एक सबल जीवन यापनको साहस – गङ्गा छन्त्याल

पहिला म आफै पनि घर बाहिर निस्केर समाज सँग घुलमिल हुन्न थिए | भूकम्पको समयमा म लगायत अन्य धेरै शारीरिक रुपमा अशक्त व्यक्तिहरू जावलाखेलमा एउटा शिविर लिएर बसेका थियौ | अनि त्यहाँ रहेका विभिन्न व्यक्तिले ह्विलचेयरको सहारामा गरेका कामहरूको कथा सुने I त्यही एक जना उदय कुमार लिम्बु लाई पनि भेटे I उहाँको प्रयासहरू र सफलतालाई देखेर म आफूले पनि गर्न खोजे सकिने रहेछ भनेर यही अपाङ्गताको क्षेत्र बाटै केही गर्छु भनेर अगाडी बढी रहेकी छु |

हाम्रो कथा २०७५ माघ २१ गते १७:५२

स्थायी घर बागलुङ भए पनि हाल गोङ्गबु बस्दै आएकी गङ्गा छन्त्याल एक भिन्न रूपले सक्षम महिला हुन् । सामान्य परिवारमा हुर्के बढेकी गङ्गा +२ सम्मको अध्यन सकेपछि आफ्नो जीवनले लिएको मोडलाई यसरी सम्झिन्छिन, “शारिरीक रूपले अशक्त भएर टाढाको स्कुल जानै गाह्रो हुन थाल्यो । र काठमान्डौ सबै कुराले सुगम भएको र स्कुल जान गाउँमा जस्तो लामो बाटो हिँड्नु पनि नपर्ने । गाडी लगायत सहज पहुँच हुने भएकाले हामी राजधानी आयौं। मेरो परिवार मेरै निम्ति काठमाडौँ झर्‍यो ।”

यद्यपी जीवनमा चाहे जस्तो सबै कहाँ हुन्छ र ! पढाइ कै निम्ति राजधानी छिरेकी उनले चाहे अनुरुप पढाइलाई भने निरन्तरता दिन सकिन्न । सबै भन्दा त; सामान्य आर्थिक पृष्ठभूमिको उनको परिवारलाई काठमान्डौको चरम महँगी सामना गर्न सहज भएन । +२ सकेर आएकी उनी स्नातक तहमा भर्ना भए पनि त्यसलाई समय सँगै अगाडी लैजान भने सकिनन् । त्यसपछि उनले राजधानीको महँगीलाई नै चुनौती दिनु पर्ने महसुस गरिन् र चिया पसल सञ्चालन गर्न थालिन । चिया सँगै समोसा र बिस्कुटले मात्र कुनै किसिमको नाफा नभए पछि उनले रक्सी पनि राख्न थालिन । तर गर्दै जाँदा मानिसको व्यवहारले उनको प्रयासलाई निरुत्साहित पार्न थाल्यो । ग्राहक मात्र नभएर सबैले भट्टीवालीको दृष्टिले हेर्न थालेपछि उनलाई त्यो व्यवसायबाट मनै अगाएर आयो । उनले त्यो व्यवसायलाई अगाडी बढाउन सकिन्न र त्यतिमै व्यवसाय छाडिदिन ।


तब; उनी इङ्गेज  नामक संस्थामा स्वयमसेविकाको रूपमा काम गर्न थालिन । यहाँबाट उनलाई आवत-जावत खर्च सम्म उपलब्ध हुन्थ्यो । जुन संस्थाले शारीरिक रूपले अशक्त व्यक्तिहरूका निम्ति “ह्विलचेयर स्पोर्ट्स” सेवा दिने गर्छ I उनी आफै पनि ह्विलचेयरबाट बास्केटबल लगायत खेल पनि खेल्न थालिन I हाल उनी जावलाखेल ह्विलचेयर बास्केटबल कि महिला खेलाडी पनि हुन् I उनले खेल खेल्दा-खेल्दै स्वयंमसेवकको काम गर्न थालिन I

