परिवारमा एक जनाले पुग्दो कमाएर मात्र सुखी जीवन चल्ने होइन रहेछ !

केही महिला उद्यमीहरूको अभिव्यक्ति

सफलता र असफलताबिच मात्र एक भिन्नता रहेछ I सफल हुनेहरू कहिले हार मान्दैनन् I जस्तो परिस्थितिमा पनि अघि बढिरहन्छन् I अठोट र निरन्तरता नै सफलताको सिँढी रहेछ I ज्ञान, सीप र व्यापार व्यवस्थापनका कुराहरू त काम गर्दै जाँदा सिक्न सकिने रहेछ I

हाम्रो कथा २०७५ माघ २१ गते १३:५०

केही महिला उद्यमी यस्ता छन्, जसले आफै जन्मे हुर्केको ठाउँमा काम गरिरहेका छन् I उद्यम गरी रहेका छन् I र, उनीहरुको कमाई पनि निकै प्रशंसायोग्य छ I

चम्पा नेपालको यात्रा

चम्पा नेपाल विराटनगरमा आफ्नै काम गर्दछिन् I उनी आफैले जुत्ता चप्पल तयार गर्दछिन् I उनी व्यक्त गर्छिन कि घरमा एक जनाले मात्र कमाएर सुखको जीवन चल्ने होइन I यसो गरे त नानीहरूको पालनपोषण पनि साजिलो हुन्छ I उनको श्रीमानलाई घर खर्चमा सघाउने चाहना थियो I अहिले जुत्ताको मेलाहरूमा सहभागी हुँदै छिन् I यसरी उनको मेलामा ३ लाख देखि ४ लाखसम्म कमाई हुन्छ I मेला र तालिमको समयमा बहिनीहरूलाई पसलमा राखी सहभागी भएकी हुन् I उनी जुत्ता बनाउने तालिम पनि प्रदान गर्छिन I आफूले सीप सिकिन, अरूलाई पनि सिकाईन I

चम्पा नेपाल व्यक्त गर्दछिन्, “मैले धेरै सङ्घर्ष गर्नु पर्‍यो I तर, मैले सङ्घर्ष गर्ने सङ्कल्प लिएर अघि बढे I त्यसैले, अहिले म खुसी छु I”

सुनिता क्षेत्रीको यात्रा

सुनिताको सानो बच्चा छ I बच्चा सानो भएकाले दिनभर बच्चा छाडेर जागिर खाने समय मिलेन I तर, उनलाई केही गर्नु थियो I साथीहरूले काम गरेको देख्थिईन I उनीहरूबाट नै सुनिताले क्रिस्टलका चुरा बनाउन सिकिन I त्यसपछि, उनले आफ्नो कम्पनी दर्ता गरीन I ती चुरा बेच्ने पसल पनि आफ्नै छ I अहिले उनले उद्यम गरेको ३ वर्ष पूरा भयो I

सुरुवाती चरणमा पैसा ठिक-ठिकै मात्र थियो I त्यसपछि उनले स्थानीय तथा क्षेत्रीय मेलाहरूमा सहभागी हुन थालिन् I वालिङ, भिरकोट र स्याङ्जामा आयोजित मेलाहरूमा सहभागी भई आफ्नो उद्यम प्रवर्द्धन गर्न थालिन र आफ्नो ज्ञान-सीपको दायरा पनि बढाउँदै गइन I अहिले सेल्स राम्रो छ I अहिलेको अवस्थामा कर कटाएर महिनाको ७५ हजार रुपैयाँ कमाउन सक्षम भईन I

निर्मला चौहानको ढाका उद्यम

निर्मला चौहानको घर मोरंग हो I उनको ढाका उद्योग छ I सुरुवातमा उनले ढाका उद्योग मात्र ३५ हजारमा सुरु गरिन I उर्लाबारीका स्थानीयहरूले उनलाई निकै साथ दिएको कुरा उनले व्यक्त गरिन I स्थानीय इष्ट मित्रहरूले उनको उत्पादन खरीद गर्ने, प्रवर्द्धन गर्ने, सहायता चाहिएको बेलामा पसलमा पनि सहयोग गर्दिए I अहिले काम गर्दै जाँदा ढाकामा उनले १५ लाख देखि २० लाख लगानी गर्न सक्षम बनिन I

निर्मला सबैलाई सुझाव दिन चाहनछिन् कि घर भित्र बसेर संसार बुझिनन् I बाहिर आउनै पर्छ I तर, सुरु मै सफल हुन्छु भन्ने ठुल-ठुला सपना देख्नु हुँदैन I आफ्नो काम गर्दै जाने हो I सानोबाट सुरु गरेर नै शिखर चुम्ने हो I

यस्तै देशभरी पूर्व देखि पश्चिमसम्मका घरेलु उद्यम स्थापना तथा सञ्चालन गर्न सक्षम उद्यमी महिलाहरूको अभिव्यक्ति निकै नै मन छुने छ I सफलता र असफलताबिच मात्र एक भिन्नता रहेछ I सफल हुनेहरू कहिले हार मान्दैनन् I जस्तो परिस्थितिमा पनि अघि बढिरहन्छन् I अठोट र निरन्तरता नै सफलताको सिँढी रहेछ I ज्ञान, सीप र व्यापार व्यवस्थापनका कुराहरू त काम गर्दै जाँदा सिक्न सकिने रहेछ I

 

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय