मेची पुल प्रयोगमा आयो, भद्रपुर वासी खुशी !

पुरानो सीमा नाका भद्रपुर गलगलिया जोड्ने मेची खोलामा ५ सय ६० मिटर लम्बाईको पुल बनेको हो । यसको चौडाई ९ दशमलव ८ मिटर छ । ३३ करोड रुपैंया लागतमा यो पुल निर्माण सम्पन्न भएको थियो । झापाको भद्रपुरस्थित मेची खोलाको यो पुलले भारतको बंगाल तथा विहार राज्यसंग नाका जोड्छ ।

हाम्रो कथा २०७५ माघ २५ गते १४:१६

भद्रपुर वासी खुशी र सन्तुष्ट छन् । पहिले सुनसान बजार । मेची पुल बनेसंगै अब चहल पहल बढ्ने स्थानीयको बिश्वास छ । गाउँमै व्यबसाय गर्न पाईने आशा पलाएको छ । हिंजोको सकस कति हो कति । वारपार गर्न गर्न खोलासँग युद्ध गर्नुपथ्र्यो । बर्षामा त वारिका मान्छे वारि अनि पारिका मान्छे पारि । तर अब यो सास्ती सधैका लागि सकियो ।

बिहिबार प्रधानमन्त्री ज्युले उदघाटन गरेसंगै मेची पुलको कथाले पनि नयाँ मोड लियो ।  कार्यक्रममा उहाँले अव कुनैपनि बहानामा विकासका काम अवरुद्ध नहुने स्पष्ट पार्नुभयो ।  एउटा पुलका लागि भद्रपुरवासीले सात दशक विताउनुपरेको तितो यथार्थ स्मरण गर्दै सम्माननीय प्रधानमन्त्री ओलीले विकास निर्माणमा हुने यस प्रकारको समस्यावाट अव जनताले मुक्ति पाउने बताउनुभयो ।

पुरानो सीमा नाका भद्रपुर गलगलिया जोड्ने मेची खोलामा ५ सय ६० मिटर लम्बाईको पुल बनेको हो । यसको चौडाई ९ दशमलव ८ मिटर छ । ३३ करोड रुपैंया लागतमा यो पुल निर्माण सम्पन्न भएको थियो । झापाको भद्रपुरस्थित मेची खोलाको यो पुलले भारतको बंगाल तथा विहार राज्यसंग नाका जोड्छ । साथै तेस्रो मुलुक बंगलादेशसंग पनि सवैभन्दा छोटो दुरी भएको नाका हो ।

पछिल्लो पटक २०६६ सालमा तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले ३ वर्षमा पुन निर्माण गर्ने भन्दै तेस्रो पटक सिलान्यास गरेका थिए । त्यसको ९ वर्षपछि मात्र बल्ल पुल निर्माण सम्पन्न भएको हो । यसको इतिहाँस यहिं रोकिदैन । यस अघि ०२४ सालमा तत्त्कालिन अञ्चलाधिश मनमोहन मिश्र र २०४१ सालमा तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले औपचारीक रुपमा पुलको शिलान्यास गरेका थिए । यस वाहेक स्थानिय स्तरवाट समेत पुल निर्माणका लागि पटक पटक गरेको पहल यत्तिकै खेर गएको थियो ।

तर वर्तमान सरकारले विकास निर्माणका काम जुन सरकारको पालमा सरुु भएपनि पुरा गर्नुपर्छ भन्ने दृढ अठोट लिएका कारण पुल निर्माण कार्यले पुर्णता पाउन सकेको हो ।

प्रतिक्रिया

सम्बन्धित

एक्लो जिन्दगीमा रमाउन सिकाए !

६ घन्टा अगाडि ४ मिनेटमा पढिने

नेपालमा उद्यमशीलताको आवश्यकता – किन ?

२ दिन अगाडि २ मिनेटमा पढिने