यसपछि उनको बिभाह भयो र छोरा समेत सन्मियो तब उनी इङ्गेज  बाट आफूलाई टाढै राख्न थालिन I खेल जीवनबाट किन टाढिनु भयो भनेर सोध्दा उनको यस्तो प्रतिक्रिया आउँछ, “म खेल जीवन बाट बाहिरिएकी छैन I हाल इङ्गेजमा भोलेन्टरिङ्गलाई निरन्तरता दिइ रहेकी छु I खेल खेररै हाम्रो जीवन नचल्ने भएकाले पनि यसलाई चाहे अनुरूप समय र निरन्तरता दिन नसकेको हो I यद्यपि हामी जस्तो अपाङ्गले पनि ह्विलचेयरबाटै खेल्न सक्छ है भनेर देखाउन मात्रै खेल्दै थियौं तर खेल्दै जाँदा मलाई के लाग्यो भने यसरी ह्विलचेयरबाट खेलेर मात्र पुगेन, विभिन्न अपाङ्ग सँग-संस्थाहरूले गरी रहेका छन् अपाङ्ग सम्बन्धी धेरै कार्यक्रम गरी रहेका छन् I तर कति व्यक्ति भित्रको भित्रै छन I कति व्यक्ति बाहिर निस्किए I तर कस्ता व्यक्ति बाहिर निस्के भने जो आर्थिक रूपले कमजोर छन् र कस्ता व्यक्ति भित्रै बसे भने जो आर्थिक रूपमा सम्पन्न छन् I किन भने आर्थिक रूपले सम्पन्न व्यक्तिलाई घरबाट बाहिर निस्किन लाज लाग्छ I परिवारको प्रतिष्ठामा आँच आउँछ भन्ने धारणाले बल्लियो जग बसालेको अवस्था आज पनि छ I हामीले लामो अध्यन र अनुसन्धानबाट यो अवस्थालाई महसुस गरेका हौ I”


त्यसपछि उनले ह्विलचेयर डान्स पनि प्रस्तुत गर्न थालिन I हाल उनले विभिन्न सङ्घ संस्था र समुदायले आयोजना गरेका सांस्कृतिक तथा अन्य कार्यक्रममा सहभागी हुने गरेकी छिन् I हाल उनले राष्ट्रिय नाच घर जमल लगायत राजधानी बाहेक पनि विभिन्न स्थानमा ह्विलचेयर नृत्य प्रस्तुति दिँदै आएकी छिन I यस्तो प्रस्तुति दिँदै हिँड्नुको उद्देश्य बारे गङ्गा भन्छिन् “हामीले यसरी प्रस्तुति दिँदै हिँड्नुको एउटै उद्देश्य भनेको भित्र रहेका अपाङ्गत व्यक्तिलाई आफ्नू क्षमतामा बाहिर ल्याउ भन्ने नै हो I” सँगै हाल उनी हात-मुख जोर्न कै निम्ति सङ्घर्षरत छिन I अहिले उनी पठाओ राइड सेवाले सिर्जना गरेको राइट सेवामा समेत आबद्ध भएर राइडरका रूपमा यात्रुलाई सेवा दिइ रहेकी छिन I

उनको पठाओको विषयमा यता यस्तो धारणा रहेको छ I ” हामीलाई हात-मुख जोर्न मुस्किल रहेको अवस्थामा सरकारले पनि दिन नसकेको अवसर पठाओले हामीलाई दिएको छ I जुन एकदमै राम्रो लागेको छ I यद्यपि चुनौतीहरू भने छन् I साँझको समयमा मदिरा सेवन गरेर केही मानिसहरू महिला चालकहरूलाई असभ्य व्यवहार गर्ने लागतका समस्यालाई व्यवस्थापन गर्ने हो भने यो रोजगारको एकदमै राम्रो अवसर बनेको देखिन्छ I”

शारीरिक रूपमा अशक्त भएर पनि जीवनलाई हरेक प्रकार चुनौतीबाट हरेक परिस्थितिमा एक कदम अगाडी बढाउँ खोजिरहिएकी गङ्गा आफ्नो मुख्य प्रेरणाको स्रोत र ऊर्जालाई यसरी सम्झिन्छिन्, “पहिला म आफै पनि घर बाहिर निस्केर समाज सँग घुलमिल हुन्न थिए I भूकम्पको समयमा म लगायत अन्य धेरै शारीरिक रुपमा अशक्त व्यक्तिहरू जावलाखेलमा एउटा शिविर लिएर बसेका थियौ I अनि त्यहाँ रहेका विभिन्न व्यक्तिले ह्विलचेयरको सहारामा गरेका कामहरूको कथा सुने I त्यही एक जना उदय कुमार लिम्बुलाई पनि भेटे I उहाँको प्रयासहरू र सफलतालाई देखेर म आफूले पनि गर्न खोजे सकिने रहेछ भनेर यही अपाङ्गताको क्षेत्र बाटै केही गर्छु भनेर अगाडी बढी रहेकी छु I”

आगामी दिनमा सांस्कृतिक कार्यक्रम कै मध्यमबाट अपाङ्गरत व्यक्तिको उत्थानका निम्ति काम गर्ने सपना बुनेकी गङ्गा; हाम्रा सडक, भवन लगायत अपाङ्ग मैत्री बनाउन सकिए अपाङ्ग भएर पनि योग्य व्यक्तिहरूले काम गरेरै आफ्नै कमाइबाट सहज जीवन जिउन सक्ने धारणा राख्छिन् I

प्रस्तुती: ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय