दुम्सीको काँडाले सिकाउने पाठ !

आफ्नो हरेक परिस्थिति स्वीकार गर्न सिकौँ

हाम्रो कथा २०७५ माघ २३ गते १५:३८

तस्वीर: Search Zimbabwe

दुम्सीको शरीर भरी काँडा हुन्छन् I दुम्सीले जाडोमा आफूलाई न्यानो राखी, जाडोमा आफ्नो ज्यान बचाउन एक अर्का सँग शरीरलाई जोड्दै तातो बनाई जाडोको मौसम कटाउँछ I

यसो गर्दा ती सँगै बस्ने दुम्सीहरुलाई एक अर्काको शरीरको काँडाले बिझाउँछ I काँडाले बिझाए पनि उनीहरू जाडो कटाउने उद्देश्यले सँगै बस्छन् I काँडा बिझेको दुखाईलाई स्वीकार गर्छन् I प्रकृतिले दुम्सीको लागी यस्तै जीवनचक्र बनाएको छ भन्ने कुरा उनीहरूले स्वीकार गर्दछन् I

तर एक पटक केही दुम्सी अरूको काँडा बिझेको पिडाले वाक्क भए I अनि उनीहरू एक्लै बसेर जाडो काट्ने निर्णय गरे I एक्लै छुटिएर बस्दा उनीहरूलाई दुखाई सहन परेन, तर अत्यधिक जाडो त हुने नै भयो I अन्ततः जाडोमा ती दुम्सीहरुको मृत्यु भयो I

जीवनमा स्वीकार गर्न सिकौँ, नत्र पछुतो हुन्छ !
अहिलेको वर्तमान समयमा सम्बन्धहरू छुटिरहेका छन् I काम गर्ने टिमहरू फुटिरहेका छन् I जताततै विभाजन भई रहेको छ I स-साना व्यवहारिक कुरामा, झैँ-झगडामा छुटिने निर्णय लिन हतार गर्छौँ I तर, विभाजन पछि आफ्नो लक्ष्य पनि धम्लिदै जान्छ I सबै एक्लै खटिदा, सङ्घर्षको क्रम चलिरहन्छ तर उपलब्धि देखिँदैन I

त्यसैले भावनात्मक, व्यवहारिक कष्ट भयो भन्दैमा फुट्ने निर्णय लिनु हुँदैन I

यदि सिद्धान्त, मान्यताहरू भिन्नै भएर एउटाले अर्काको प्रगतिको बाधक बनिरहेको छ भने मात्र फुट्ने निर्णय लिने हो I भावनाहरूलाई सेलाउन दिनु पर्छ I अनि बल्ल योग्य निर्णय गर्ने क्षमता विकास हुन्छ I

प्रस्तुती: बिबिता कोइराला

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

आज कामको पहिलो दिन

१ भदौ , २०७६ ४२ सेकेन्डमा पढिने