चन्द्रगढी रात्री हवाई सेवा सुरु – ‘काम सकेर ढुक्क सँग काठमाडौँ फर्कन सकिन्छ !’

चन्द्रगढी एयरपोर्टमा रात्री सेवा सुरु भएसंगै पूर्वका झापा, इलाम, पाँचथर र ताप्जेजुङ क्षेत्रका यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन । छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जिलिङ र सिक्किमका साथै नेपाल आउने तेस्रो मुलुक भुटान र बंगलादेशका यात्रुलाई पनि यसले सहयोग पुग्ने छ । चन्द्रगढी एयरपोर्टबाट पनि रात्री सेवा पाउने भएपछि यात्रुहरु निकै उत्साहित बनेका छन् ।

हाम्रो कथा २०७५ माघ २४ गते १७:२३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले उत्साहजनक प्रतिक्रिया सुनाउनुभयो, “अब ९ वटा एयरपोर्टमा रात्री सेवा सुरु हुदैंछ I २५ वटा एयरलाईन्स संचालनमा छन् I धेरै गतिविधिहरु, धेरै फ्लो, एयरपोर्टमा जाम कम हुने भयो I”

सरकारले हवाई यात्रालाई सहज बनाउन रात्री सेवा सुरु गर्ने कार्यलाई तिव्रता दिएको छ । यसैक्रममा गएको बिहिबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको चन्द्रगढी एयरपोर्टको रात्रीकालिन सेवाको उद्घाटन गर्नुभयो ।

“रात्री सेवाको लाभ उठाउन पाउँदा गर्व महसुस गर्दै छु I”, भनेर एक यात्रुले व्यक्त गर्नुभयो I अन्य यात्रुले पनि खुसी व्यक्त गर्दै बताउनुभयो, “मौका पाएका छौँ I अब एकै दिनमा आफ्नो काम सकेर काठमाडौँ फर्कन पनि सजिलै सकिने भयो I”

लक्ष्यभन्दा तीन महिना अगावै सरकारले विमानस्थलको रात्रीकालिन सेवा सुरु गर्न सफल भयो । लो भिजिविलिटका कारण  सूर्यास्तपछि कुनैपनि उडान नहुने यो विमानस्थलमा आरएनएभी एरिया नेभिगेसन प्रविधिको प्रयोग गरी रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सुरु गरिएको हो । यो प्रविधिलाई संसारभर सुरक्षित प्रविधि मानिन्छ ।

चन्द्रगढी एयरपोर्टमा रात्री सेवा सुरु भएसंगै पूर्वका झापा, इलाम, पाँचथर र ताप्जेजुङ क्षेत्रका यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन । छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जिलिङ र सिक्किमका साथै नेपाल आउने तेस्रो मुलुक भुटान र बंगलादेशका यात्रुलाई पनि यसले सहयोग पुग्ने छ । चन्द्रगढी एयरपोर्टबाट पनि रात्री सेवा पाउने भएपछि यात्रुहरु निकै उत्साहित बनेका छन् ।

सरकारको नीति अनुरुप रात्री सेवा सुरु गर्ने विमानस्थलमा चन्द्रगढी एयरपोर्ट छैठौं हो । देशका मुख्य एयरपोर्टहरुमध्ये पनि यो एयरपोर्ट छैटौ स्थानमैं पर्छ । यसअघि धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर र सिमरामा रात्री हवाई सेवा सुरु भईसकेको छ ।  जनकपुर लगायत अन्य स्थानका एयरपोर्टमा रात्रीकालिन सेवा सुरु गर्न स्तरोन्नतीको काम धमाधम भैरहेको छ । देशका विभिन्न स्थानमा रात्री हवाई सेवा सुरु भएसंगै यसले त्रिभुवन विमानस्थलमा हुने ट्राफिक जाम व्यवस्थापनमा समेत निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने