‘पठाओ – राईड्स !’ बाट नेपालमा राईड सेयरिङ्ग सेवा विस्तार हुँदै

नेपालमा ‘पठाओ – राईड्स’को सुरुवात

अध्ययनकै क्रममा एक दिन उनले थाहा पाए, बङ्गलादेशी ब्रान्ड र टेक्नोलोजीको पठाओ नेपाल आउन खोजिरहेको थाहा भयो। अमेरिकामा रहेका लगानीकर्ताहरुसँग कुरा गरे । यसो गरी बङ्गलादेशको ब्रान्ड र टेक्नोलोजी अनि अमेरिकाको लगानी नेपाल ल्याउन सफल भए ।

हाम्रो कथा २०७५ माघ १६ गते १४:१५

नेपालमा पनि राईड सेयरिङ्ग सेवा विस्तार हुँदैछ । राईड सेवा दिनकै लागि केही कम्पनी सुरु भइसकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा जसरी राईड सेयरिङ्ग सेवा आदान-प्रदान भई रहेको छ I त्यसै गरी केही महिना अघि नेपालमा सुरु भएको पठाओ सेवा हाम्रो लागी ज्वलन्त उदाहरण हो ।

नेपालमा ‘पठाओ – राईड्स’को सुरुवात

नेपालमा पनि राईड सेयरिङ्ग सेवा विस्तार हुँदैछ । राईडर सेवा दिनकै लागि केही कम्पनीले काम सुरु गरिसकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा जसरी राईड सेयरिङ्ग सेवा आदान-प्रदान भई रहेको छ, त्यसै गरी केही महिना अघि सुरु भएको  “पठाओ” सेवा हाम्रो लागी ज्वलन्त उदाहरण हो ।

पठाओ राईड्सका क्षेत्रीय निर्देशक असिम मान बस्न्यात भन्नुहुन्छ, “यसलाई हामीले राईड सेयरिङ्ग सेवा भनेर चिनाउँछौँ I यसलाई धेरैले पेड लिफ्ट (स-शल्क लिफ्ट) भनेर पनि बुझ्ने गर्दछन् I राईड सियरिंग सेवा त हाम्रो कामको एउटा सानो अंश मात्र हो I हामीले लजिस्टिक, पूर्वाधार निर्माणका निम्ति काम गर्दै छौँ I अब एक वर्ष जति यी तयारीहरूमा काम गर्नु छ I त्यस पछि हामीलाई ‘रियल टाइम डेलिभरी ‘ सेवा प्रदान गर्नु छ I ट्याक्सी सेवा, खाना डेलिभरी तथा अन्य समानहरूको डेलिभरी गर्ने पनि तयारी गर्दैछौं I

मल्टिनेश्नल ब्रान्ड भएकाले अन्तराष्ट्रिय स्तर भेट्न गुणस्तरीय टेक्नोलोजी आवश्यक थियो । यो हामीले गर्न सक्यौ ।”

अहिले ‘पठाओ’ मोटरसाइकलमा राईड सेयरीङ बाहेक अन्य सेवा पनि विस्तारको काममा अघि बढ्दै छ । तर यसको प्रारम्भिक तयारीका लागि पठाओले मोटरसाइकल राईड सेयरको सेवालाई अघि बढाएको हो ।अहीले २५ सय मोटरसाइकल पठाओमा आबद्ध छन् ।  जसमध्ये ९ सय भन्दा बढी व्यक्तिले रोजगार छन् ।

असिम मान बस्न्यात थप्नु हुन्छ , “पठाओका राईडर मध्य ६० प्रतिशत राईडरले दिनको एक वा दुईवटा राईड प्रदान गर्नु हुन्छ I यो उहाँहरूले सेवाको भावले नै गर्नु भएको हो I उहाहरूलाई केही अधिक आम्दानी हुने मात्र हो, रोजगारीको श्रोत भने होइन I अन्य ४० प्रतिशत राईडर भने दिनभर ग्राहकलाई सेवा प्रदान गर्नुहुन्छ I  राईड मध्य करिब ९ सय जना जति राईडर यस्ता छन् जसले पठाओको माध्यमबाट रोजगारी पाउन सक्षम छन् I”

दिन भर काम गरे मासीक रुपमा ४० देखि ६० हजार रुपैयासम्म कमाउन गाह्रो छैन ।

‘एउटा गाडी कम’ क्याम्पियन

पठाओले सेवा सुरु गर्दा यति धेरै मोटरसाइकल पठाओमा यत्तिकै आबद्ध भएका भने होईनन । उनीहरूले ‘एउटा गाडी कम भनेर चलाएको क्याम्पियन’ निकै फलदायी बन्यो ।

असिम मान बस्न्यातले बुझाउनु हुन्छ, “यदि हामीले आफ्नो साधन हप्ताको १ दिन नगुडाए मात्र १५ प्रतिशत ट्राफिक कम हुन्छ, वातावरण संरक्षणमा योगदान पुर्याउछ I जुन दिन आफूले साधन चलाईदैन, सो दिन अरूबाट लिफ्ट लिने र जुन दिन आफूले साधन चलाइन्छ त्यो दिन अरूलाई लिफ्ट लिने I आफ्नो बाइकको खाली रहने सिटमा अरूलाई बसाए के बिग्रन्छ र ? यसरी हामीले क्याम्पियन चलायौँ र मान्छेहरूले बुझ्दै जानु भयो I अनि राईडरहरु जोडिँदै जानु भयो I

सुरुमा त झिङगो नै मारेर बसेको हो । सहयोग गरौँ भन्ने हिसाबले कुरा अघि बढायौ । त्यसो नभएको अवस्थामा हाम्रो प्लेटफर्म छ । देशको वातावरणको लागि राम्रो छ भनेर भन्यौ । यसलाई धेरैले मन पराउनुभयो ।”

एउटा गाडी कम क्याम्पियनको मर्म बुझौं

एक पटक सोचौँ त हामी एक ठाउँबाट अर्को ठाउँसम्म दैनिक रूपमा कसरी गइरहेका हुन्छौ ? आफ्नो साधन हुनेहरू साधन लिएर हिँड्छौ । नहुनेले सार्वजनिक गाडी चढ्नै पर्‍यो । साधारणतया सार्वजनिक सवारीहरुमा भिडभाड हुन्छ । यसको समाधानका रूपमा ‘मोटरसाइकल ट्याक्सी’ विस्तार हुँदै गएको हो ।

हरेक ५ जना मध्य १ जनाको मोटरसाइकल छ । मार्केटमा सेवा दिन सक्ने वातावरण पनि देखियो ।

सार्वजनिक यातायातमा कोचिएर चढ्न पर्ने अवस्था छ । झुण्डिरहेको मान्छे गाडीको खाली सीट चढ्दा के बिग्रिन्छ । ट्राफिक जाममा कमी, इन्धनको बचत लगायत कारणले  राईड सेयरिङ्ग सेवा अघि बढेको छ।

‘पठाओ – राईड्स’ सेवा शुल्क निर्धारण कसरी हुन्छ ?

यहाँ एप मार्फत तपाईँ कहाँ हुनुहुन्छ ? कहाँ जान चाहनुहुन्छ ? यो सबै विवरण दिन सकिन्छ । हामीले यसरी एप मार्फत मोटरवाईक मगाएको ५ मिनेटमै हामीलाई लिन पठाओको मोटरवाईकलवाला आईपुग्छन् । अनि मोटरसाइकलले तपाईँलाई गन्तव्यमा पुर्याईदिन्छ I यस बापत मोटरसाइकलवालाले तपाइसँग सेवा शुल्क भने लिन्छ ।

असिममान सिंह बस्न्यात बताउनुहुन्छ, “राईड लिने व्यक्ति (सेवाग्राहि) र राईडरको जानकारी एप मार्फत एक्सचेन्ज हुन्छ I म्याप मार्फत एक अर्काको लोकेसन बारे थाहा हुन्छ अनि राईडर र सेवाग्राहिको भेट फोन मार्फत हुन्छ I पठाओको सेवा शुल्क एक किलोमिटरका लागी ४५ रुपैयाँ पर्दछ I ४५ रुपैयाँ न्यूनतम शुल्क हो I त्यस्पछी हरेक १ किलोमिटरमा थप १५ रुपैयाँ शुल्क बढ्दै जान्छ I सेवाग्राहिहरु सरदर ४ किलोमिटर पठाओ मार्फत यात्रा गरेको आकडा निकालेका छौँ I जसका लागी एक राईडमा सेवाग्राहिको ८० रुपैयाँ खर्च हुन्छ I ”

असिममान सिंह बस्न्यातको यात्रा

बङ्गलादेशी टेक्नोलोजी नेपाल भित्र्याएर उत्कृष्ट सेवाको काम अघि बढाइरहेका असिममान सिंह बस्न्यात काठमाडौँमा जन्मिएका हुन । उच्च शिक्षा अध्ययन पछि झन्डै ७ वर्ष चीनमा बिताए । उनका बुवा सेनामा जागिरे । जागीरको सिलसिलामा चीन गएको समयमा उनी पनि सँगै गएका हुन । उनले त्यहाँ पढाइसँगै काम पनि गरे ।

असिम सम्झनुहुन्छ, “मेरो पहिलो काम; १८ वर्षको उमेरमा ट्रान्सलेशनको काम गर्थे I कम्पनीको वातावरण यस्तो थियो कि आफ्नै अफिस सफा गर्ने, पकाउने, खाने सबै आफै गर्थे I त्यो उमेरमा खुसी पनि लग्दियो र काम प्रति सकारात्मक भाव त्यसरी जगरीत भयो I सानो उमेरमा त्यसरी पकेट मनी पुग्दियो र त्यसमै सन्तुष्ट थिए I”

जब नेपाल फर्के, अब के गर्ने ? उनलाई यतिकै बस्न मनै भएन । उनले एउटा बैंकमा काम गरे । विभिन्न क्षेत्रमा जागिरका रूपमा १५ वर्ष काम गरेर बिताएका उनलाई सन् २०१२ पछि भने केही आफै गरौँ जस्तो लागेछ । रहरै रहरमा सुरु गरेको एउटा व्यवसायले नराम्ररी डुबायो ।

असिम विगतको कामलाई सम्झनुहुन्छ, “मैले बच्चाहरूको खेलौना सम्बन्धित व्यवसायमा लगानी गरे I नराम्रो परिणाम आयो I व्यवसायमा ठुलो घाटा भयो I”

अनि ‘पठाओ – राईड्स !’ को आइडिया यसरी आयो

त्यसपछि फेरी ई-कमर्स क्षेत्रमा काम थाले । अध्ययनकै क्रममा एक दिन उनले थाहा पाए, बङ्गलादेशी ब्रान्ड र टेक्नोलोजीको पठाओ नेपाल आउन खोजिरहेको कुरा थाहा भयो । यही अवसर उनले समाते ।

अनि राईड सेयरिङ्ग कसरी नेपाल ल्याउने भनेर खोजी गर्न थाले । अमेरिकामा रहेका लगानीकर्ताहरुसँग कुरा गरे । अन्ततः बङ्गलादेशको ब्रान्ड र टेक्नोलोजी अनि अमेरिकाको लगानी नेपाल ल्याउन सफल भए।

उनले यसरी विदेशी टेक्नोलोजी भित्र्याउनुको मुख्य उद्देश्य ग्राहकलाई उत्कृष्ट सेवा दिनु भएको बताउँछन् ।

एपमा समस्या नहोस् भनेर कुनै ठाउँमा राम्रो सँग चलिसकेकोले सेवा ल्याईएको हो । बैगलादेशमा सन् २०१६ मा सुरु भएको सेवा त्यहाँको सन्दर्भमा स्थायी प्रमाणित भए पछी नेपालमा ल्याईएको हो । यसरी नै सफलतासाथ टेक्नोलोजी ट्रान्सफर हुन सक्यो ।

पठाओ – राईड्स ! बङ्गलादेशको पृष्ठभूमी

बङ्गलादेशका तीन जना व्यवसायी हुसेन एम एलियस, फहिम सलेह र अदनान सिफातले सन् २०१५ मा ‘पठाओ – राईड्स’को स्थापना गरेका हुन् । बङ्गलादेशको बढ्दो ट्राफिक जाम र यात्रुको चापलाई मध्यनजर राख्दै मोटरसाइकल ट्याक्सी उपयुक्त माध्यम हुने ठहर सहित पठाओ सुरु गरेका हुन् I

तस्वीर: thedailystar.net

पठाओ – राईड्स ! बङ्गलादेशमा राईड सेयरिङ्ग सेवा मात्रमा सिमित छैन। बङ्गलादेशमा पठाओ एपमार्फत सामान र खानाको समेत डेलिभरी सेवा दिने भएकाले पनि निकै चर्चित छ । पठाओले २४ सै घण्टा ग्राहकलाई सेवा दिन्छ । यसका ग्राहकहरूमा विशेषगरी १८ वर्ष देखी ४० वर्ष उमेर समूहका युवाहरु पर्दछन् । सुरुका दिनमा पुरुष ग्राहकको बाहुल्यता थियो । तर हिजोआज महिला ग्राहकहरू पनि आकर्षित हुन थालेका छन् ।

पठाओका संस्थापकहरूले, एक फेसबुक ग्रुपमा रहेका आफ्ना साथीहरूलाई मेसेज पठाएर उनीहरूका सामान डेलिभरी गरेर सेवाको सुरुवात गरेका थिए । जुन  परीक्षणका रूपमा गरिएको व्यावसायिक तयारी थियो । एक पछि अर्को गर्दै यसले व्यावसायिक रूप लिँदै गयो I

त्यसपछी उनीहरूले मोटरबाईकलाई भाडाको गाडी ‘ट्याक्सी’ झैँ प्रयोग गर्न सकिन्छ की भनेर परीक्षण पनि गरे । पाँच वटा मोटरबाईकलाई डेलिभरी सँगै ट्रान्सपोर्टेसनमा पनि प्रयोग गर्न थालियो । हो, यही परीक्षणको परिणाम हो आजको ‘पठाओ’ ।

व्यवसायलाई व्यवस्थित बनाउन उनीहरूले डिसेम्बर २०१६ मा पठाओ मोबाइल एप बनाए । त्यसपछि त व्यवसायमा कायापलटनैं भयो । ३० जना कर्मचारीबाट यो व्यवसाय सुरु भएको थियो । छोटो समयमै अहिले यो ५०० जनाको विशाल कम्पनीको रूपमा परिणत भएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा मात्र यसको चार वटा ठुला कार्यालय छन् । बङ्गलादेशको चित्तागोङ्ग र सिलेट जस्ता ठुला सहरमा पनि यसको कार्यालय स्थापना भएको छ । कम्पनीले सन् २०१७ मा ढाकामा पठाओ कार सुरु गरेको छ । यही वर्ष गएको जनवरीमा कम्पनीले पठाओ फुड सुरु गरेको छ । अहिले यो बङ्गलादेशकै ठुलो खाना डेलिभरी गर्ने सेवाको रूपमा अगाडी आउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित

एक्लो जिन्दगीमा रमाउन सिकाए !

५ घन्टा अगाडि ४ मिनेटमा पढिने