया को निम्ति मेरो कन्सल्टेन्सीमा आउनुभयो । तपाईँ व्यवस्थापन पढ्ने अपेक्षाका साथ यहाँ आउनु भएको छ । अब मेरो के जिम्मेवारी हुन्छ भन्दा; तपाईँ अस्ट्रेलियामा गएर तपाईलाई कसरी लाभदायी हुन्छ भन्ने कुरा मैले प्रष्ट पार्ने हो I  अथवा बेलायत गएर पढ्दा ठिक हुन्छ कि या भारतमा गएर पढ्दा ठिक हुन्छ ? यस विषयमा प्रकाश पारिदिने हो I

यहीँ हाम्रै नेपाल पढ्दा राम्रो हुन्छ कि ? भन्ने विकल्पमा पनि विचार गर्न विद्यार्थीलाई सहयोग गर्ने हो । यी कुराहरू मैले विद्यार्थीलाई बुझाउन सक्नु पर्ने हुन्छ । अर्को कुरा विद्यार्थीको आर्थिक पक्ष हेर्नु पर्ने हुन्छ ।

अहिले सामान्य रूपमा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी अझ भनौँ सबै जोड्दा ९० प्रतिशत विद्यार्थी जसका अभिभावकको अपेक्षा चाहिँ एक पल्ट फि तिरेर पठाउने र अर्को चोटिको फि चाहिँ उसले आंसिक काम गरेर कमाउँदै तिरोस् भन्ने हुन्छ । त्यसको फलस्वरुपको घटना अहिले घटन थालेका छन। अहिले सिड्नीमा, मेल्बनमा यति धेरै मानिसहरू भई सके कि; स्थानीय सरकारले त्यहाँका विद्यार्थीलाई नै अन्यत्र सार्न नीतिगत काम नै गर्नुपर्ने अवस्था आयो । अब यस्तो अवस्थामा त्यहाँका कलेजहरूले बाहिर का विद्यार्थी ल्याएर पढाउँ नसक्ला अथवा त्यो अवस्थामा विद्यार्थीले पार्ट टायम काम नपाउने पनि हुनसक्छ ।

हाम्रो कथा : अहिले बाहिर गएर पढ्ने सोच बनाई रहेका विद्यार्थीले साधारणतय के-के कुरामा ध्यान पुर्‍याउनै पर्ने हुन्छ ?

विष्णु दाहाल : पहिलो कुरो त विद्यार्थीले आफ्नो +२ को ग्रेड हेर्नु पर्ने हुन्छ । ‘बि’ अथवा ‘बि+’ भन्दा माथि नभईकन उच्च शिक्षाका निम्ति विदेश जाने सोच बनाउनु भएन ।

दोस्रो कुरो त्यहाँको  कुनै पनि विश्व-विद्यालयमा जानको लागि आफूलाई चाहिने आवश्यकता के-के हो ? आईयाल्ट्स /टोफेल लगायतका अनिवार्य आवश्यकता  हुन्छन् । अनि कन्सल्टेन्सी गएर परामर्श लिई सकेपछि विद्यार्थी आफैले पनि रिसर्च गर्नु आवश्यक छ । किनभन्दा नेपालमा कति कन्सल्टेन्सी योग्यता हासिल नभएका छन् । कतिले योग्यता हासिल गरे पनि उनीहरू क्यान्डीडेटहरूलाई एक किसिमले आर्कै उद्देश्य प्रेरित गर्दिन्छन् । जस्तै; मानौँ तपाईँ अस्ट्रेलिया गएर कृषि पढ्ने उद्देश्यले मेरो कन्सल्टेन्सी आउनु भएको छ तर मलाई त्यो विषयमा राम्रो ज्ञान छैन र यो विषयका निम्ति विद्यार्थी पठाएको छैन भने मैले तपाइलाई के भन्दिन सक्छु भने यो विषयमा भिसा पाउन गाह्रो छ भन्दिन्छु । यसरी विद्यार्थीको सोचलाई परिवर्तन गर्दिन्छ । यो हुनु भएन र अर्को कुरा चाहिँ आफ्नो परिवारको आर्थिक पृष्ठभूमि पनि हेर्नु पर्ने हुन्छ ।

हाम्रो कथा : किन धेरै जसो विद्यार्थीको उच्च शिक्षाका निम्ति बाहिर जान खोज्छन् ? अनि के कुरा ध्यान दिन नसक्दा भिसा नपाउने जस्ता समस्या भोग्न्नु परेको देख्नुहुन्छ ?

विष्णु दाहाल : मैले देखेको त मुख्य कारण विद्यार्थी र अभिभावक बिच असमझदारी नै हो । अभिभावक चाहन्छ आफ्नो छोरा या छोरी यही बसोस्\यहीँ पढोस् तर विद्यार्थी चाहन्छन् बाहिरै गएर पढ्न । उनीहरू यहाँ बस्ने चाहन्दैन्न । यसको कारण भनेको हाम्रो युनिभर्सिटीहरूले पढाउने कोर्स भनेको अठारौँ शताब्दीका जस्ता छन् । उनीहरुले पढ्न चाहेको विषय र शैली नेपाली विश्वविद्यालयले आप्नाउदैनन भन्ने गुनासोले बाहिर जान खोज्छन् I देश वातावरण पनि उनीहरूले चाहे अनुरूपको छैन । अब यो भिसा नपाउने कारण चाहिँ विद्यार्थीले राम्रो नबुझी सबै आवश्यक ज्ञान बिना नै प्रक्रियागत काम गर्नु हो ।  कतिको सवालमा भने कन्सल्टेन्सीहरूका परामर्श दाताको गलत रूपको परामर्श पनि हो ।

तस्वीर : Nepali Page

हाम्रो कथा : पछिल्लो समय उच्च शिक्षाका निम्ति बाहिर गएर उच्च शिक्षा संगै सिप हासिल गरी आफ्नै देशमा फर्केर स्वरोजगार बन्ने युवाहरू के-कस्तो उदाहरण छ ?

विष्णु दाहाल : बोता म:म धेरैले देख्नु भएको होला, त्यहाँ गएर म:म खानु पनि भएको होला, जुन एउटा सबै भन्दा राम्रो उदाहरण हो । पछिल्लो समय सिप र शिक्षा हासिल गरेर यही आएर सफल बन्ने युवाहरूको राम्रा-राम्रा उदाहरणहरू छन् । बैङ्किङ्ग क्षेत्रमा छन्, व्यवस्थापन क्षेत्रमा छन् । यस्ता युवाको राम्रो उदाहरण छन् ।

(यस लेखमा मात्र प्रारम्भिक जानकारी समावेश गरिएको छ। आगामी दिनहरुमा एड्युकेस्नल कन्सल्टेन्सीबारे थप नीतिगत कुराहरुमा पनि जानकारी गराउने छौँ। )

तस्वीरमा : विष्णु दाहाल

प्रस्तुती : ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने