एक वर्षमै १०१ स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय

सीटीईभीटीबाट अहिलेसम्ममा करिब ७ लाख विद्यार्थीले प्राविधिक शिक्षा प्राप्त गरेका छन् । जसमध्ये ७५ प्रतिशत रोजगारीमा आबद्ध छन् ।

हाम्रो कथा २०७५ फागुन २ गते १६:०४

सीटीईभीटीका सदस्य सचिव डा. पुष्परमण वाग्लेले बताए अनुसार हामीसँग जहानदार र वर्गीकृत छात्रवृत्ति गरी कुल ६०,८६९ विद्यार्थीलाई १० प्रतिशत छात्र वृद्धि दिएका छौँ I ६ हजार विद्यार्थीलाई त पूर्ण छात्र वृद्धि छ I यसरी अवसरको पहुँच कम भएको समूह जस्तै गरिब, दलित, मुस्लिन समुदायलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि छ I

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले यो वर्ष मात्र १०१ स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय स्थापना गरेको छ । सीटीईभीटीको इतिहासमा यति धेरै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएको यो पहिलोपटक हो । सीटीईभीटी स्थापना भएको करिब तीन दशकको अवधिमा १९१ स्थानीय तहमा मात्र प्राविधिक शिक्षालय स्थापना भएको थियो । अहिले देशभर २९२ स्थानीय तहमा आङ्गिक र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पहुँच पुगेको छ ।

गएको बर्ष फागुन ३ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहाली गर्नुहुँदा सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीज्युको घोषणा कार्यान्वयन गराउने क्रममा सीटीईभीटीले सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन पुर्वाधारको व्यवस्थापनलाई तिव्र्र्रता दिएको छ ।

यो एक बर्षको अवधिमा १४ वटा आङ्गिक प्राविधिक शिक्षालय थपिए । २१२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा टीइसीएस थपिएका छन् । गएको बर्ष बार्षिक भर्ना क्षमता ४८ हजार ४९१ थियो । यो बर्षको भर्ना क्षमता बढेर ६० हजार ८६९ पुगेको छ । सीटीईभीटी अन्र्तगत ८७६ प्राविधिक शिक्षालयले लामो अवधिको कार्यक्रम सञ्चालन गर्न सम्बन्धन पाएका छन् । यस्तै छोटो  अवधिको तालिम सञ्चालन गर्न १ हजार ७८ प्राविधिक शिक्षालयले अनुमती लिएका छन् ।

सबै वर्गलाई प्राविधिक शिक्षाको पहुँच पुर्याउन भर्ना क्षमताको १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको छ । राज्यको पहुँच बाहिर रहेका बिद्यार्थीलाई बिशेष छात्रवृत्ति कार्यक्रम अन्र्तगत निर्वाह भत्ता सहितको सुविधा उपलब्ध गराईएको छ । यो बर्ष ४ हजार ८७० जना यस्ता बिद्यार्थीले खान–बस्न, पोशाक र यातायत खर्च सहित छात्रवृत्ति प्राप्त गरेका छन् ।

सीटीईभीटीबाट अहिलेसम्ममा करिब ७ लाख विद्यार्थीले प्राविधिक शिक्षा प्राप्त गरेका छन् । जसमध्ये ७५ प्रतिशत रोजगारीमा आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने