रिटायरमेन्ट पछी बने उद्यमी – रबिन्द्र मान जोशी

रबिन्द्र मान जोशी - दुई दशक भन्दा बढि समय गणित विषयको शिक्षक हुनुहुन्थियो I शिक्षण पेशाबाट अवकाश लिए पछी उनले आफ्नो उद्यमी बन्ने रहर पुरा गरे I आफुलाई सन्तुष्ट राखे, समाजलाई योगदान बनि भयो र राष्ट्रको संवृद्धिमा केहि इट्टा थपे I

हाम्रो कथा २०७५ माघ २४ गते १७:५५

रबिन्द्र मान जोशी बताउनुहुन्छ, “मेरो यो स्टोर मात्र हैन I काभ्रेमा अर्ज्ञानिक फार्म हाउस पनि छ I त्यहा चाहिँ सबै एकीकृत अर्ज्ञानिक तरकारी उत्पादन हुन्छ I जहा हामीले काठमाडौँबाट गेष्ट आउने गरी “फार्म स्टे” पनि गरेका छौ I त्यसपछि त्यहाँ उत्पादन भएको तरकारी लगायत काठमाडौँ सम्म ल्याएर त्यही फार्मको आउट लेटका रूपमा यो स्टोर बि.स.२०७० सालको असार महिनामा खोलिएको हो I अहिले चाहिँ यहाँ हामीले उत्पादन गरेका तरकारी लगायतका सामान मात्र पर्याप्त नभएका कारण अन्य विभिन्न कम्पनीका लगायत किसानले उत्पादन गरेका तथा अन्य प्राकृतिक चिजहरु,हर्बल चिजहरु र स्थानीय चिजहरु पनि बिक्री गर्ने गर्दछौ I”

हाम्रो कथा: यस किसिमका अर्ज्ञानिक उत्पादक उत्पादन गर्ने सोच यहाँमा कसरी आयो ? यो काम गर्ने के कारणले प्रेरित हुनु भयो ?

रबिन्द्र मान जोशी:  दश वर्ष अघि काभ्रेमा जग्गा हेर्ने क्रममा आएको सोच हो यो I त्यति बेला नेपालमा भर्खर-भर्खर थोरै मात्रामा अर्ज्ञानिक सोचको विकास हुन थालेको थियो I जति बेला यसको अन्तर्राष्ट्रिय बजार धेरै अगाडी पुगीसकेको अवस्था थियो I त्यति खेरै मेरो सोचमा; अब, नेपालमा पनि यसको सुरुवात हुनु जरुरी छ भन्ने लागेर हामीले अर्ज्ञानिक उत्पादन सुरु गरेका हौ I उत्पादनको काम दश वर्ष पहिलेबाट सुरु गर्‍यौ र त्यसको करिब पाँच वर्ष पश्चात् यो पसल आउट लेट का रुपमा सुरु गर्यौ I

हाम्रो कथा: यो दश वर्षको अन्तरालमा तपाईँले जे सोचका साथ व्यवसाय सुरु गर्नु भयो I आजसम्म आहिपुग्दा त्यही अनुरूप व्यापार र अन्य उदेशहरुमा कत्तिको सन्तुष्ट हुनुन्छ ?

रबिन्द्र मान जोशी: सोचे अनुरूप नभएको भन्न त मिल्दैन I सुधारहरु पनि हुँदै छ, सँगै समस्या पनि छन् I हामीले पसलको नाम नै अर्ज्ञानिक स्टोर राखेका छौ I अब; कति पय ग्राहकहरूले चाही यो प्रमाणित छ कि छैन भनेर विश्वसनीयता माथि नै संखा व्यक्त गर्नु हुन्छ I तर हाम्रो नेपालमा जति पनि यस किसिमका अर्ज्ञानिक उत्पादन छन् | जसको गुणस्तर मापन निकायको अभावका कारण अहिले हामी जस्ता व्यवसायी का निम्ति निकै नै समस्या छ I

हाम्रो कथा: मुख्य रूपमा यहाँका आफ्नै उत्पादनहरू चाहिँ के-के छन् ? जुन उत्पादनलाई प्रत्यक्षरुपमा ग्राहक सम्म पुर्‍याई रहनु भएको छ ?

रबिन्द्र मान जोशी: हाम्रो फार्ममा उत्पादन हुने भनेको सिजनमा आलु उत्पादन गरछौ, केही धान पनि उत्पादन गर्छौ I त्यस्तै सुन्तला,किवी,भुईँ स्याउ, केही प्रकारका तरकारीहरू,लप्सी,जिम्बु लगायतका खाद्यान्न हामीले मुख्य रूपले उत्पादन गर्छौ I त्यसबाहेक हामीले लोकल कुखुरा, हास,माछा,गाई पनि पालेका छौ I

हाम्रो कथा: हाल गाउँ-घर स्टोरबाट एउटा ग्राहकले प्राप्त गर्न सक्ने अर्ज्ञानिक उत्पादन र त्यसबाट उनीहरुलेलाइ पुग्ने फाइदाहरू के-के छन् ?

रबिन्द्र मान जोशी: अर्ज्ञानिक भनेर पहिला-पहिला के थियो भने; सिजन अनुसारको कुनै आलु अर्ज्ञानिक हुन्थियो, कुनै सियाउ अर्ज्ञानिक हुन्थियो I तर मेरो सोच चाही के हो भने; अर्ज्ञानिक खाने हो भने मेरो भान्सामा पाक्ने सम्पूर्ण चिज अर्ज्ञानिक हुनु पर्‍यो I त्यो हिसाबले यहाँ हामीले सम्पूर्ण त भन्न मिल्दैन तर स्थानीय चिजहरु जस्तो कि; तेल,घिउ,चामल,चिउरा,सँग-सब्जीहरु,गेडा-गुडीहरु,मह,चिया-कफी यी चिजहरु यहाँ बाट बिक्री वितरण हुन्छन् I

हाम्रो कथा: यहाँ भएका सम्पूर्ण तरकारीहरू तपाइका आफ्नै उत्पादन हुन् ?

रबिन्द्र मान जोशी: हामी हप्ताको एक पल्ट सम्म आफ्नै फार्मबाट ल्याउँछौ र बाकि चाहिँ, जी.सी.आइ. नामक अर्ज्ञानिक उत्पादक सस्थाका उत्पादनहरू पनि हामी बिक्री गर्छौ I र अन्य स्थानीय उत्पादन लगायतका तरकारीहरू पनि हामी बिक्री गर्छौ I

हाम्रो कथा: हाल दैनिक कति व्यापार गर्नुहुन्छ? ग्राहकहरूको कसत्तिको साथ पाउनु भएको छ ?

रबिन्द्र मान जोशी: दैनिक व्यापार चाहिँ दश हजार हाराहारी जस्तो हुने गरेको छ I हामी अर्ज्ञानिक भन्दै अनावश्यक रूपमा धेरै मूल्य लिँदैनौ I ग्राहकको प्रतिक्रियाको कुरा गर्दा त राम्रै छ I बिशेसगरी स्वाद राम्रो छ भन्नुहुन्छ तर सदाबहार रूपमा उपलब्ध गराउन नसक्दा उहाहरुको गुनासो रहने गर्दछ I सँग धेरै किसिमका तरकारीहरू पनि हामीले उपलब्ध गराउन नसकेकाले यसमा पनि उहारुको गुनासो रहेको पाउँछौ I एकपल्ट आएको ग्राहक फेरी पनि फर्केर आउनुहुन्छ त्यो नै हाम्रा निम्ति उत्साहको कुरा हो I यद्यपि उहाहरुले खोजेको सबै माग पुर्‍याउन नपाउँदा चाहिँ असन्तोष नै भइन्छ I

हाम्रो कथा: तपाईँको यो अर्ज्ञानिक उत्पादनको पसल सँगै अन्य धेरै पसलहरू छन् तिनीहरू बिच प्रतिस्पर्धा चाहिँ कस्तो छ ? अनि ग्राहकले छनोटको विषयमा अर्ज्ञानिक सामानलाइ कत्तिको महत्त्व दिएको पाउनुहुन्छ ?

रबिन्द्र मान जोशी: अहिले समयमा मान्छे स्वस्थ प्रति सचेत भई सकेको पाइन्छ I ग्राहकले अन्य उत्पादन र अर्ज्ञानिक उत्पादन बिच मूल्यको मात्र तुलना गर्नुहुन्छ I हुन त ग्राहक फरक सोच का हुने गर्छन् I कोही स्वाद खोज्ने हुन्छन्, कोही स्वास्थ्य बर्दक खोज्ने त कोही सस्तो मूल्यको सामान खोज्ने हुन्छन् I एक मुठो रायो सागको मूल्य बाहिर ३० रुपैयाँ पर्ला तर हाम्रोमा चालिस पर्छ यद्यपी स्वादको हिसाब हेर्नेले हाम्रोमै आएर किन्छन I एक चोटि हाम्रो उत्पादन प्रयोग गर्ने अधिकांश मानिस चाहिँ हाम्रोमै आउने गर्न हुन्छ I

हाम्रो कथा: आगामी योजनाहरू चाहिँ के बनाउनु भएको छ ? अर्ज्ञानिक फार्म तथा यही स्टोरको शाखा लागायको भावी योजना कस्तो बनाउनु भएको छ ?

रबिन्द्र मान जोशी: हामीले यहाँ कुलेश्वोरबाट सुरु गरेऊ अब बिस्तारै यसलाई कोही उद्यम गर्न चाहने व्यक्ति आउनु  भयो भने हामीले शाखा बिस्तार का सम्बन्धमा पनि सोची रहेका छौ I सँगै आफै पनि काठमान्डौ कै विभिन्न स्थान मा सा खाका निम्ति सोच बनाइरहेका छौ I

हाम्रो कथा: पछिल्लो समयका युवाहरू अर्ज्ञानिक उत्पादनको उपभोग प्रति कत्तिको सचेत रहेको पाउनु भएको छ ? अनि यहाँको पसलमा युवाको चाहिँ कत्तिको उपस्थिति हुने गरेको छ ?

रबिन्द्र मान जोशी: पछिल्लो समय युवाहरू अर्ज्ञानिक उत्पादन प्रति सचेत नै हुँदै गएको पाएको छु I अब; मुख्य रूपमा मेरोमा चाही स्थानीयहरू नै आउने गर्नु हुन्छ I त्यो बाहेक चिन-जानको माध्यमले फोनबाट माग गर्ने, हाम्रो फेसबुक लगायत नेटवर्कबाट पनि माग आउँछ र सम्भव भए सम्म हामी होम-डेलीबेरी पनि गर्ने गर्छौ I

हाम्रो कथा: अहिलेको समयमा युवाहरू अर्ज्ञानिक उत्पादन प्रति कत्तिको सचेत हुनु जरुरी छ जस्तो लाग्छ ?

रबिन्द्र मान जोशी: एकदमै जरुरी छ I किनभने मुख्य त स्वास्थ्य नै हो I अर्को कुरा के छ भने; हामी हाम्रो कृषि प्रदान देश भन्छौ I तथापि हामीलाई चाहिँले जति पनि तरकारी लगायत खाद्यान्न अधिकांश विदेशबाट आउँछन् I  युवाको सवालमा भोलि गएर हामी आफै खाद्यान्नमा अत्मनिभर बन्न सँगै अन्य मुलुकमा निर्यात समेत गर्न सकिन राम्रो सम्भावना छ जसका निम्ति युवाहरूले यो क्षेत्रमा सचेत भएर काम गर्नु जरुरी र आवश्यक पनि छ I सँगै सरकारले किसानले उत्पादन गरेका उत्पादन अर्ज्ञानिक छन् कि छैनन् भनेर गुणस्तर मापनको संरचनाको निर्माण गर्नु पनि सबै भन्दा महत्त्वपूर्ण छ I

प्रस्तुती: ईश्वर लुईटेल

(रबिन्द्र मान जोशी – दुई दशक भन्दा बढि समय गणित विषयको शिक्षक थिए I शिक्षण पेशाबाट अवकाश लिइसके पछी उनले आफ्नो उद्यमी बन्ने रहर पुरा गरे I आफु पनि  सन्तुष्ट भए, समाजलाई योगदान पनि भयो र राष्ट्रको संवृद्धिका निम्ति पनि केहि इट्टा थप्पियो I)

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

१५ मिनेट अगाडि ५८ सेकेन्डमा पढिने

आफु र अरु बीचको सन्तुलन !

२ दिन अगाडि १ मिनेटमा पढिने

द ब्याडेष्ट म्यान अन द प्लानेट

२ दिन अगाडि ४ मिनेटमा पढिने