विवाह, शरीर र शारीरिक सुरक्षा सम्बन्धमा कानुनी व्यवस्था !!!

सोह्र वर्ष भन्दा कम उमेरका बालिका र महिलाका हकमा पनि उनीहरूको अधिकारको विषयलाई कानुनले सुरक्षित गरेको छ। सोह्र वर्ष भन्दा कम उमेरका बालिका माथि निजको सहमति मै भएका योन जन्य कार्यलाइ कानुनले स्वीकार्दैन ।

हाम्रो कथा २०७५ माघ २५ गते १६:३०

तस्वीर: Avvo Stories

जिउ मास्ने बेचेको
कसैले सोह्र वर्ष नपुगेको नाबालकलाई वा कुनै उमेरको भए पनि मजग बिग्रेको मानिसलाई कानुनी संरक्षणको मन्जुरीबेगर उसको संरक्षकत्बाट छुटाउने वा छुटाउनको निमित्त ललाउन फकाउन हुँदैन । सो बमोजिम छुटाए वा फकाएमा सो गर्नेलाई पाँच सय रुपैयाँ सम्म जरिवाना अथवा तिन वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

(हामी बुझ्नु पर्ने कुरा: सोह्र वर्ष भन्दा कम उमेरका बालबच्चा र मानसिक सन्तुलन गुमाएका मानिसहरू स्वयम्को स्वविवेकद्वारा परिचालन हुन नसक्ने भएकाले निजलाई अभिभावकको सहारा चाइने हुन्छ । साथै उनीहरुका हक-अधिकार पनि कानुनले सुरक्षित गरेको छ।)

जबर्जस्ती करणीको
कसैले कुनै महिलालाई निजको मन्जुरी नदिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेमा निजले जबर्जस्ती करणी गरेको ठहर्छ ।

(हामी बुझ्नु पर्ने कुरा: सोह्र वर्ष भन्दा कम उमेरका बालिका र महिलाका हकमा पनि उनीहरूको अधिकारको विषयलाई कानुनले सुरक्षित गरेको छ। सोह्र वर्ष भन्दा कम उमेरका बालिका माथि निजको सहमति मै भएका योग जन्य क्रियालाई कानुनले स्वीकार्दैन । साथै सोह्र वर्ष माथिका महिलाको हकमा भने निजको मंजुरी बिना हुने योनजन्य कार्यका विरुद्ध पनि कानुनी व्यवस्था रहेको छ।

बिहावारीको
बिहावारी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मन्जुरी भए अठार वर्ष र संरक्षकको मन्जुरी नभए बिस वर्ष नपुगी बिहावारी गर्न गराउन हुँदैन ।

(हामी बुझ्नु पर्ने कुरा: अभिभावकको मन्जुरी बिना कुनै पनि अठार वर्ष पुरा नभएका नागरिकको विवाहलाई कानुनले स्वीकृति दिएको छैन कानुनले निर्धारण गरेको उमेर भन्दा कममा भएको विवाह पनि कानुन विपरीत हुन जान्छ र जस विरुद्ध पनि कानुनी व्यवस्था छ ।)

लोग्ने मानिस र स्वास्नीमानिस दुवैको मन्जुरी बिना विवाह गर्ने गरी दिन हुँदैन । बिना मंजुरी जबर्जस्ती विवाह गरे गरिदिए बदर हुन्छ । त्यस्तो विवाह गर्न गरिदिनेलाई दुई वर्षसम्म कैद हुनेछ ।

(हामी बुझ्नु पर्ने कुरा: महिला र पुरुषको चाहना बिपरिति अन्य कुनै पनि पक्ष या व्यक्ति द्वारा गराइएको विवाह लाई पनि कनिनुले स्विकार्दैन र यस्तो काम कुनै पनि समूह या व्यक्ति द्वारा गराइएको खण्डमा उसलाई कानुनले दण्डित गर्ने छ ।)

स्रोत: मुलुकी अपराध ( संहिता) ऐन, २०७४

(राज्यको कानून मान्नु हरेक नागरिकको कर्तव्य हो । त्यसैगरी कानूनको जानकारी पाउनु हरेक नागरिकको अधिकार हो । अनि मिडियाको धर्म पनि । त्यसैले सार्वजनिक जानकारीका लागि हामीले यो स्तम्भ सुरु गरेका छौं । तपाईलाई कुनै कानून विशेषको जानकारी चाहिएको छ भने हामीलाई सम्पर्क गर्नु होला ।)

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने