गृहणी बनिन फोटोग्राफर

मधेशको समुदायमा जहाँ महिला र पुरुषको काममा विभेद गरिन्छ त्यहा फोटोग्राफि गरेर इन्दु देवीले। कुनै पनि काम महिला र पुरुषको लागी छ्ट्याईएको छैन ।

बिमला गुप्ता २०७५ माघ २७ गते १७:१३

फोटो खिच्ने व्यवसाय सुरु गरेर ईन्दु देवी साह समाजका हरेक महिलाहरु का लागी उदहारणी पात्र बनेकी छिन् । बारा जिल्लको बरियारपुरमा अवस्थित महागढिमाई मन्दिर परिसर भित्र फोटो खिच्ने व्यवसाय सुरु गरी ईन्दु देवी साहले आफ्नो कामको कला देखाई मन्दिर भित्र आउने सम्पुर्ण दर्शनार्थीहरुलाई अचम्मित पारेकी छिन् ।

अहिलेको आधुनीक युगमा महंगो मोबाईल तथा क्यामेरा बोकेर आउने दर्शनार्थीहरु उनको कामको कदर गर्दै एक पटक भएपनि फोटो खिचाउन चाहन्छन ।

सर्लाहिको सिसौटिया गाँउमा जन्मिएकि ३८ वर्षीया इन्दु देवी साहको विवाह पनि सर्लाहि कै पिडारी भन्ने गाँउमा भयो । उनको श्रीमान् विरेन्द्र प्रसाद साह पेशाले फोटो ग्राफर हुन् । श्रीमान त्यसबेला भारतको बम्बई हुदै गोवा मा बसोबास गरी फोटोग्राफि गर्थे । इन्दु देवी भने तिन सन्तानकि आमा एक कुशल गृहणी थिईन । घरको काम धन्दासगै ६० बर्षिय वृद्ध सासु आमाको स्याहर्ने जिम्मेवारी पनी उनकै कांधमा थियो । त्यसबेला गढिमाई मन्दिरको दर्शन गर्न आउदा मन्दिरको मनोहर दृश्य तथा भक्तजनहरुको उल्लेखनिय भिडले, मन्दिर परिसर भित्रै स्टल लगाई फोटो खिच्ने व्यवशाय सुरु गर्न इन्दुले आफ्नो श्रीमान्संग सल्लाह गरिन । बाहिर जानु भन्दा आफ्नो देशमै स्वरोजगार गरी बस्ने दवैले मनसाय बनाए ।

२०६८ सालमा २ लाखको लागतमा क्यामेरा र फोटो प्रिन्टरको साथमा स्टुडियोको सुरुवात गरे । इन्दु सुरुमा श्रीमानसँगै सहयोगीको रुपमा स्टुडियोमा बस्न थालिन् । ग्राहकहरुको चाप पनि बढ्दै गयो । श्रीमान काम बिशेषले बाहिर जाँदा ग्राहकहरु फोटो खिच्न नपाएर फर्किन थालेपछि उनी श्रीमानलाई सघाउने मनसायले श्रीमानसंगै फोटोग्रफि सिकिन । त्यस पछि श्रीमान विरेन्द्र साह बाहिरी काम निर्धक्क भएर सम्हाल्न थाले र श्रीमति इन्दु देवीले स्टुडियोको सम्पुर्ण जिम्मेवारी सम्हालिन ।

सुरुमा इन्दु देवीले आफ्नो स्टुडियोमा फोटो खीच्ने काम देखी सुरुवात गरेपनी अहिले भने आफ्नो पसलमा गढिमाईको तस्बिर र त्यस आसपासको पर्यटकीय दृश्य खिचेर अन्य खुद्रा पसले, दर्शनार्थी तथा बाहिरी पर्यटकहरुलाई आकर्षक फ्रेमीङ्ग गरी बिक्री गर्छिन । साथै उनले आफ्नो स्ट्डियोमा अन्य फोटोहरुको फ्रेमीङ्ग गर्ने तथा फोटोकपि गर्ने मेसिन पनी राखेकीछिन् । ग्राहकहरु उनको काम प्रति सन्तुष्ट छन् । फोटो बिग्रीयो भनेर कहिल्लै गुनासो सुन्न पाएको छैन भनेर उनले बताइन ।

इन्दु देवीले एक प्रति फोटो खिचेको ४० रुपैयाँ लिने गर्छिन । अहिले उनको दिनको कमाई दुई हजारसम्म हुने गरेको छ । दशैंको बेला तथा पञ्चवर्षिय गढिमाई मेलाको बेला कम्तिमा दिनको पाँच हजार सम्म आम्दानी हुने गरेको उनले बताईन । त्यसबेला त बाहिरी दर्शनार्थीहरुको अधिक चाप हुने भएकाले यस भन्दा पनि बढि कमाई हुनेगरेको उनको श्रीमान बिरेन्द्र साहको भनाई छ ।

६ वर्ष दखी फोटोग्राफि गरीरहेकि इन्दु देवी साहले भन्छिन “सुरुमा त समाजको आलेचना सुने तर अब तिनै समाजबाट प्रशंसा सुन्न पाउदा निक्कै मन हर्षित हुन्छ”। इन्दु देवीको जेठो छोरा काठमांडौ बसेर सिभिल ईन्जिनियरको पढाई गर्दैछन् भने माईली छारी स्नात्तक तहमा र कान्छो छोरा कक्षा १० मा अध्यनरत छन् । गाँउमा रहेको खेतबाट आएको आम्दानीबाट बच्चहरुको पढाई खर्च निस्कन्छ भने स्टुडियोको कमाईबाट घर खर्च चल्ने गरेको उनले बताईनी । घरको काममा महिला र पुरुषको भेदभाव छैन । सासु घरको काममा नसघाउन सकेपनि स्टुडियोमासंगै आएर बसिदिने गर्छिन् ।

मधेशको समुदायमा जहाँ महिला र पुरुषको काममा विभेद गरिन्छ त्यहा फोटोग्राफि गरेर इन्दु देवीले यस कुराको साबित गरेकिछिन् कि काममा कुनै विभेद हुदैन । कुनैपनि काम महिला र पुरुषको लागी छ्ट्याईएको छैन ।

प्रतिक्रिया

सम्बन्धित

एक्लो जिन्दगीमा रमाउन सिकाए !

५ घन्टा अगाडि ४ मिनेटमा पढिने

नेपालमा उद्यमशीलताको आवश्यकता – किन ?

२ दिन अगाडि २ मिनेटमा पढिने