कृषि क्षेत्रको भविष्य : भर्टिकल फार्मिङ्ग

संयुक्त राष्ट्र जनसङ्ख्या विभाग अनुसार सन् २०५० सालसम्म विश्वको जनसङ्ख्या ९.२ बिलियन पुग्ने अनुमान छ, त्यसको अर्थ २.३ बिलियन थप जनसङ्ख्यालाई खुवाउने र बचाउने भार हामीमा छ र अहिलेको कृषि योग्य जमिन यसको लागी पर्याप्त छैन I

हाम्रो कथा २०७५ माघ २८ गते १७:५१

तस्वीर: Oregon Family Farm

खेती भन्ने बित्तिकै हामीले सोच्ने खुल्ला खेत, ट्राक्टर, मलिलो माटो नै हो भने यो सोच पुरानो भयो I संयुक्त राष्ट्र जनसङ्ख्या विभाग अनुसार सन् २०५० सालसम्म विश्वको जनसङ्ख्या ९.२ बिलियन पुग्ने अनुमान छ, त्यसको अर्थ २.३ बिलियन थप जनसङ्ख्यालाई खुवाउने र बचाउने भार हामीमा छ र अहिलेको कृषि योग्य जमिन यसको लागी पर्याप्त छैन I यही समस्या को समाधान हो, भर्टिकल  फार्मिंग, जहाँ खण्डा-खण्डा, तला-तलामा कुनै कोठा, कारखाना भित्रनै खतीको सुरुवात गर्न थालिएको छ I भर्टिकल फार्मिङ्ग विशेष गरी हरियो साग सब्जी, फलफुल र साना बिरुवामा फल-तरकारी-अन्न उमार्न सफल प्रमाणित भई सकेको छ I

भर्टिकल फार्मिङ्ग गर्दा ९५ प्रतिशत कम पानी, करिब शून्य माटो र शून्य घामको निर्भरतामा उब्जनी हुन्छ I रसायन प्रयोग गर्नै मिल्दैन र घामको आवश्यकता एल.ई.डि लाईटबाट पुरा गरिन्छ I फालेका तारकारी, फलफुलको पोषण नाप्दा गुणस्तरमा केही कमी छैन I

उब्रन कृप सल्युसन (Urban Crop Solution) सन् २०१५ मा सुरु भयो, विश्वको एक विशाल र फैलिँदै गइरहेको भर्टिकल  फार्मिङ्ग कम्पनी हो I जहाँको मुख्य विशेषता भनेकै ६५०० स्क्वायर मिटरमा ९ लाख किलो उब्जनी हुन्छ I यसैमा पाराम्परागत खेतीमा ४०प्रतिशत कम उब्जनी हुन्छ I अबको बढ्दो आधुनिक युगको समाधान बन्दै छ,  भर्टिकल फार्मिङ्ग I अहिलेसम्मको प्रगतिको तथ्याङ्क हेर्ने हो भने सन् २०१६ मा भर्टिकल फार्मिंगबाट कुल २६८ मिलियन अमेरिकी डलरको आम्दानी भई सकेको छ I भर्टिकल फार्मिङ्ग सुरु गर्दाको लागत, परम्परागत खेती भन्दा निकै धेरै छ, तर यसको फाइदाहरू दिर्घकालमा अझ धेरै छन् I

नेपालमा पनि सीमित युवा कृषकहरूले भर्टिकल फार्मिङ्ग निम्न स्तरमा सुरु भई सकेको छ तर यसको परिणाम हेर्न अझ केही समय हामीले प्रतीक्षा गर्नु पर्छ I यस रिपोर्टबाट हामीले सिक्यौँ कि प्रविधिको विकास र उद्यमशीलताले नै विश्वमा आई पर्ने समस्या समाधान गर्ने हो I उद्यमी बने आफू, आफ्नो परिवार र समाजको हामी आफैले गर्ने रहेछौँ I

तस्वीर: The MBS Group

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने