दिर्घकालिन उद्यम – पिज्जा हट र बाटा सुजको विस्तार मोडेल

पहिलो विश्व युद्ध पछि कम्पनी बाटाको रूपमा सन् १९२० र १९३० मा विस्तार हुन थाल्यो, जब सो-सहरलाई 'औद्योगिक सहर' घोषणा गरियो I

हाम्रो कथा २०७५ माघ १९ गते १८:१५

तस्वीर: Foursquare

बाटाको बिजनेस बिस्तारको मोडल

सन् १८९९ मा एक युवा चेक (Czech) जुत्ता निर्माता टोमस बाटा आफ्नो घर जुलिनमा आफ्नो जुत्ता व्यवसाय सुरु गर्ने निर्णय गरे। उनको मिसन – सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको आरामदायी जुत्ता प्रदान गर्नु थियो।

जुत्ता बनाउने सुरुवाती दिनहरूमा टोमसलाई, उनका भाइ र बहिनीको आडमा कामम सुरु भयो I एक वर्ष पछि उनका भाइ सेनामा भर्ती भए र बहिनीको बिहे भयो I त्यसपछि भाइ र बहिनी बिजनेस पार्टनरको नाता / सम्बन्धमा कहिल्यै फर्केनन् I टोमस एक्लै परे I त्यति बेला उनी केबल १९ वर्षमा थिए I

उनी बेग्लै प्रकृतिको उद्यमी थिए । उनले केवल उत्पादन प्रविधिको साथ मात्र नभएर, सङ्गठनात्मक ढाँचाका साथ यो बिजनेस मोडेल अघि बढाए। फ्याक्ट्रीहरूमा सबै बाटा कर्मचारीहरू नयाँ तरिकामा प्रोत्साहन दिए र स्वास्थ्य सेवा, शिक्षा, आवास, खेलकुद केन्द्र र अन्य सुविधाहरू प्रदान गरिएको थियो।

पहिलो विश्व युद्ध पछि कम्पनी बाटाको रूपमा सन् १९२० र १९३० मा विस्तार हुन थाल्यो I जब सो-सहरलाई औद्योगिक सहर भनी घोषणा गरियो I सहरी योजना अनुरुप सो-सहरको विकास हुँदै गयो।

उनले “जुत्ताका प्रेमी जनजाति” एक दिगो भिजनको विकास गरे I उनले कारखाना भएका सहरहरू ‘बाटाभिल्स’ (Batavilles) नामक सहर निर्माण गरे। ‘बाटाभिल्स’ को अर्थ हो “विश्वव्यापी” I एकैनासको प्रक्रियाहरू र प्रविधिहरू हरेक ठाउँमा पुर्‍याउन सम्भव भएन तर जुत्ता बनाउने प्रत्येक स्थानीय बजारको लागि अनुकूल बनाइयो। फ्रान्स, युके, भारत, इन्डोनेसिया, तत्कालिन होल्यान्ड, पाकिस्तान, स्विट्जरल्याण्ड र धेरै अन्य देशहरूमा बटाभिलहरू खोलिएका थिए।  कर्मचारी सुविधा: आवास, विद्यालय, अस्पताल र मनोरञ्जन समुदाय र कर्मचारी सहभागिताको मध्यमबाट कर्मचारीहरु बीच बलियो भावनात्मक तथा सामाजिक सद्भाव सिर्जना भयो। स्थानीय बजारको लागि अनुकूल जुत्ता बन्ने हुँदा पनि ग्राहकले विश्वास गरे I त्यसैले गर्दा बाटालाई विश्वबजारको स्थानीय ब्रान्ड भनिन्छ I

आज, बाटा एक पारिवारिक व्यवसाय बनी रहेको छ, जो दुनियाँ भर को एक दिन एक लाख ग्राहकहरू को सेवा गर्दछ, जसको २३ कारखाना र ७० देश मा ५ हजार भन्दा बढी स्टोरहरू सँग। विश्वभर धेरै ‘बाटाभिल्स’ को अस्तित्व अहिलेसम्म पनि जीवितै छन् र अझै पनि यी कर्मचारी सेवा प्रदान गर्दै छन् ।

हरेक ठाउँमा जहाँ बाटाको कारखाना सञ्चालित छ, स्थानीयहरू मिलेर काम गरिरहेका छन् I त्यहाँ बाटा एक स्थानीय ब्रान्ड हो भन्ने कुरामा गर्व गरिन्छ।

 

पिज्जा हट

विश्व प्रसिद्ध बेकरी खाना पज्जाको सुरुवात पनि एउटा पाउरोटीबाटै भएको थियो I

पहिलो पिज्जाको उत्पत्ति  करिब सन् १००० मा भएको हो I पिज्जाको खोज इटालीमा भएको हो I प्राचीन समयमा पिज्जा भनेको रूखो, थेप्चो पाउरोटी मात्र थियो I गरिब समुदायले आफ्नो पेट भर्न सस्तो र तागत दिने खाना गनिन् थियो पाउरोटी I

अनि, एक दिन इटालीको महारानी मार्गरिताको लागि पिज्जा बनाउने जिम्मेवारी राफ्फेल एस्पेसीतो नाम गरेका इटालीको सेफलाई दिइयो I सेफ राफ्फेल एस्पेसीतो अलमलमा परे I एक निमसरो परिकारले महारानीको स्वाद कसरी पुरा गर्न सक्छ?

सेफले नवीनताको खोजीमा पाउरोटीमा हरियो बेजिल, रातो टमाटर र सेतो मोजेरेल्ला चीज थपेर, महारानी समक्ष पस्के I हरियो, रातो र सेतो रंगले इटाली देशको झण्डाको रङ्ग समेटोस् भन्ने सोच बनाउँदै I सेफको नवीनता, आज सम्म आधुनिक युगको पिज्जा बन्न पुग्यो I सेफ राफ्फेल एस्पेसीतोलाई पिज्जाको पिता पनि भन्ने गरिन्छ I त्यसपछि, इटालीको प्रख्यात खाना बन्दै गयो I

पिज्जाको स्वाद विश्व बजारमा कसरी फैलियो?

इटालीबाट धेरै परिवार अमेरिका बसाई सरे I मानिन्छ, कि एउटा ईलालिएन परिवार अमेरिका सर्दा, पिज्जा पनि सँगै लागेका रहेछन्, अनि त्यहाँ आफ्नो छिमेकीहरूलाई चाख्न दिए, अमेरिकीहरूलाई पिज्जाको स्वाद मन पर्‍यो र पिज्जा एक ठुलो व्यावसायिक, किनेर खान मिल्ने खाना बन्न पुग्यो I

पिज्जाको सबैभन्दा ठुलो बिक्रेता पिज्जा हट

पिज्जा हटको सुरुवात दुई अमेरिकी दाजु भाइ ड्यान कार्ने र फ्रान्क कार्नेले सन् १९५८ मा गरेका हुन् I उनीहरूको यति ठुलो व्यवसाय गर्ने कुनै उद्देश्य नै थिएँन I आफ्नै आमा सँग ६०० डलर ऋण लिएर सुरु भएको हो यो व्यवसाय I पहिलो पिज्जा हटको आउटलेट सुरु भएको पहिलो रात उनीहरूले आफ्नू टोल, छिमेकका समुदायलाई सित्तैमा पिज्जा बाँडे I सबैले मन पराएछन् I

१९५८ मा सुरु भएको पिज्जा हट राम्रो बिस्तार भयो I सन् १९६२ सम्म, पिज्जा हटको कुल १४५ आउटलेट अमेरिका र क्यानडामा स्थापना भए I पिज्जा र ग्राहकमा समस्या आएन, तर व्यापार र दैनिकी लेखा राख्न पनि गाह्रो पर्ने, व्यवस्थापनमा समस्या आए पछि १९७२ मा पिज्जा हट पेप्सी कम्पनीले किने र अघि बढाए I काठमाडौँमा भने अहिलेसम्म दुई वटा पिज्जा हटका आउटलेट छन् I

तस्वीरमा: पहिलो पिज्जा हट आउटलेट

प्रस्तुती: बिबिता कोइराला

 

प्रतिक्रिया

सम्बन्धित

एक्लो जिन्दगीमा रमाउन सिकाए !

५ घन्टा अगाडि ४ मिनेटमा पढिने

नेपालमा उद्यमशीलताको आवश्यकता – किन ?

२ दिन अगाडि २ मिनेटमा पढिने