दुरदेशकी महारानी

प्रणय दिवस विशेष

शंखू प्रसाद जैसी २०७५ फागुन २ गते १७:१७

झ्याल सिसाहरु फुटाउदै प्रत्याक्रमण गर्यो

म हठात हठात झसङ्ग विउँझे

सबै बस्तुहरुले युद्ध घेरा भित्र आत्म समर्पण गरिसकेका थिएँ

रुदै थिएँ किताबका पानाहरु युद्ध घेराभित्र

म कर्तव्यविमुख भए

परिचित उसले युद्ध घेराभित्र पारेको थियो

युद्ध घेराभित्र हारेको सिपाही झैँ

आत्मसर्मपण गर्छु परिचित उसँग

आज पनि आएछ

हिजो बुद्ध भएर आउने उ

आज रावण भएर आउछ भन्ने मलाइ के थाहा

विवस्तापूर्ण मेरा आत्मसमर्पण पछि

उसलाई पनि लाग्यो होला

दिलभित्र काँडा रोपिएको सिपाहीलाई

फेरि काँडा रोप्नु युद्धको नियती होइन

उ हिजो कुनै बुद्ध विहारको मुर्ती जस्तै थियो

आज हिटलरका युद्धवाहक सिपाही जस्तै उभिएको छ ।

सायद उ समुद्र पारिबाट

समुन्द्री छालसँग युद्ध गरेर

समुन्द्र पारिको कुनै दूर सहरबाट ।

वा !

मौलेहरुको देशबाट आएको हुनुपर्छ

र त

हिजो कोकिल धुन छर्ने उसले

आज कागको ट्यार ट्यार गदैछ

विवस्तता पूर्ण हारमा देखेर उसले भन्न थाल्छ

हिजो चौतारामा वरपिपललाई साँची राखेर

तिमीले केस सुम्सुम्याएकी महारानीको

हिमझरना जस्तै केशरी अरु कसले सुम्सुम्याउदै छ

हिजो पइतला सँग पैतला मिलाएर बाटोमा हिड्ने

आज अरुकसैसँग सपना बुन्दै छ

त्यो दुर समुन्द्र पारिको सहरमा

त्यो दुर समुन्द्र पारिको मौलेहरुको देशमा

ए तिमी युद्ध जितेको सिपाही हो भने

गएर त्यो दुर सहरमा

उनी बसेको ठाँउमा

मलाई जस्तै तिम्रो युद्ध घेराभित्र आत्मसमर्पण

गराइ देउन, उनलाई पनि

उसलाई पनि हराइदेउन म जस्तै

ए हावा उसलाई पनि हराइ देऊन

म जस्तै

म जस्तै

त्यो दुर समुन्द्र पारिको सहरमा

समुन्द्र पारिको महारानीलाई

समुन्द्र पारिकी महारानीलाई ।।।

प्रतिक्रिया
लोकप्रिय